निर्णय नं. ६०९३ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०९३ - अंश दर्ता भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०५/२१ २६१२ निर्णय नं. ६०९३ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. २१०५ फैसला मिति : २०५२।५।२१।४ मुद्दा : अंश दर्ता । पुनरावेदक/प्रतिवादी : जि.पर्सा सितको गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ४८ की मतिसरी तुरहिन ऐ ऐ बस्ने वर्ष २६ को धुरसा तुरहा ऐ ऐ बस्ने वर्ष ४६ को बाबुलाल सा तुरहा विरुद्ध विपक्षी/वादी : जि.पर्सा सिवर्वा गा.वि.स. वडा नं. ७ बस्ने जगमतिया देवी तुरहिन § वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद देखिदैन । वादी प्रतिवादी बीच अंशबण्डा पारित भएको भन्ने भनाई पनि नभएको तथा सर्भे नापीमा विभिन्न अंशियारका नाउँमा नापी भै दर्ता भएकोले व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रतिवादीहरुको कथनलाई अंशबण्डाको ३० नं. बमोजिम बिक्री व्यवहार भै दाखिल खारेज समेत भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. १२) § अंशियारका छोरा छोरीहरुको विवाह खर्च पर सार्नु पर्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १२) § अंशबण्डा भएको प्रमाणको अभाव भएको, नापीमा विभिन्न अंशियारका नाउँमा नापी दर्ता मात्र भएकोलाई अंशबण्डाको ३० नं. अनुसार बिक्री व्यवहार प्रमाणबाट अंशबण्डा भएको भनी भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाको फैसला उपर दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :– २. मुल पुरुष फिरंगीको दुई भाइ छोरामा पुरण साह, सुखाडी भै पुरण साहको छोरा राजकुमार साहसंग मेरो विवाह भएको लोग्ने हुनुहुन्छ । सुखाडीको दुई भाइ छोरामा जेठा प्रतिवादी बाबुलाल र कान्छा खुवलाल भएकोमा परलोक हुनु भएकोले निजको श्रीमती प्रतिवादी मतिसरी र छोरा प्रतिवादी धुरी भएकोले हामी सबै सगोलको अंशियार हुन । मेरो श्रीमान राजकुमार साह २०४५ सालमा फाल्गुणमा परलोक हुनु भएको वहाँको करणीबाट मेरो गर्भबाट ४ छोरा ३ छोरीको जायजन्म भएको छ । २०४५ साल श्रावण देखि म तथा मेरो नाबालक छोराछोरीलाई समेत प्रतिवादीहरुले खान लाउन बन्द गरी घरबाट निकाला गरी दिनु भएकोमा अंश माग्दा मेरो हातखुट्टा नै भाँची दिने भयत्रास दिनु भएकोले नालेश गर्न आएको छु । मेरो साक्षी सबद बुझी प्रतिवादीहरुबाट श्री सम्पत्तिको फाँटवारी लिई ३ खण्डको १ खण्ड अंश र ७ जना छोराछोरीको विवाह खर्च समेत दिलाई मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । विपक्षीले माग गरे बमोजिम हामीले निजलाई अंश दिनु पर्ने होइन, छैन मुल पुर्खा फिरंगी साहको जग्गा जमीन सम्पत्ति केही नभएकोले निजका जेठा छोरा पुरनले फिरंगीको स्वर्गवास पछि आफ्ना कान्छा भाइ सुखाडी साहसँग अलग भई आफ्नो श्रम मेहनत आर्जनबाट केही जग्गाहरु खरीद गर्नु भएको थियो । पुरन साहको स्वर्गवास भएपछि निज पुरणको जेठा छोरा सुकदेव साहको पनि स्वर्गवास भै सकेकोले सो जग्गा राजकुमार साहले आफ्नो नाउँमा नामसारी गराई २०२१।०२२ सालमा जग्गाको सर्वे नापी हुँदा सो जग्गा राज कुमार साहको नाममा सिवर्वा गा.पं. वडा नं. ७ को कि.नं. ६ को ज.वि. ०३५ कायम भएको छ । राजकुमार साहले आफ्नो जिवनकालमा जि.पर्सा सिवर्वा गा.पं. वडा नं. ७ को कि.नं. ४५ को ज.वि. ०–०–३ घडेरी जग्गा