निर्णय नं. ८६४५ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६४५ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६८/०५/१९ ३१२० ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६४६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कमलनारायण दास रिट नं. WO–०६५४ आदेश मितिः २०६८।५।१९।२ विषय :– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जि. सर्लाही, बलरा गा.वि.स. वडा नं. ८ घर भई सशस्त्र प्रहरी बल दन्तकाली गण, सप्तरीको सशस्त्र प्रहरी जवान पदबाट अवकाशप्राप्त रामकुमार सिंह विरुद्ध विपक्षीः पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय, बराह बाहिनी, पकली § सेवामा रहने प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले प्रचलित कानून एवं आफूमाथिको जिम्मेवार अधिकारीको आदेशलाई पालना गरी सेवाप्रति वफादार रहनुपर्ने । § पटक–पटक आफ्नो ड्यूटीबाट आफूखुशी बाहिर गई मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरी बलको सांगठनिक अनुशासन, मर्यादा सशस्त्र प्रहरी बल जस्तो कठोर अनुशासनमा रही तहगत आदेश (Chain of command) बाट सञ्चालित र छविमा आँच पुर्याउने कार्य गर्नुका साथै आफूभन्दा माथिको कमाण्डरलाई हतियार सोझ्याई मार्नेसम्मको धम्की समेत दिएको भन्ने कार्य निःसन्देह रुपमा सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१) को देहाय (ग)(घ)(ङ) र (ज) मा उल्लेख भएको कसूरजन्य कार्य भन्ने देखिने । (प्रकरण नं.७) § कारवाही गर्नुपूर्व प्रचलित कानूनबमोजिमको सबै प्रक्रिया पूरा गरी आधार र कारण समेत उल्लेख गरी सेवाबाट हटाउने गरी भएको निर्णय पूर्वाग्रहपूर्ण वा प्राकृतिक न्यायको सिद्धान्तविपरीत नदेखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री सुनीलरञ्जन सिंह र श्री दीपेन्द्र झा विपक्षीको तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७(१) को देहाय (ग) (घ) (ङ) र (ज), ६५(१) र (३) आदेश प्र.न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको तथ्य एवं निर्णय यसप्रकार छ :– म निवेदक सशस्त्र प्रहरी बल सुरक्षा वेस बेल्टारमा कार्यरत रहेको अवस्थामा सो वेसको च.नं. ३९ मिति २०६५।६।२७ को पत्रसाथ आवश्यक कारवाहीका लागि भन्दै सशस्त्र प्रहरी बल, दन्तकाली गणमा पठाइएको र सो गणमा आइपुगेपछि तपाईँले मादक पदार्थ सेवन गरी झै झगडा गर्नुको कारण के हो ? वेसमा कार्यरत कमाण्डर तथा अन्य जुनियर प्रहरी अधिकृतबाट सम्झाई बुझाई गर्दा समेत पटक–पटक झगडा गर्ने तथा आफ्नो ड्यूटीमा लापरवाही गर्ने जस्ता कार्य किन दोहोर्याएको हो ? आफूभन्दा माथिल्लो कमाण्डरप्रति मर्यादित नभई पदीय मर्यादा, दायित्व, जिम्मेवारी र काम कर्तव्यप्रति बेवास्ता गरी मादक पदार्थ सेवन गरी पटक–पटक झै झगडा गरी अनुशासनहीन र लापरवाहीपूर्ण काम गरी आचरण उल्लंघन गरेको स्पष्ट देखिन आएकोले सशस्त्र प्रहरी नियमावली, २०६० बमोजिम किन कारवाही नगर्ने भन्दै मिति २०६५।६।२९ मा २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । सो स्पष्टीकरणको जवाफ म निवेदकलाई थुनामा राखी मेरो ईच्छाविपरीत प्रायोजित रुपमा लेख्न लगाई सहीछाप गराई पेश गर्न लगाएकोमा सो स्पष्टीकरणमा चित्त नबुझेको भन्दै पुनः २०६५।६।३० मा अर्को २४ घण्टे स्पष्टीकरण पत्र बुझाइयो । सो स्पष्टीकरणमा मिति २०६५।६।२७ मा को कसको आदेशले गेट बाहिर गई मादक पदार्थ सेवन गरेको ? के कति मात्रामा मादक पदार्थ सेवन गरेको ? ड्युटी