निर्णय नं. ६०९१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०९१ - लेनदेन भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०५/०५ २९२१ निर्णय नं. ६०९१ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५० सालको दे.पु.नं. १३७५ फैसला मिति : २०५२।५।५।२ मुद्दा : लेनदेन । पुनरावेदक/वादी : जिल्ला भक्तपुर, भ.पु.न.पा. वडा नं. १४ तेखाँची टोल बस्ने हर्ष बहादुर भुजु विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. वडा नं. १७ भाखाचो टोल बस्ने आशबहादुर दुवाल § लेनदेन व्यवहारको २ नं. मा तमसुक शब्द उल्लेख भएको पाइन्छ । तमसुकको आधिकारीक व्याख्या कानुनमा नभए पनि ऋणी र धनीको सम्बन्धमा स्थापना भएको लिखत भनी सामान्य रुपमा अर्थ गरिने । (प्रकरण नं. ९) § बहिखाता सामान्यतया व्यापारिक कार्यमा प्रयोग हुने दस्तावेज हो । (प्रकरण नं. ९) § लिखतको विषयवस्तु हेर्दा आसबहादुरले ६० बोरा धान लिएको अर्थात किनेको सो को पूरा रकम चुक्ता नभएकोले धान बिक्रेताले बांकी रकम माग गर्दा बही खातामै यति बा“की भनी हिसाब गरी सो हिसाबबाट बांकी रहन आएको देखिएको रकम बुझाउने शर्त गरी दिएको देखिंदा छुट्टै लिखतमा ऋणी धनीको सम्बन्ध स्थापना गर्ने उद्देश्यले खडा गरेको लिखत भन्न लिखतको प्रकृति र आकृतिबाट पनि नमिल्ने देखि“दा कपाली तमसुक बाहेकको लिखत देखिन आयो । त्यस्तो लिखतको आधारमा गरिने फिरादको हदम्याद लेनदेन व्यवहारको ४० नं. अन्तर्गतको २ वर्ष नै हुने । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली अवलम्बित नजीर : x फैसला न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेन अदालत पाटनको मिति २०४८।१०।६।२ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादीको यस अदालतमा निवेदन परी मुद्दा दोहोर्‍याउने आदेश भै नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. भाखा १ महिनाभित्र रुपैयाँ बुझाउन सकिन भने ऐन बमोजिम सयकडा रु. १०।– का दरले ब्याज समेत राखी लिनु भनी विपक्षीले मसँग मिति २०३७।३।२४ मा बहि किताबमा लेखी दायाँ बायाँ ल्याप्चे सहिछाप गरी रु. १०,९३२।७१ को धान लिएकोमा भाखामा नबुझाएको आजसम्म ९ वर्ष ११ महिना २९ दिनको हुने ब्याज रु. १०,९२९।६७ र साँवा रु. १०९३२।७१ समेतको हुने रु. २१,८६२।३८ समेत र मुद्दा किनारा हुने दिनसम्मको ब्याज समेत विपक्षीबाट दिलाई भराई पाउन लेनदेन व्यवहारको २, ४ नं. समेतको आधारमा फिराद गरेको छु भन्ने समेत व्यहोराको मिति २०४७।३।२२।६ को वादी दावी । ३. विपक्षी र निजको भाइ नारायण भक्त जना २ को संयुक्त व्यापारमा मैले फिराद दावी बमोजिमको धान लिई रुं ११,४३२।७१ दिनु पर्नेमा तत्काल रु. ५००।– बुझाई रु. १०,९३२।७१ बाँकी रहेको विपक्ष र निजको भाइ भएमा पटक पटक गरी २।३ हजारको हिसाबले रु. ४७३२।– बुझाएको व्यहोरा नारायण भक्तले अर्को बहिखातामा सोही मितिमा रु. ६२००।– मात्र असुल हुन बाँकी जनाएको कुरा निजलाई बुझेमा यथार्थ खुल्ने छ । उल्लेखित व्यहोराबाट वादीले मसँग बाट पाउनु पर्ने भन्दा बढी दावी गरेको कानुन अनुरुप तमसुक खडा भएको नभै व्यापारिक कारोबारमा दावी रहन गएको भन्ने वादीको भनाई देखिएकोले विपक्षले लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र नालेश नगरी २ नं. को म्याद लगाई पर्न आएको फिराद ने.का.प. २०३६ अंक ७ र ८ म प्रकाशित नजीरहरु समेतबाट वादी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर ।