निर्णय नं. ४८१ - जग्गा आयस्ता दिलाई पाँउ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८१ - जग्गा आयस्ता दिलाई पाँउ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०१/३१ २३२९ निर्णय नं. ४८१ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको फु.विविध नम्वर ७५ निवेदक : का.पा.जि. देउपुर हुलेदे गाउँ बस्ने ईश्वरबहादुर वस्ताकोटी क्षेत्री समेत विरुद्ध विपक्षी : ऐ.बस्ने केशवमाया बस्ताकोटिनी मुद्दा : जग्गा आयस्ता दिलाई पाँउ (१) बेदाममा जग्गा हडप गरे भन्ने गुनासो विद्यमान भएमा पनि भएको हुकुम प्रमांगीमा सवै मुद्दा हेर्नु भन्ने नभएमा र जग्गाको हक बेहकको निर्णय गरी जालसाजीमा सजाय गर्न माग निवेदनमा अंकित नभएमा–बाली दिलाउने र जग्गा चलन (मोही निष्काशन) बिषय जिल्ला अदालतको अधिकार क्षेत्र बाहिर हुने । त्यस्तै ०२३।२।२७ गतेमा दिएको निवेदनमा भएको हुकुम प्रमांगी बमोजिम जो भूमिसुधार बिषेश अदालतबाट कारवाई भएकोछ, त्यसमा केही फरक छ कि भनी हेर्दा वास्तवमा वादीको जग्गा वेदाममा हडप गरे भन्ने गुनासो नै देखिएको छ तापनि सवै मुद्दा हेर्नु भन्ने हुकुम प्रमांगी पनि नभएको र जग्गासमेत हकबेहक छुट्याई जालसाजीमा सजाय गरिपाउँ भन्ने निवेदनमा उल्लेख पनि नभएकोले समेत प्रस्तुत मुद्दा धान मकै बाली दिलाउने र जग्गा चलन (मोहि निष्काशन) बिषय जिल्ला अदालतको अधिकारक्षेत्रमा नपर्ने देखिएकैछ । (प्रकरण नं. १७) (२) जग्गा भोगबन्धकीको थैली नबुझाएसम्म जग्गा आसामीले कमाई आयस्ता बाली साहूलाई बुझाउने र नबुझाए सो जग्गा भोगबन्धकी तमसूकसरह साहूले उपभोग गर्नपाउने मिलापत्र (अड्डा अदालतमा नभएको) शर्तको आधारमा सो बोल कबोल अनुसार बाली (मकै धान) को दावी लिएमा उक्त मुद्दा भू.सु.विशेष अदालतको अधिकारक्षेत्र भित्र पर्ने । भोगबन्धकीवाला साहू भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ बमोजिम बन्धकीमा भोग चलन गरुन्जेल जग्गावाला सरह हुनजाने र जग्गा कमाउने आसामी मोही हुनआउने हुँदा त्यस्तो थैली र बाली तिर्ने शर्त भएको मिलापत्र भनेको आधार लिई कवुल बमोजिमको धान मकै पाउँ भन्ने किसिमको दावी गरेको यो मुद्दा भूमिसुधार विशेष अदालतको अधिकार क्षेत्र भित्र पर्न आउने प्रष्टैछ । (प्रकरण नं. १८) (३) भूमिसुधार विशेष अदालतले राजीनामा र भोगबन्धकीको लिखत बदर गरेमा–अधिकार क्षेत्र नाघेको हुने । अतःप्रस्तुत मुद्दामा निवेदनमा उल्लेखित दावी बाहिर समेत गई राजीनामा र भोगबन्धकीको लिखतबदर गर्ने गरी गरेको भूमिसुधार विशेष अदालतले अधिकार क्षेत्र नाघी गरेको ठहराए को दावीबमोजिम बाली भराइदिने गरेको उक्त वि.अ.ले गरेको सदर । (प्रकरण नं. १९) केशवमाया तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी इश्वरबहादुर तर्फबाट : अधिवक्ता श्री कुलराज उल्लेखित मुद्दा :  फैसला प्र.न्या. श्री भगवतीप्रसाद सिंह १. विपक्षीहरू समेतले मलाई सालको धान १६ र मकै मुरी १ दिन्छु भनी मलाई कागज समेत गरिदिएको हुँदा आजसम्म दिएनन भनी ०२३।२।९।१ मा (क) ८१० को निवेदन दिएको कानूनबमोजिम गर्नु भनी हूकुम प्रमांगी भई बागमती गएको र अदालतले आजसम्म कारवाई नगरिदिएको हुनाले फेरि निवेदन गर्न आएको छु । इश्वरबहादुर, उदयनारायण, रत्नप्रसादहरूलाई बागमती अञ्चलाधीशबाट ठाडै कारवाई गरिदिनु भन्ने आदेश पाएँ बिपक्षहरूले म अजनालाई कबुल बमोजिमको धान मकै नदिएकोले ठाडै झिकिदिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत केशवमायाको बिन्तिपत्रमा श्री का.जी.अ. व्यहोरा साँचो हो भने बुझी कोर्टफी राख्न सक्ने नसक्ने बुझी राख्न नसक्ने