निर्णय नं. ६०९६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०९६ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: माघ अंक: १० फैसला मिति :२०५२/०५/२६ ३७४५ निर्णय नं. ६०९६ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०५१ सालको रिट नम्बर २४१० आदेश मिति : २०५२।५।२६।२ विषय : उत्प्रेषण । निवेदक : कञ्चनपुर जिल्ला पिपलाडी गाउँ विकास समिति वडा नं. ९ बस्ने तोपबहादुरको छोरा वर्ष ३८ को कुवेर सिंह के.सी. विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, गृह मन्त्रालय सिंहदरबार तत्कालिन महाकाली अंचल अदालतका हमा हालको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगर, कंचनपुर जिल्ला । मालपोत कार्यालय, कंचनपुर जिल्ला, महेन्द्रनगर । मेन्टिनेन्स नापी शाखा कंचनपुर जिल्ला, महेन्द्रनगर । जिल्ला वन कार्यालय कंचनपुर जिल्ला, महेन्द्रनगर । § मुद्दा चल्दा चल्दैको अवस्थामा अदालतको विचाराधीन विषयमा विपरीत असर पर्ने गरी गरेको लिखत व्यवहारलाई मान्यता दिन मिल्ने देखिन नआउने । (प्रकरण नं. १६) § मुद्दा पर्दापर्दैको अवस्थामा खरिद गरी लिने निवेदकलाई नबुझेकोलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रमेश विक्रम कार्की प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या.नरेन्द्रबहादुर न्यौपाने : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :– २. कञ्चनपुर जिल्ला तत्कालिन श्रीपुर गा.वि.स. वडा नं. ८(ग) को कि.नं. ८२ को १–५–१२ ऐ.ऐ. कि.नं. ४१ को ०–१–१ ऐ. वडा नं. ८ (ख) को कि.नं. ४ को १–११–८ ऐ.ऐ. कि.नं. ७ को ०–१५–१० ऐ.ऐ. कि.नं. १४ को ०–११–१० ऐ.ऐ. कि.नं. ४५ को २–१४–० ऐ.ऐ. कि.नं. ६० को ५–१०–१ बिगहा जग्गा समेत जग्गा १२–१०–२ विगहा जग्गा ऐ. वडा नं. ८ बस्ने ओमप्रकाश अहिरसँग निजको पिता बालकरामलाई संरक्षकमा राखी म निवेदकले मिति २०३१।२।२८ गतेमा रु. १२,०००।– मा खरिद गरी लिएकोमा घरसारको राजीनामामा निजले पारीत गरी नदिँदा म निवेदकले कञ्चनपुर जिल्ला अदालत समक्ष फिराद गरी मुद्दा जिति तत्कालिन भूमिप्रशासन कार्यालय, कञ्चनपुरबाट मिति २०३२।१०।१८ मा रजिष्ट्रेशन पारीत गरी लिएको मेरो दर्ता हक भोगको जग्गा हो । मेरो उक्त जग्गा श्री ५ को सरकारले भूतपूर्व सैनिकहरुलाई त्यस क्षेत्रमा बसोवास गराउँदा पर्न गएकोले नम्बरी जग्गा सट्टा भर्ना दिने भनी निर्णय गरी मिति २०३७।१२।११ मा तत्कालिन क्षेत्रीय बसोवास कार्यालय, कञ्चनपुरबाट म समेतका नम्बरी जग्गाधनीहरुलाई राजमार्ग दक्षिण, झलारी असैना पश्चिम अर्जुनी पूर्वको जग्गामा सट्टा भर्ना दिने भनी म समेतका व्यक्तिहरुका नाममा कित्ताकाट गरी दिनु भनी ४ नं. नापी गोश्वारा महेन्द्रनगरलाई पत्र लेखी सो अनुसार तत्कालिन अजुनी गा.पं. वडा नं. ४ को कि.नं. ४ को १४–११–१४ बिगा जग्गा मेरो नाममा कित्ताकाट गरी मलाई सट्टा भर्नामा दिएकोले त्यसबेला देखि उक्त जग्गा आजसम्म लगातार मैले घरवास गरी खेतीपाति गरी भोगी आएको छु । कसैको बाधा विरोध वा खिचोला समेत थिएन । ३. नेपाली नागरिक परमलालले नेपालमै जन्मेको आफ्नो एकमात्र सन्तान छोरी रामकलीलाई मिति २०२२।७।३।३ मा शेषपछिको बकसपत्र पारीत गरी दिनु भएकोमा निज परमलालको देहान्त भएपछि उक्त जग्गा समेतका जग्गाहरु रामकलीको नाममा आएको थियो । रामकली पनि मिति २००३।१।५ मा नेपालमै स्वर्गिय भएपछि अपुताली परी उक्त जग्गाहरु निजको छोरा एवं मेरो दाता ओमप्रकाश अहिरका नाममा दर्ता भएक