निर्णय नं. ४७४ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७४ - डाँका भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/१०/०४ २२७२ निर्णय नं. ४७४ ने.का.प. २०२६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको फौ.फु.नं. २१ निवेदक : जि.रौतहट प्र.पं.मौजेबरिया घरभई हाल रौ.कारागारमाबस्ने शेषबसि महमदसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : डाँका (१) कसैबाट (सर्जमिनहरूको समेत) झुठ्ठा कुरा बक्नु पर्ने कारणको अभावमा–मौकैमा वारदात नभएको भन्न नसकेमा र पुलिस केशवाट वारदात भएको भन्ने देखिएमा–वारदात भएको ठहरिने। ती सर्जमिनहरूले झुठ्ठा बयान गर्नुपर्ने कुनै कारण नदेखिएको, टिकुलिया गाउँमा हल्ला गरेको सुन्नासाथ ह.कृष्णबहादुर लिम्बु साथ खटाउँदा भोली सहनीको घरमा डाँका परेको रहेछ । भोलीको छोरा सीताराम भन्नेले उत्साहपूर्वक डाँकाको हातमा भएको हतियार खोस्न संघर्ष हुँदा हुँदै जवानहरू पुग्नासाथ डाँकाहरू भागी गएको भन्ने गौर व्यारेकबाट गौर ठानालाई लेखेको पत्रमा उल्लेख भएको, व्यारेकका जवानहरूले झुठ्ठा कुरा गर्नुपर्ने कुनै कारण नदेखिएकोमा पनि निवेदक प्रतिवादीहरू समेतले मौकैमा अदालतमा बयान गर्दा पनि वारदात भएको छैन भनी भन्न नसकेका, जाहेरवाला भोली सहनी निजको छोरा सीताराम सहनी वारदातमै भएको भनेको भोली सहनी दुलारचन्द सहनीसमेतका आङ्ग जीउमा घा खत भएको पुलिसकेश फारामबाट देखिनाले समेत वारदात भएकै देखिंदा वारदातै भएको हैन भन्ने विद्वान वरिष्ठ अधिवक्ताको तर्कमा सहमत हुन मिलेन । (प्रकरण नं. १४) (२) पोलिएको व्यक्तिलाई कसैले पक्रन मद्दत गरे वा पक्री सम्बन्धित कार्यालयमा दाखिल गरेमा–उक्त सहयोग अनधिकृत नहुने । डाँका भएको थाहा पाई सो ठाउँमा गई पक्राउ भएकोलाई सुरक्षासाथ राखी पोलिएकोलाई पक्राउ गर्न मद्दत गरी पक्राउसमेत गरी प्रहरी कार्यालयमा बुझाएको व्यारेकका मिलेटरीहरूको सहयोगलाई अनधिकृत भन्न नमिल्ने । (प्रकरण नं. १५) (३) कसैलाई कसैबाट अपराधमा फसाउन पर्ने कारण नभएमा–वारदात गर्ने एक व्यक्ति (एक भन्दा बढी व्यक्तिहरू भएमा) को घरमा कुनै (डकैतीको) माल बरामद नभएमा पनि निजको साविती कागज, सरजमितसमेतको प्रमाणबाट आरोपित कसूर गरेको कुरा समर्थित भएमा–उक्त कसूर गरेकै देखिने । त्यसरी निवेदकहरूलाई झुठ्ठा वारदात खडा गरी डाँका जस्तो भयानक अपराधमा फसाउनै पर्ने सम्मको रिस इवि कारण पनि केहि नदेखिएको, निवेदकहरूको घरमा डकैतीको माल फेला नपरेको भन्ने हकमा वारदात गर्ने यिनीहरूमात्र नभई अरु पनि हुँदा डकैती गरेको माल अरुका साथमा पर्न गई वरामद हुन नसकेको पनि हुनसक्ने, मदिसले प्रहरीमा गरेको साविती कागज उल्लेखित सर्जमिन समेतका स्वतन्त्र प्रमाणबाट समर्थन हुनआएको हुनाले समेत निवेदक प्रतिवादीहरूलाई समेत कसूरदार ठहराई फैसला गरेको जिल्ला अदालत रौतहट र नारायणी अञ्चल अदालतको समर्थन गरेको डिभिजन बेञ्चको २०२४।१।१०।१ को इन्साफ मुनासिव ठहर्छ । (प्रकरण नं. १५) निवेदक प्रतिवादी तर्फबाट : वरिष्ठअधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता श्री कुसुम श्रेष्ठ दरखास्तवाला तर्फबाट : अधिवक्ता श्री गणेशराज शर्मा श्री ५ को सरकार तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री षडानन्दप्रसाद फैसला १. २०२० साल आश्विन ४ गतेको रात २१।२२ जना डाँका कसैले लाठी कसैले फराटा गडासा दुइनाले टोटावाल बन्दुक लिई आई मसमेतलाई कुटपिट गरी बिगो रु.४३०७।६० को धनमाल डाँका गरी लगेका, डाँकाहरूले बालेको टर्च बत्तिको उज्यालो समेतबाट डाँका मध