निर्णय नं. ४७८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७८ - जग्गा खिचोला भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/१० २१५४ निर्णय नं. ४७८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी ०२५ सालको दे.फु.नं. ४५ निवेदक : मो.प्रमाणगढ मौजे छौहरगछ बस्ने मोतिलाल सरदारको मु.स.गर्ने टिरराई बातर्नि विरुद्ध विपक्षी : ऐ किर्तिपुरको मरचौल बस्ने मोतीलाल गछवार थारु मुद्दा : जग्गा खिचोला (१) प्रस्तुत फिरादपत्र दर्ता पूर्व ऐन कानूनबमोजिम गर्न भएको तोक लुकाउनका साथै अदालतबाट भएको लिलाम बदर गर्न फिरादपत्रमा दावी नगरेमा–उक्त लिलाम बारेको कारवाई रीत बेरीत अथवा सो लिलाम सदर बदरतर्फ विचार गर्न नमिल्ने । प्रस्तुत फिरादपत्र दर्ता गर्नु भन्दा पहिल नै थाहा भई निवेदन दिई ऐनसवाल बमोजिम गर्नु भन्ने तोक लागेको समेत कुरै फिरादपत्रमा गुम राखी लिलाम बदर गरिपाउँ भन्ने तर्फ कुनै दावी लिन नसकेको यस स्थितिमा प्रतिवादी लेखाईबाट प्रमाणमा पेश हुन आएको कानूनबमोजिम अधिकार प्राप्त अदालतबाटै भए गरेको उक्त लिलाम बिषय कारवाई भित्र पसी सो कारवाई रीत बेरित र सो लिलाम सदर बदर के हुने हो भन्ने कुरा छुट्याई निर्णय दिन वादी दावी बेगर यस मुद्दाबाट नमिल्ने समेत हुनाले त्यसतर्फ विचार गर्न मिल्ने देखिएन । (प्रकरण नं. १५) प्रतिवादी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट फैसला मा.प्र.न्या. श्री भगवतीप्रसाद १. प्र.मध्येको सजिलालले मसँग भा.रु.१२४० कर्जा लिई निजका नाउँमा दर्ता भएको जम्मा जग्गा बिगाहा ११।।।३।।३ मध्ये विगाहा ३।।।४ साल ०१५।३।२५ गते भोगबन्धकी पास दिएकोबाट ०१७ सालसम्म मैले भोगचलन गरी खाई आएको जग्गा यही ०१८ साल आषाढ १ गतेका दिन जोत्न लागेको टायम जोत्न नदिई हक हटक गरेकाले खिचोला मेटाई पाउँ भन्ने मोतिलाल सरदारको ०१८।६।१३।६ को फिरादपत्र । २. छविलालको र साजिलालको बिगो भरी भराउ मुद्दामा छविलालको बिगो र सरकारी दण्ड दसौंद बिसौंदवापतमा प्र.साजीलालको नाउँ दर्ताको प्रमाणगढ मौजे किर्तिपुरको जग्गा मो.बि.ई.अ.तथा जि.अ.धरानको रोहवरमा ०१८।५।८। गते डाक बढाबढी हुँदा सवैभन्दा मेरो बढी डाक भा.रु.१८४७।७७ मा सो जग्गा मध्ये कि.नं.१२ को विगाह ४।४द्र२ मो.वि.ई.अ.ले चलनपुर्जी गरिदिएअनुसार उक्त मितिदेखि मेरो हकचलनमा रहेको वादीले भोगबन्धक लिई भोगिआएकोसमेत होइन भन्नेसमेत मोतिलालको ०१८।९।१।६को प्रतिउत्तर । ३. वादीले मबाट भा.रु.१२४० मा भोगबन्धकमा लिई भोग चलन गरेको मेरा नाउँमा दर्ता भएको मौजे किर्तिपुरको जग्गा बिगाहा ११।।३।।३ मध्ये बिगाहा ३।।४ जग्गा ०१५।३।१५ मा भोगबन्धकी पास गरी वादीले नै भोग चलन गरी आएकोमा धनिलालसंगको लेनदेन मुद्दामा मो.वि.इ.अ.का. फैसलाबाट भरी पाउँ भन्ने निज धनिलालको दरखासत परी तायदाती गरी लिंदा यो वादीको जग्गासमेत तायदाती गरी लगेको रहेछ । लिलाम भएछ भन्नेसमेत साविलाल खवासको ०१८।९।२१।५ को प्रतिउत्तर । ४. मोतिलाल थारुले भा.रु.१८४७।७७ मा बढाबढ कवोल गरी निजले पाएका प्रमाण निमित आएको सो बिगो भरी भराउ छिनुवा मिसिलबाट देखिएकोले त्यस्तो जग्गामा खिचोल गरे भन्ने वादी दावा झुठ्ठा ठहर्छ भन्ने विराटनगर इलाका अदालतको ०१९।६।२ को फैसला ५. बढाबढी भएको कुरा मैले मौकामा थाहा पाउन नसकी उजूर गर्न नसके पनि उजूर पर्न आएको अवस्था प्रमाणबाट देखिन आएमा बदर हुन सक्तैन भन्न न्यायोचित नहुने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ६. प्रमाणलाई आएको लिलाम मुद्दाको मिसिलबाट साजिलालसँग भरी