निर्णय नं. ६०९० - दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०९० - दर्ता बदर दर्ता कायम भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०३/२७ २७५८ निर्णय नं. ६०९० ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५० सालको दे.पु.नं. २०६० फैसला मिति : २०५२।३।२७।३ मुद्दा : दर्ता बदर दर्ता कायम । पुनरावेदक/वादी : जिल्ला झापा दमक न.पा. वार्ड नं. १६ बस्ने माधवप्रसाद वास्तोला ऐ ऐ बस्ने बासुदेव वास्तोला ऐ ऐ बस्ने शुशिल कुमार बास्तोला विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि. झापा दमक न.पा. वार्ड नं. १६ बस्ने अग्नीप्रसाद भेटवाल ऐ ऐ बस्ने मान वहादुर विश्वकर्मा ऐ ऐ बस्ने बम बहादुर विश्वकर्मा ऐ ऐ बस्ने लाल बहादुर श्रेष्ठ ऐ ऐ बस्ने डीकमाया भेटवाल ऐ ऐ बस्ने पार्वती देवी भेटवाल ऐ ऐ बस्ने भरतमणी सिटौंला § कुनै पनि जग्गा नम्बरी हो भनी हक पुग्नलाई सो जग्गा विधिवत दर्ता भएको हुनुपर्छ। मालपोत बुझाएको हुनु पर्ने । (प्रकरण नं. १८) § वादीले जुन जग्गा आफ्नो हकको भन्दछन् सो जग्गा कस्को नाम दर्ताको हो सो उल्लेख गर्न सकेको देखिएन । तसर्थ पुनरावेदन अदालत इलामले साविक दर्ताबाट छूट दर्ता गर्ने अधिकार प्राप्त निकायबाट दर्ता गर्ने काम गर्नु पर्ने भएको, प्रतिवादीहरुको नाममा दर्ता भै नसकेको समेतको अवस्थामा वादी दावी हकदैयाको अभावमा खारेज गर्ने गरेको इन्साफ मिलेकै देखि“दा पुनरावेदन अदालत इलामको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या. श्री लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत इलामको मिति ०५०।८।२४ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :– २. झापा जिल्ला दमक न.पा. वार्ड नं. ४(ख) को कि.नं. ३५७ को जग्गा एकाघरकी आमा रुद्रकुमारी वास्तोला र पिता कालिप्रसाद वास्तोला समेतको अंश मुद्दामा भएको फैसला बमोजिम अंश छुट्याउँदा हामीहरुको अंशभागमा पर्न आएको ज.वि. ३–७–१० साविक दर्ता भई ०२१ सालको सर्भेमा छुट भएपनि कारवाही चल्दै आएको र हामी निवेदकहरुको भोग चलनमा रहेको उक्त जग्गा हाल यसै आयोगबाट नापनक्सा हुँदा उक्त विपक्षीहरुले नापनक्सा र दर्ता समेत गराएको बुझी उल्लेखित जग्गा ०३२ सालमा पञ्चायत विभाजन हुँदा दमक गा.पं. वार्ड नं. ५ मा रहेको उक्त जग्गा कित्ता फोर गरी १ नं. विपक्षीलाई कि.नं. २३ मा ज.वि. ०–१–६–१/४, २ नं. विपक्षीलाई कि.नं. २४ मा ज.वि. ०–५–१४–१/४, ३ नं. विपक्षीलाई कि.नं. ३० मा ज.वि. ०–१०–०–१४–१/२ र ४ नं. विपक्षीलाई कि.नं. २५ मा ज.वि. ०–१८–१२–१/४ र ५ नं. विपक्षीलाई कि.नं. २६ मा ज.वि. ०–१५–२–२/४ र ६ नं. विपष्क्षीलाई कि.नं. २१ मा ज.वि. ०–०–१४–३/४ र ७ नं. विपक्षीलाई कि.नं. २२ मा ज.वि. ०–०–११ र ८ नं. विपक्षीलाई कि.नं. १२ मा ज.वि. ०–२–११–१/२ कि.नं. १३ मा ज.वि. ०–६–१६ र कि.नं. १४ मा ज.वि. ०–२–११–३/४ ९ नं. विपक्षीलाई कि.नं. १५ मा ज.वि. ०–२–११–१/२ कि.नं. १६ मा ज.वि. १–३–४–१/४ र कि.नं. १८ मा ज.वि.०–१–४ दर्ता गराई दिएको बुझिएकोले साविक ०२१ सालको नक्सा र हालको नक्सा भिडाई विपक्षीहरुका नाउँमा भएको दर्ता बदर गरी हाम्रा नाउँमा हक यथावत कायम राखी दर्ता गराई पाउँ भन्ने वासुदेव वास्तोला १, शुशील वास्तोला १, माधवप्रसाद वास्तोला १, समेतको हकमा वासुदेव वास्तोलाले उच्च स्तरीय आयोग विशेष अदालत झापामा दिएको ०३७।१२।१।७ को उजुरी निवेदन । ३. वादीले दावी लिएको कि.नं. ३५७ को जग्गा वा