निर्णय नं. ४८० - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८० - डाँका भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/२४ २८३२ निर्णय नं. ४८० ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज २०२४ सालको फौज्दारी फु.नं. १७ निवेदक : जि.वा.रा.प्र वरियापुर मौजे भवानिपुर बस्ने लक्ष्मणराउत अहिरसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : डाँका (१) वारदात भएको भनी गरेको जाहेरी मौका सर्जमिनबाट समर्थित हुनाको साथै घा जाँचबाट सो प्रमाणित भएमा–वारदात भएकै ठहरिने । २५ जनाको जमात भई धारिलो हतियारले मेरो हातको बुढी औला र चोर औंलामा काटी लाठी फट्टाले कुटपिट समेत गरी वारदात भए गरेको भन्ने निज रामचन्द्रको जाहेरी भएको सो कुरा मौका सर्जमिनबाट समर्थन भएकै र निज रामचन्द्रको घा जाँच हुँदा काटिएको घाउ समेत भए परेको देखिएको प्रमाण समेतबाट डाँकाको वारदात भएकै सिद्ध हुन्छ । (प्रकरण नं. ३५) (२) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(४)–वारदात भएको व्यहोरा प्रहरीलाई ज्ञान भएपछि यथाशीघ्र मौका तहकिकात हुनसक्ने । डाँकाको वारदात भएको व्यहोरा देखाई रामचन्द्रले दरखास्त गरेको ढिलो भयो भन्ने बहस गरेकोमा जाहेरवालाले दरखास्त गर्नेबारेमा यति समय भित्र जाहेर गर्नुपर्छ भन्ने सरकारी मुद्दासम्बन्धी ऐन,२०१७ मा लेखेको देखिंदैन, जतिसक्यो उतिचाँडो प्रहरीहरूले खवर पाएमा मात्र यथाशीघ्र मौकातहकिकात उक्त ऐनको ३(४) बमोजिम हुनसक्छ । (प्रकरण नं. ३७) (३) जाहेरवालाको सुरु दरखास्तमा नै सबूद प्रमाण खुलाउनु पर्ने । जाहेरवाला मुख्य गवाहको सुरु दरखास्तमा सबूद प्रमाण खुलाई लेखेको हेरी मौका तहकिकात गर्ने हुनाले दरखास्तवालाले सुरु दरखास्तमै खुलाउनु पर्ने कुरा उक्त ऐनको दफा ३ (१) मा प्रष्ट छ । (प्रकरण नं. ३८) (४) निर्णयकोलागि प्रमाण संकलन, जाँच अदालत आफैले गर्नसक्ने । त्यस्तो प्रहरीहरूले गरेको सर्जमिनहरूमा अदालत रहेको हुँदैन । अदालतले आफूले ठहर गर्न आफैले प्रमाण संकलन, जाँच गर्नसक्छ । (प्रकरण नं. ३९) (५) अदालतबाट गवाही पठाउना निम्ति लेख्दा सर्जमिनमा बकिसकेको भन्ने जवाफ पठाएमा–प्रमाण पुर्‍याउन आनाकानी गरेको देखिने । श्री ५ को सरकारतर्फबाट अभियुक्तहरूले अदालतमा मुद्दा के के बाट पुष्टि हुन्छ, त्यस्ता व्यक्ति वा चिज सामान पनि अदालतलाई जाँच्न दिनुपर्छ । त्यस्तो नगरी अदालतले गवाही पठाई दिनु भनी लेखेकोमा पनि अघी सर्जमिनमा बकी सकेको भनी जबाफ पठाएकोले प्रमाण पुर्‍याउन आनाकानी गरेको देखिएकै छ । (प्रकरण नं. ४०) (६) विशेष गरी फौज्दारी मुद्दामा अभियुक्तले घटना गरेको भन्न निज घटनामा उपस्थित रहेको भन्ने वादीले प्रमाणित गर्नुपर्ने । अभियुक्तलाई घटनामा सामेल थियो भनी प्रमाण पेश गर्नुको मतलव नै अरु ठाउँमा थिएनन भन्ने हो । अभियुक्तहरूले घटना गरेका हुन भन्न अभियुक्त घटनामा सामेल छन् भनी देखाउनु पर्छ । त्यस्तो उपस्थिति वादीले खासगरी फौजदारी मुद्दामा प्रमाणित गर्नुपर्छ । (प्रकरण नं. ४१) (७) सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाउनु हुने ठानी अ.बं.८८ र १३९ नं. ले व्यवस्था गरेमुताविक प्रहरी प्रतिवेदन पर्नसक्ने र पेटबोलीबाट बुझ्नसक्ने अवस्था बाहेक पुनः तहकिकात नगरी प्रहरी प्रतिवेदनमा मुद्दा चलाउने भनिएको व्यक्ति उपर अदालतबाट मुद्दा चलाउन नहुने । सरकारी मुद्दा सम्बन्धी ऐनको दफा ३ को उपदफा ६ मा पुनः तहकिकात गरी मुद्दा चलाई इन्साफ गर्न पाउने देखी अ.बं.८८ न