निर्णय नं. ४७५ - जारी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७५ - जारी चोरी भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/१२/२९ २५०७ निर्णय नं. ४७५ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज २०२५ सालको फौ.फु.नं. २७ निवेदक : जुम्ला शान्ती दरा उज्याला गाउँ बस्ने लालबहादुर शाही विरुद्ध विपक्षी : ऐ. मालकोट गाउँ बस्ने लालबहादुर शाहीसमेत मुद्दा : जारी चोरी (१) कसै (स्वास्नी मानिस) को विवाह कसै (लाग्ने मानिस) सँग भएको भन्ने एकजना साक्षीको बकाई भए तापनि अरु साक्षीहरूले निज (लोग्ने मानिस) सँग निज (स्वास्नी मानिस) को विवाह नभएको भनेमा–निज महिलाले पनि पुरुषसँग विवाह भएको भन्ने कुरा अस्विकार गरेमा–निज पुरुषले आफूसँग निज (महिला) को विवाह भएको तथ्य प्रमाण दिन नसकेमा–निज स्त्रीको निज पुरुषसँग विवाह भएको भन्न नमिल्ने । वादीको साक्षी जगेबहादुर १ जनाले २०१९ साल वैशाख १२ गते प्र.मोतीलाई वादीले विवाह गरी ल्याएको भन्ने बकेको भए पनि प्रतिवादीका साक्षी दलवीर वटालासमेतका ४ जनाले ०१८ साल फाल्गुण २५ गते प्र.लालबहादुरले विवाह गरी ल्याएको भन्ने बकेकासमेत देखिएकाले वादीको शिर्फ १ जना साक्षीको बकाईका भरमा वादीकी स्वास्नी कायम गर्न नमिल्ने र वादीले मसँग विवाह भएको भनेको प्र.मोतीले प्र.लालबहादुरसँग नै विवाह भएको हो । वादीसँग विवाह भएको होइन । वादीले विवाह गर्न माग्न आएकोमा मञ्जुर नगरेको रीसले झुठ्ठा उजूर गरेको हो भन्नेसमेत इन्कार लिएकी, निज मोतीको आफूसँग विवाह भएको हो भन्ने कुराको अरु तथ्य सबूद प्रमाण वादीले गुजार्न सकेको देखिएन । (प्रकरण नं. १३) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला १. देवु शाहीकी छोरी गोरु शाहीकी बहिनी अन्यायकी मोती ठकुरानी मेरी विवाहीते स्वास्नी हो । हामी दुवैको मञ्जुरीले २०१९।१।१२ मा विवाह भएको हो । २०२१।९।२४ गते जेठान गोरु शाहीले लिन आएबाट गहनासमेत लगाउन दिई माइती घर पठाएको ऐ.फाल्गुण ४ गते लिन जाँदा २०२१।१०।२८ गते लालबहादुरसँग पोइल लगाए लगे गएको थाहा भएकोले उजूर गरेको छु । पोइल लगेमा जार लालबहादुरलाई कैद बर्ष ५ पोइल गएमा स्वास्नी मोतीलाई कैद बर्ष १।३ र पोइल लगाएमा गोरु शाहीसमेतलाई ऐनबमोजिम सजाय गरी गहनाको बिगो ५४० भराइपाउँ भन्नेसमेत वादी । २. म मोती ठकुर्नी वादीको विवाहिता स्वास्नी होइन । २०१८ साल फाल्गुणमा विवाह गर्ने कुरा भई प्र्रतिवादी लालबहादुरसँग ऐ.फाल्गुण २५ गते पुरोहित विष्णुशरण पाध्याय र धना शाही दलु शाही दलवीर वडालासमेत भलादमी र पुर्जे दमाईसमेतका मानिस बाजा बजाउने भई म मोतीको विवाह भएको भन्ने मोतीको सो अनुसार मैले विवाह गरेको मेरो विवाहिता स्वास्नी हो भन्ने लालबहादुरसमेतको प्रतिवादी । ३. अरुले म्याद गुजारी प्रतिवादी नदिएको । ४. मोती ठकुर्नीले लगाई गएको भन्ने गहनामा सरजमिनको फरक फरक भनाई भएकोले सरजमिनले साँचो बकेका रहेछन भन्ने पत्यार नपरेको । सरजमिन ३४ र साक्षी जवान ४ ले मोती सरालाई प्रतिवादी लालबहादुरले विवाह गरेको भनी लेखिदिएको वादीको साक्षी १ र सरजमिन जवान २२ ले मोती सरालाई वादीले विवाह गरेको हो । हामी जन्ती गएका थियौं । गरगहना वादीले दावी गरे भन्दा धेरै लगेको थियो भनी लेखिदिएको छलफलमा वादीसँग गहना सोद्धा लेखिए भन्दा धेरै तल माथि परेको, जन्ती ६ जना लगेको भन्ने वादीको भनाई र साक्षी सरजमिनको बोली नमिलेकोसमेत प्रमाणबाट वादीले झुठ्ठा उजूर गरेको ठह