निर्णय नं. ६०९२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०९२ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०९/०३ २४७७ निर्णय नं. ६०९२ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री ईन्द्रराज पाण्ड सम्वत् २०४९ सालको रिट नम्बर २४०४ आदेश मिति : २०५२।९।३।२ विषय : उत्प्रेषण । निवेदक : नेपाल औद्योगिक विकास निगमको तर्फबाट ऐ. ऐ. महाप्रबन्धक अजितनारायण सिंह थापा विरुद्ध विपक्षी : श्री कर कार्यालय काठमाडौं श्री कर विभाग काठमाण्डौ पुनरावेदन अदालत पाटन § रिट निवेदक निगमको आ.ब. ०४६।०४७ को कर कार्यालय काठमाडौंले ०४८।९।३० मा कर निर्धारण गरे उपर चित्त नबुझी का.मु. महानिर्देशक समक्ष निवेदन परेकोमा सो आयकर निर्धारण मिति ०४९।१।२६ मा बदर गरी पुनः कर निर्धारण गर्न पठाएकोमा कर कार्यालय काठमाडौंबाट मिति ०४९।३।३१ मा पुनः कर निर्धारण भएको देखिन्छ । सो कर निर्धारण उपर आयकर ऐन, ०३१ को दफा ३४(५) तथा न्याय प्रशासन ऐन, ०४८ को दफ ३३(३) अन्तर्गत पुनरावेदनको अनुमतीको निवेदन दर्ता गर्न ल्याएकोमा पु.वे.अ. पाटनका रजिष्ट्रारले दरपिठ गरे उपर प्रस्तुत रिट परेको देखिन्छ । रिट निवेदकले कर कार्यालय काठमाडौंबाट भएको कर निर्धारण आदेश उपर आयकर ऐन, ०३१ को दफा ३४ को उपदफा (२) को मार्ग अवलम्बन गरी पुनः कर निर्धारणको आदेश उपर पुनरावेदनको अनुमतिको लागि निवेदन दिएको देखियो । आयकर ऐन, ०३१ को दफा ३४(२) बमोजिम निवेदन दिने करदाताले पछि महानिर्देशकको आदेशानुसार भएको पुनः कर निर्धारण उपर दफा ५७ बमोजिमको पुनरावेदनको अधिकार पाउँदैन निजले दफा ३४ को उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांश अनुसार पुनरावेदनको अनुमतिको बाटो अपनाउनु पर्ने भन्ने समेत सिद्धान्त यस अदालत पूर्ण इजलासबाट राधेश्याम सिंधानिया वि. पूर्वाञ्चल क्षेत्रीय अदालत समेत (स.अ. निर्णय संग्रह भाग २४ पृष्ठ २२) मुद्दामा सिद्धान्त कायम भैरहेको देखिंदा महानिर्देशकको आदेश अनुसार भएको मिति ०४९।३।३१ को पुन कर निर्धारण उपर परेको पुनरावेदनको अनुमति निवेदन मिति ०४९।५।११।५ मा पु.वे.अ. पाटनले गरेको दरपीठ आदेश त्रुटिपूर्ण र कानुन प्रतिकूल देखि“दा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता नरेन्द्र पाठक अवलम्बित नजीर : x आदेश न्या.लक्ष्मणप्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. कर कार्यालय काठमाडौंले यस निगमको आ.व. ०४६।०४७ को आयकर निर्धारण आदेश पहिलो पटक मिति ०४८।९।३० मा गर्नु भएकोमा निवेदकको अडिटेड नाफा नोक्सानले देखाएका खुद आय १, ११, ९६, ४४०।– को सट्टा अनियमित तवरले केही मिन्हा हुने खर्चहरुलाई अमान्य गरी ५,९०,७१,५३५।– को खुद आय कायम गर्नु भएको त्रुटिपूर्ण हुँदा आयकर ऐन, ०३१ को दफा ३४(२) अन्तर्गत कर विभागमा निवेदन गरेकोमा कर विभागका का.मु. महानिर्देशकज्यूले निवेदकलाई पेशीको थाहै नदिई सुनुवाईको मौकाबाट वञ्चित राखीहाम्रो मूल जिकिरलाई पन्छाई तथ्य र कानुनको व्याख्यामा त्रुटि गरी मिति ०४९।१।२६ मा एकतर्फी निर्णय गरी कर कार्यालय काठमाडौंलाई पुनः आयकर निर्धारण गर्ने आदेश पठाउनु भएकोमा कर अधिकृत कर कार्यालय काठमाडौंले कानुनले मिन्हा हुने जोखिम व्यहोर्नका लागि व्यवस्था भएका शंकास्पद कर्जा रकम शंकास्पद ब्याज रकम, शंकास्पद लगानी रकम बापत व्यवस्था भएकोलाई अमानय ग