निर्णय नं. ४७६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७६ - ज्यान भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/०५ २५०० निर्णय नं. ४७६ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत २०२२ सालको फैजदारी अपील नम्बर ९२७ प्रतिवादी : प्र.माल झुमुना मोजै कडमाहा बस्ने कन्तलाल माझी थारु विरुद्ध विपक्षी : प्र.घछवार मौसलोखरी बस्ने नानीलाल माझी थारु मुद्दा : ज्यान (१) सर्जमिनहरू मध्ये धेरैले शंका नलाग्ने र थोरैले शंका लाग्ने भनेमा र किटान बक्नेको कमि भएमा–घटनाक्रमको दरखास्त धेरै पछि परेमा–अघिल्लो र पछिल्लो दरखास्त परस्पर बाझिएमा–यथार्थ ज्ञान (थाहा नभएको) लुकाई घटनाको रिपोर्ट गरेमा–प्रत्यक्ष प्रमाणको अभावमा आरोपित (कसै माथि) कसूर (ज्यान मारेको) गरेको नठहरिने । सर्जमिनका भनाई हेरेमा पनि धेरैजसोले शंका लाग्दैन भनी लेखाएका र थोरैले शंका लाग्छ भनी लेखाएका, किटानी बक्ने एक पनि नभएकोले र माथि लेखिएबमोजिम घटनाक्रमको दरखास्त धेरै समय पछि मात्र परेकोले र पहिलो दरखास्त र पछिल्लो दरखास्तमा देखाएका कुराहरू परस्परमा बाझिएको मात्र नभई वादीले बस्तुस्थितिको आफुलाई भएको यथार्थ ज्ञान लोप गरी घटनाबारे रिपोर्ट गरेको देखिएको र अपीलाटहरूले कसूर गरेकै हुन्न भन्ने कुनै प्रत्यक्ष प्रमाण पुराउ नसकेको नदेखिएबाट खाली शंकाकै भरले मात्र अपीलाटहरू लाई दोषी ठहराउन मिल्दैन । (प्रकरण नं. १७) अपीलाट तर्फबाट : अधिवक्ता श्री राम राजाप्रसाद फैसला १. २०१६ साल मार्ग ३० गतेका दिनको अन्दाजी २ बजे गाँउ देखि पूर्व चौरीमा बर्ष १७ को छोरा रतिलाल घाँस काट्न गएको अं. ५ बजे घरतर्फ आउन लाग्दा जातभातको कुरामा इबि परेको प्र.अछबा थारु पुरन थारुसमेतले पक्री भारततर्फ लगे वा ज्यान बेपता गरे भन्नेसमेत सिराहा पुलिस थानामा दरखास्त परेको पक्राउमा परेका प्र.अछवा थारुले रतिलालको सासु असिथाले मेरो जुवाँई बोलाई देउ भनेकीले रतिलालको घरमा गई भेटी सासुले बोलाएको कुरा सुनाई दिनको ३ बजे रतिलाललाई साथ लिई साँझमा असियाको घरमा घुरन रतिलाल म अछवासमेतले खानपिन गरी घुरनको घर सुतेको भोलिपल्ट राजबिराज जान्छु भनी घुरनले भने पछि म पनि सिनेमा हेर्न जान्छु भनी रतिलालले भने, म समेत ३ जना सो ठाउँबाट हिंडि रात जितपुर सतबेदा बस्ने बनरुको घरमा बास बसेको मलाई ज्वरो आएकोले थाहा पाईन । रात नमालुम कुन टायम्मा रतिलाल र घुरन समेत दुबैजना कता गए मलाई थाहा छैन भन्नेसमेत सिराहा इ.अ.मा बयान गरेपछि कुसाहा बस्ने मंगल माझी, घुरन माझी, जोखन माझी मखन माझी, कदमाहा बस्ने नाथुमाझी, कन्तलाल माझी, सन्तलाल निजको नोकर मुनरा धानुक अछवा थारुसमेत ९ जनाले मेरो पति रतिलालको ज्यान बेपत्ता गरेको भए ज्यानै हाजीर गराई पाउँ मारेको भए ज्यान सम्बन्धीको ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बुहारी छोटनीले सि.हु.द्वारा जि.अ.मा निवेदन गरेकोले केही निकाशा नआएको र २०१६ साल फाल्गुण १७।१८ गतेमा हो सुराक पत्ता लगाउन कुसाहामा जवहीको पश्चिम चौरीबाट ऐ पौष ३ गते घरतर्फ आउन लागेको छोरा रतिलाललाई घुरनको पत्नी सिलिया थरुनीले फकाई आफ्नो घर कुसाहामा लगेको थाहा पाएको छोरा रतिलालको ज्यान पत्ता लगाई नदिएको प्र.जम्मै जना मिली आफ्ना गाउँ घर वा जंगल खोला कुन ठाँउमा ज्यानै मारी लास दवाई दिएको छ, कुसाहासमेतका मानिसहरूबाट सुने बुझेको हुँदा लेखिएबमोजिमका मानिसहरूले छोरा रतिलालको ज्यान मारेको मेरो चित्तमा लाग्छ । प्र.हरूलाई पक्री खुलाई लास पत्ता लगाई सरजमिन बुझी ज्यान मारेमा सजाय गरिपाउँ भन्नेसमेत जाहेरी द