निर्णय नं. ४७७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७७ - अंश भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/०३ २६४२ निर्णय नं. ४७७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री २०२५ सालको दे.फु.नं. ५४ निवेदक : बिजुली बुढाथोकीनी क्षेत्रीनी सल्यान ५ गाँउ मार्के विरुद्ध विपक्षी : प्रचण्डप्रताप सिंह बुढाथोकी क्षेत्री ऐ.ऐ. मुद्दा : अंश (१) अंश मुद्दा चल्दा चल्दैको अवस्थामा गरिदिएको छोडपत्र लिखत सदर हुने । छोडपत्र लिखत यो अंश मुद्दा चल्दा चल्दैका अवस्थाको भएकाले सदर हुने नहुने के हो ? भन्ने तर्फ हेर्दा मुद्दा फैसला नहुदै अंश दिने पाउने पक्षहरू बीचमा केही अंश लिनु दिनु समेत गरी यस्तो लिखत पास गरी लिनु दिनु गर्न नहुने, कानूनले बन्देज गरेको देखिन आएन । वादी सतमाया ज्यापुनी प्रतिवादी लक्ष्मीदेवी तुलाधर्नी समेतको दे.फु.२१३ को अंश मुद्दामा पनि मुद्दा चलिरहेकै अवस्था वादी पक्षले गरिदिएको छोडपत्र लिखत सदर हुन्छ हुदैन भन्ने यस्तै प्रश्न उठेकोमा मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्न हुँदैन भन्ने कानूनी व्यवस्था नभएकोले उक्त छोडपत्र लिखतलाई कानूनले सदर मान्नु पर्ने देखिन्छ भन्ने ठहर गरी ०१९।१२।९।६ को फुल बेञ्चबाट निर्णय भइराखेको देखिएको, त्यसमा असहमती हुने ठोस कारण कुनै देखिन नआएको समेत हुँदा उक्त छोडपत्र लिखत सदर नहुने भन्न भएन । (प्रकरण नं. ११) (२) तत्काल अंशबण्डाको ५१ नं.–अंशमा चित्त नबुझ्नेले लिखत पास भएको ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने व्यवस्था चित्त नबुझेको भन्ने बिरोध दर्शाउँदै अंशबाट त्यसतर्फ विचार गर्न नमिल्ने । उक्त छोडपत्र लिखतबाट अंशमा घटिबढी परेको अथवा अन्य कुनै कारणले अंशमा चित्त नबुझेको समेत भए तत्काल प्रचलित अंशबण्डाको ५१ नं. बमोजिम उक्त लिखत पास भएको मितिले तिन ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने कानूनी व्यवस्था भइराखेको कुरामा चित्त बुझेन भनी यो मुद्दामा बिरोधसम्म दर्शाउँदैमा त्यसतर्फ यस मुद्दाबाट विचार गर्न मिल्ने पनि देखिंदैन । (प्रकरण नं. १२) उल्लेखित मुद्दा : सतमाया वि.लक्ष्मीदेवी तुलाधर्नी, मुद्दा : अंश (सि.नं.१ दे.फु.मु.नं.१२३ फु.बे.) फैसला मा.न्या. रत्नबहादुर बिष्ट १. ससुरा जहरसिंह परलोक हुनु भएको निजकी माहिली स्वास्नी पदमकुमारीका छोरा जेठा प्रचण्डप्रताप माईला हुकुम सिंह, साईला रुद्र सिंह, कान्छा तोलासिंह एकासगोलमा रहेकोमा मेरा खसम हुकुम सिंह २००९ सालमा परलोक भई बिधुवा भएपछि निजहरूकै साथ सगोलमा बसेको थिएँ । ०१३ सालमा अंशबण्डा गरी सासु पद्मकुमारी र माहिला कान्छा देवर बेग्लै बसेका र जेठाज्यू प्रचण्डप्रताप सिंहले मलाई सगोलमा राखी व्यवहार चलाइरहेको मलाई खान लाउनको राम्रो हेरविचार नगरी २०१८ साल जेष्ठदेखि निक्लि भनेकाले अंश देउ भन्दा टारवार गरी अंश दिन्न भनी जवाफ दिएकोले मैले पाउने अंश आधि दिलाई पाउँ भन्नेसमेत बिजुली क्षेत्रीनीको २०१५।६।२१ को फिराद । २. आफ्नै घरमा बसी सम्पत्ति वा लापरवाही नगर्ने गरी लागेको ऋण धन सवै फिरादीलाई अंशबण्डा गरी दिन मेरो मञ्जुर छ । अंश दिन्न भनेको र घरबाट निकालेको समेत होईन स्वार्थसिद्ध गर्नकोलागि निजको बावुको भनाईमा लागी झुठ्ठा उजूर गरेका हुन भन्नेसमेत प्रचण्डप्रताप सिंह क्षेत्रीको प्रतिवादी । ३. हाल अंश बुझी वादीले छोडपत्र गरिदिएको भन्ने प्रतिवादीले हुलाकद्वारा सक्कल छोडपत्र निवेदनसाथ पठाएकोलाई मुद्दा पर्दा पर्दैको व्यवहार सदर हुन नसक्ने समेत हुँदा वादीले रु.१८४३