निर्णय नं. ४७२ - मानाचामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७२ - मानाचामल भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/१३ २८२३ निर्णय नं. ४७२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री रङ्गनाथ उप्रेती २०२५ सालको दे.फु.नं. ४३ निवेदक : का.इ.बत्तिसपुतली बस्ने खिलकुमारी बाहुनी विरुद्ध विपक्षी : ऐ ऐ.बस्ने शंकरप्रसाद उपाध्याय समेत मुद्दा : मानाचामल (१) ससुरा नै घरको मुख्यको नाताले परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएमा–निज उपर बुहारी (छोराको स्वास्नी) ले मानाचामलको दावी गरेमा–अर्घेलो नदेखिने । यसमुद्दामा खिलकुमारीले लोग्ने माधवप्रसाद र ससुरा शंकरप्रसाद समेतलाई प्रतिवादी बनाए पनि ससुराले नै घरको मुख्यको नाताले आफ्नो परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएकोले निजउपर मानाचामलमा दावी गरेको अर्घेलो देखिएन । (प्रकरण नं. १७) निवेदकतर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता श्री सुधानाथ पन्त प्रतिवादीतर्फबाट : अधिवक्ता श्री प्रेमकृष्ण पाठक फैसला १. विपक्षीसँग ठगी १, लुटपिट १, जवरजस्ती करणी १, समेतका मुद्दाहरू १७।१८ सालदेखि चल्दै आएकोमा फुल बेञ्चबाट ठगीको पैसाको हकमा लोग्ने स्वास्नीको ६ नं.ऐन लगाई खारेज गर्ने, जबरजस्ती करणी मुद्दातर्फ नालेस दिन जानु भनी सुनाई दिने फैसला भयो । स्वास्नी बनाइसकेपछि जवरजस्ती भन्ने शब्द कहाँबाट उठ्छ ? त्यसकारण मेरो अन्तिम निर्णय भइसकेकोले विपक्षीमध्ये मेरो लोग्ने हुने अदालतले बनाई दिएको माधवप्रसाद र निजको बाबु शंकरप्रसादसमेत सगोलमै बसेको भन्ने अपीलको म्याद बुझेकोबाट देखिएको हुँदा २०१६ सालदेखि महिनाको रु.१००। का दरले बर्ष १ को रु.१२००। ले २०१६ सालदेखि आजसम्मको मलाई मानाचामल विपक्षीहरूबाट भराइपाउँ । कोर्टफी राखी नालेस गर्नसक्ने मेरो सावगाससमेत नहुनाले हाल पक्राउ नगरी स.अ.बाटै मानाचामल भराई दिनु भन्ने आदेश पाउँ भन्नेसमेत खिलकुमारीको निवेदनमा व्यहोरा सँचो भए लाग्ने कोर्टफीमा मुद्दा ऐनबमोजिम किनारा हुँदा पछि लिने गरी हालपक्राउ नगरी ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चबाट २०२२।५।१८।६ मा आदेश भएको । २. अन्यायको शंकरप्रसाद बाबु र माधवप्रसाद छोरा हुन । तिनीहरूको सगोलको सम्पत्तिबाट मेरो निवेदन बमोजिम २०१६ साल जेष्ठ १ गते देखि आजसम्म र अब उप्रान्त पनि महिना महिनामा महिनाको रु.१२०। का दरले २०१६।२।१ देखि आजसम्मको एकमुष्ट दिलाई भराइपाउँ र अब उप्रान्तलाई महिनाको रु.१००। का दरले दिने दिलाउने निर्णय गरिपाउँ । महिना भरीलाई चामल, दाल, नून, घ्यू, तेल, जिरामरिजसमेत चाहिने सामान र डेरा बाहाल लुगा कपडासमेतलाई रु.१००। दावा गरेको हुँ । अब समयले बढी लाग्ने भयो भने अब उप्रान्तको खर्चमा लाग्ने जति दावा गर्ने छु । यस अघि ऋण कर्जा गरी खाइरहेको हुँदा सो बमोजिम ऋण खान लाउन वापत लागेको हुनाले सो ऋण तिर्न महिनाको रु.१०० का दरले दावा गरेको हुँ भन्नेसमेत खिलकुमारीको बयान । ३. मेरा छोरा माधवप्रसाद, केशवप्रसाद, अचुतप्रसाद बाबु कृष्ण समेत ४ मा जेठो माधवप्रसाद २०१६ साल आषाढमा साईलो अचुतप्रसाद २०१७ साल आषाढमा बण्डापत्रमा कागज नगरी ४ छोरा र मेरी श्रीमति ठाकुरकुमारीसमेत ६ अंशियारको ६ बण्डा गरी चल अचल बण्डा लिई भिन्न भ