निर्णय नं. ६०९५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०९५ - अंश नामसारी भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०४/१६ २५८२ निर्णय नं. ६०९५ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०४९ सालको दे.पु.नं. ५५९ फैसला मिति : २०५२।४।१६।३ मुद्दा : अंश नामसारी । पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहना बस्ने जानकीशरण तिवारी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. मर्चवार वनगाई गा.वि.स. वडा नं. ५ बस्ने भुगुनाथ तिवारी § सगोलमा रहेका अंशियारले आर्जन गरेको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने। (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.उदयराज उपाध्याय : पुनरावेदन अदालत बुटवल रुपन्देहीको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. रामगति तिवारीको छोरा म वादी र प्रतिवादी जानकीशरण छौं । हामी सगोलमा बसेका छौं । सगोलको सम्पत्ति भोग गरी आएका छौं, हाम्रो बीच ०४१।१२।२८ गते घरायसी मत भिन्नता भएकोले अंश माग गर्दा नदिएकोले सम्पूर्ण सम्पत्तिको दायदाती लिई २ भाग गरी १ भाग अंश छुट्याई दिलाई नामसारी गरी पाउँ भन्ने फिरादपत्र । ३. हाम्रो पुर्खौली घरद्वार भारतमा हो म जानकी शरणको वनगाई मर्चवार टोल नेपालमा जन्म भएकोले जन्म सिद्ध नेपाली नागरिकता प्राप्त गरेको छु । बाबु रामगतीको ३ छोरा विश्वनाथ, भृगुनाथ, र म जानकी शरण छौं । जेठा दाजु विश्वनाथ र विपक्षीले भोग चलन गरी आएका छन्। विपक्षीको घरद्वार नेपाल वनगाई पर्चवारमा छैन भारत मै बसेका छन् । मेरो जन्म मंचवारमा भएको र कान्छा बाबुको सन्तान नभएकोले मलाई कान्छा बाबु र कान्छी आमाले पालन गरी आएको हो । उखडा जग्गा अपुतालीबाट २०१३ साल देखि भोग गरी आएको जिमिदार बुलबुल भन्ने रुद्रनाथ सुकुल उपर मेरो फिराद परी उक्त जग्गा मेरो कायम गरी सर्वोच्च अदालतबाट २०२२ सालमा फैसला भई मेरो निजी आर्जनको जग्गा बाहेक अरु कुनै पैतृक सम्पत्ति हैन मैले २०३४ साल देखि वनागाई मर्चवार गाउँ छाडी हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहनामा बसी आएको छु । फिराद झुठा हो मबाट अंश पाउने होइनन् भन्ने प्रतिउत्तरपत्र । ४. मुल पुरुष राम गतिका ३ छोरा जेठा विश्वनाथ, माहिलो वादी भृगुनाथ र कान्छा प्रतिवादी जानकी शरण हुन, विश्वनाथले भारत मै अंश लिई बसेकोले नेपालको सम्पत्तिबाट अंश दिनु पर्ने होइन प्रतिवादीको जिम्माको २ भागको १ भाग अंश पाउँ भन्ने नाता कायम तर्फ वादीको बयान । ५. वादी प्रतिवादीको साक्षीको बकपत्र भएको र ०२२।३।८ को सर्वोच्च अदालतको फैसला सहितको मिसिल र यिनै वादी प्रतिवादी भएको लिखत दर्ता बदर मुद्दाको दायरी मिसिल संलग्न रहेको रहेछ । ६. वादीलाई प्रतिवादीले अंशियार भनी स्वीकारै गरेको र अनुसूची नं.१ हेर्दा वादी प्रतिवादी सगोल कै देखिँदा तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिबाट २ भाग लगाई १ भाग अंश वादीले प्रतिवादीबाट छुट्याई लिन पाउने र सो सम्पत्ति नामसारी गराउन पाउने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको मिति ०४५।१२।२२ को फैसला । ७. कान्छा बाबुको अपुतालीबाट पाएको निजी सम्पत्ति हो बण्डा गर्नु पर्नेमा अनुसूची १ मा नाम उल्लेख भएको आधारबाट इन्साफ गरियो सर्वोच्च अदालतबाट मैले जिती पाएको फैसला पेश छ । ३ भाइ अंशियार देखिँदा देखिँदै अ.बं. १३९ नं. बमोजिम दाजु विश्वनाथ त्रिपाठीलाई बुझ्नु पर्नेमा नबुझी फैसला भयो । त्रुटिपूर्ण फ