निर्णय नं. ६०९४ - खिचोला हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०९४ - खिचोला हक कायम समेत भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०४/०९ २५७९ निर्णय नं. ६०९४ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५० सालको दे.पु.नं. ११८१ फैसला मिति : २०५२।४।९।३ मुद्दा : खिचोला हक कायम समेत । पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपालिका वार्ड नं. २ बस्ने वाणीबहादुर विष्ट विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. ११ बस्ने सुवर्णप्रसाद जोशी § मूलतः जब दर्तावाला जगतमाया उल्लेख भई जग्गावालाको तर्फबाट रु. १० धरौट स्याहा आम्दानी भएको मालको श्रेस्ताबाट देखिन्छ भने जग्गावालाले रैकरमा परिणत गर्ने कारवाहीको लागि निवेदन नदिएको भन्न नमिल्ने । (प्रकरण नं. १२) § जग्गावालाले आफ्नो नाममा रैकरमा परिणत नगराएको अवस्थामा त्यसपछि मात्र जोताहा मोहीले रैकरमा परिणत गराउन पाउने निजको हक पुग्न सक्ने हुँदा जब प्रतिवादी जोताहा वाणीबहादुरले मिति २०३८।९।२३ मा निवेदन दिनु भन्दा पहिले नै मिति २०२०।१२।३० मा नै जग्गावालाको तर्फबाट मालमा धरौट रु. १०।– दाखिल समेत भइसकेको देखिएबाट जग्गावालाले रैकरमा परिणत गराउन नचाहेको अथवा कारवाही नै नचलाएको भन्न मिल्ने स्थिति नदेखिने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.अरविन्दनाथ आचार्य : पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०५०।२।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :– २. मावलीपट्टिका जिजुबज्यै जगतमाया र म्वानी थंकु भन्ने ज्ञानी थंकु, राजकुमारी र आमा वेटी जोशीको नाममा जिल्ला पा. सोगल ७४ नं. मा दर्ता भएको छासीखेल ।। ।।३ को जग्गा विपक्षी मध्येका वाणीबहादुरले मोहियानीमा कमाई आएको हाल नापीमा ललितपुर नगरपालिका वार्ड नं. २(ख) कि.नं. ३६ कायम भएको दर्तावाला बज्यैहरु परलोक भएपछि आमा वेटी जोशीको नाममा एकलौटी हक कायम भै आमाले विपक्षी ताराप्रसादलाई २०१० सालमा शेषपछिको बकसपत्र गरी दिएकोमा निजले हेरविचार नगरेको कारणले उक्त बकसपत्र बदर गरी आमा वेटी जोशीले अष्टलौह बक्सपत्र गरी मलाई दिएकोले मेरो हक हुन आएको उक्त जग्गा विपक्षी मोही वाणीबहादुर भन्दा पहिले जग्गाधनीले रैकर परिणत गरी पाउँ भनी निवेदन दिइसकेकोमा पछि विपक्षी वाणी बहादुरले आफ्नो नाउँमा रैकर परिणत गरी पाउँ भनी र विपक्षी ताराप्रसादले कि.नं. ३६ को मेरो एकलौटी हकको जग्गामा ४ खण्डको ३ खण्ड मेरो हकको भनी निवेदन दिएको कारणले हकबेहकको प्रश्न समावेश भएको देखिँदा अदालतबाट हकबेहक गराई आउनु भनी ललितपुर मालपोत कार्यालयबाट निर्णय भएकोले यो नालेश गर्न आएको छु । तसर्थ दुवैको खिचोला मेटाई जग्गा मेरो नाममा रैकर परिणत गरी एकलौटी हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादी दावीको कि.नं. ३६ को जग्गा विर्ता जग्गा भएको र विर्ता उनमूलन ऐन, बमोजिम विर्तावालाले तोकिएको म्यादमा रैकर परिणत नगराएमा कमाउने मोहीले आफ्नो नाममा रैकर परिणत गरी दर्ता गर्न सक्ने व्यवस्था हुँदा मोहीको हैसियतले मालपोत कार्यालयमा निवेदन दिई मिति २०४१।१।१३ को निर्णयले रैकर परिणत गर्ने निर्णय भएको तथा रैकर परिणत गरी पाउँ भनी जग्गाधनी ताराप्रसादको निवेदन परेकोमा निजले समेत मेरो नाममा रैकर परिणत भएमा मञ्जुर छ भनी मालपोत कार्यालयमा निवेदन समेत दिई सकेकोल