निर्णय नं. ४७४२ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७४२ - अंश दर्ता भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/०५/०८ ३०४६ निर्णय नं. ४७४२ ने.का.प. २०५० (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४९ सालको दे.पु.नं. ६८३ फैसला मिति: २०५०।५।८।३ पुनरावेदक/प्रतिवादी: जिल्ला धनुषा गाउँ विकास समिति महुवा वडा नं. ९ बस्ने रामरिझन खत्वे । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने खोखिलाल मंडल खत्वे भन्ने सोखिया मंडल खत्वे । मुद्दा : अंश दर्ता । (१) अंशवण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेत हुनुपर्ने । (प्र.नं. १४) (२) प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिपे्रक्ष्यमा अंशवण्डा भइसकेको ठहर्‍याउन न्यायोचित नहुने । (प्र.नं. १४) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल । फैसला न्या. गजेन्द्रकेशरी बास्तोला १. न्याय प्रशासन सुधार ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको पुनरावेदनको संक्षिप्त विवरण यस प्रकार रहेछः– २. अंशवण्डा प्रयोजनको लागि हामी सन्त मण्डलको तीन भाई छोराहरुमा जेठा शुभलाल मण्डल, माहिला रामरिझन मंडल र कान्छो म फिरादी सोखी मंडल खत्वे तीन अंशियार आज सम्म संगोलमा नै रही आएको अवस्था २०४९ साल भाद्र महिनामा झगडा हुँदा आ–आफ्नो गरी भोगी आएका जग्गा मेरा नाममा दर्ता गराई दिनुस भन्दा जग्गा दर्ता र अंशवण्डा समेत नगरी दिएबाट फिराद परेको अघिल्लो मितिसम्मको विपक्षीहरुबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी दाखिल गराई ३ खण्डको एक खण्ड अंश दिलाई पाउँ भन्ने समेतको फिराद–पत्र । ३. पिता सन्त मंडलको दुई श्रीमतीमा जेठी पट्टीबाट म प्रतिवादी सुभलाल मंडल र कान्छीको गर्भबाट प्रतिवादी रिझन मण्डल र वादीको जन्म भएकोमा मिति २०१९ सालमा म प्रतिवादी शुभलाल र आमा पल्टी अलग भई भुमि सुधार ऐन, २०२१ अनुसार ७ नं. फांटवारी समेत भरी आ–आफ्नो गरी भोग चलन गरेको र म प्रतिवादी रिझन मण्डल पनि २०२२ सालमा अंशवण्डा गरी अलग भई २०४० साल साउन २१ गतेमा निज विपक्षी वादीले म सँग ऋण लिई सकेका छन । यसरी एक पल्ट अलग भई आफ्नो अंश लिई बसेका वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्ने समेतको प्रतिउत्तर पत्र । ४. देखाइएको रु. १२,०००।– मिति २०४०।५।२१ गतेको सक्कल लिखत मानो छुट्टिई अलग भएको बखत कागज गर्नुपर्छ भनी जालसाज तरिकाबाट म बाट लेखत गराइएको हो भन्ने समेत व्यहोराबाट वादीको वा. रविन्द्र कुमारले धनुषा जिल्ला अदालतमा गरेको वयान । ५. वादी वारिसको वयान झुठ्ठा हो निज विपक्षी वादीले मसँग रु. १२,००० लिई सद्दे व्यहोराबाट गरि दिएको जालसाजबाट भए गरेको कागज हैन भन्ने समेत व्यहोराबाट प्रतिवादीको वा. नारायण लाल कर्णले धनुषा जिल्ला अदालतमा गरेको वयान । ६. विपक्षी वादीले रु. १२,००० लिई लेखत लेखी दिनुस भनिएबाट सद्दे व्यहोराबाट मैले लेखी दिएको कागज हो जालसाज गरेको होइन भन्ने समेतको प्रतिवादीको वा नारायण लालले धनुषा जिल्ला अदालतमा गरेको वयान । ७. अंशवण्डा भइसकेको ठोस प्रमाण प्रतिवादीबाट पेश हुन नसकेको र मिति २०४०।५।२१ मा अंशियार बीच रु. १२,००० को लेखत भई मिति २०४२।२।२२ गतेमा अंश मुद्दा परेको देखिंदा सो लिखत अंश छल्ने प्रकृतिबाट भई जालसाज गरेको प्रमाणित हुन आएबाट अंश वादीले लिई सकेको भन्ने सबुद प्रमाणको अभावमा संलग्न तायदाती फाँटवारीबाट देखिएको जग्गा मध्ये सम्पत्ति कानुन बमोजिम वादी दावी अनुसार वादीले अंश पाउने भन्ने