निर्णय नं. ४७९ - निशेधाज्ञा जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७९ - निशेधाज्ञा जारी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/१७ ३००३ निर्णय नं. ४७९ ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री बब्बरप्रसाद सिंह ०२५ सालको दे.फु.नं. ७० निवेदक : का. ई. भिमसेनथान तमाटे टोल बस्ने श्री धनश्याम उपाध्याय सुबेडी विरुद्ध विपक्षी : श्री ५ को सरकार काटमाडौं डिभिजन अफिस (वन विभाग) मुद्दा : निशेधाज्ञा जारी गरिपाउँ (१) दण्डसजायको २६ नं.–सरकारी बिगो उपर गर्दा सो धन खाँदाको बखत संगबस्ने सवै अंशियारको अंश जायजात गर्नुपर्ने व्यवस्था । सरकारी बिगो उपर गर्ने सम्बन्धमा दण्डसजायको २६ नं. मा सो धन खाँदा संगबस्ने सबै अंशियारको अंश जायजात गर्नुपर्छ भन्ने प्रष्ट व्यवस्था छ । वेदकुमारले ठेक्का लिएको ०९ साल अगावै छुट्टी भिन्न भई उक्त घरमा आफ्नो बण्डा हक पुगी सकेको कानूनबमोजिम कुनै लिखित सबूद निवेदकले दिनसकेको देखिन आएन । तसर्थ उपरोक्त कारणहरूबाट निवेदकको मागबमोजिम निषेधज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : शिवकुमारी विरुद्ध मुद्दा सकार गर्ने धनश्याम देवकुमार पाध्यासमेत मुद्दा– लिखत पास, (सिं.बे.) फैसला मा.न्या. नयनबहादुर १. का.ई. भिमसेनथान तमोटे टोलको ब्लक नं.७/६५० को घर मेरा पिता शिवकुमारले ०५।४।१५ मा तेजमुनीबाट फार्छे गरी लिनु भई हक भएको घर हो । पिताजी ०९ सालमा परलोक हुनु भएको र वहाँको अंशियार मोहनीकुमार समेतको ०८।१२।४ मा बण्डा भएको लिखतपास गराई पाउँ भन्ने पिताजीको उजूर परेको मुद्दा मैले सकार गरी कारवाई चलेको मुद्दा सर्वोच्च अदालतमा छ । अंशियार मध्ये इन्द्रकुमारी समेतले अंशमा दावा गरी काठमाडौ दे.ई.अ.मा कारवाई चली रहेकोले सो मुद्दा किनारा नभएसम्मलाई सर्वोच्च अदालतको मुद्दा मुल्तवी रहेको छ । मोहनीकुमारको छोरा बेदकुमारले ठेक्का लिएको बाँकीमा भनी उक्त म समेतका हकको घर लिलाम गर्ने काठमाडौ डिभिजन अफिसले कार्तिक ९ गतेको तारिख मुकरर गरेको रहेछ । मोहनीकुमारको छोरा बेदकुमार भएको र मोहनीकुमार अंशबाट निजले खान पाउने मोहनीकुमार ७ भागको १ भाग पाउने अंशियार भएकोले बाबुको मञ्जुरी लिई निजले लिएको ठेक्का पट्टा बदर हुने बाबु छोराको बीचको कुरा भएकोमा मेरो हक समेतबाट बञ्चित हुने गरी लिलाम बिक्रीको तारिख मुकरर गरेकोले निशेधाज्ञा जारी गरी कार्तिक ९ गते लिलाम बिक्री गर्ने गरेको रोक्का गराई पाउँ भन्ने जि.घनश्यामको ०२१।७।९।१ को निवेदनपत्र । २. निवेदकको अंशियार बेदकुमारले ०९ सालमा ढुवानी गर्ने काठको ठेक्का लिई पेश्की समेत पटक–पटक गरी जम्मा रु.२८५००। लगेकोमा शर्त बमोजिम ठेक्काको काम पुरा नगरी ठेक्का तोडिएकोले पेस्की समेत रु.२५४८१।४७।१ निज ठेक्कादारबाट असूल उपर गर्नुपर्ने भएकोले का.ई. भिमसेनथानको घर लिलामलाई तारिख मुकरर गरिएको हो । सगोलमा निवेदक रहे भए पछि ठेक्काको खति उपति व्यहोर्नेमा निजको दायित्व पनि छ भन्ने कुरा रकम बन्दोबस्तको १४ दफाले प्रष्ट गरेको छ । ०९ सालको ठेक्काको बाँकी हालसम्म असूल उपर हुन नसकेकोमा उक्त कुरा श्री ५ को सरकारमा पेश हुँदा तुरुन्त कारवाई गरी असूल उपर गर्नु भन्ने श्री ५ को सरकारको निर्णय भएको हुनाले कारवाई छिटो टुंगाई दिन समेत अनुरोध गरिन्छ भन्नेसमेत काठमाडौं डिभिजन अफिसको जवाफ । ३. बेदकुमार र निवेदकवाला समेतको अंश मुद्दा पर