निर्णय नं. ४८२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८२ - जालसाजी भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/०३ २१४९ निर्णय नं. ४८२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फौज्दारी फु.नं. २३ निवेदक : जि.सप्तरी जगदर मौजे गठीया विसहरीया बस्ने सत्यदेव यादव विरुद्ध विपक्षी : ऐ प्र.पकडी मौजे सिंगायान बस्ने गेनालाल कथवनियाको सकार गर्ने पदमलाल दास कैथल वैस समेत मुद्दा : जालसाजी (१) कसैले बिभिन्न स्थानमा आफ्नो उमेर फरक फरक लेखेमा–अस्पतालबाट डाक्टरहरूको वोर्डले निजको अन्दाजी उमेर ठहर्याएकोमा–सोही ठहरअनुसार निजको उमेर कायमहुने । सर्वोच्च अदालत फुल बेञ्चका आदेशानुसार वीर अस्पतालबाट सत्यदेवको उमेर जाँची २८।२९ बर्षको हुन सक्छ भन्ने लेखी आएकोबाट सो हिसाबले ०१४ साल माघ २९ गते १७ बर्ष भनी लेखिएको उमेर मिल्न आएको हुँदा प्रस्तुत मुद्दाको वादी उपर सत्यदेवले ०१७।८।२३ मा जग्गा मुद्दा दिंदाको अवस्थामा निज सत्यदेवको उमेर २० बर्ष पुगेकै देखिन आएकोबाट समेत तत्कालिन सुरु हनुमान नगर ई.अ.ले उमेर ढाँटेको ठहराएको सम्म सदर गरी अरु तत्कालिन जि.अ.को इन्साफ बहाल राखी ०२२।७।२५ को डिभिजन बेञ्चले ठहराएको इन्साफ मुनासिव छ । (प्रकरण नं. १६) फैसला प्र.न्या. भगवतीप्रसाद सिंह १. प्र. सत्यदेव यादवको जन्म घर गठिया विसहरीयामा छ । निज शुभलालको छोरो गुलीको नाति हो । निजको बज्यैको नाउँ पनि रेविया थियो । मौसाई यादवको स्वास्नीको नाउँ पनि रेविया थियो मौसाइको नाममा १९६१ सालको नापीमा जम्मा जग्गा बिगाहा १ऽ१।।।२ नापी भएको थियो । कित्ता बम्बर ६७८ को जग्गा बिगाहा ।।१.१ बाहेक अरु जम्मै जग्गा निज मौसाईले र निजको छोराहरूले अघि नै बेचिसक्नु भएको थियो । ०४ सालको नापीमा मौसाईको नाँउको जग्गा निजको स्वास्नी रेबियाको नाउँमा कित्ता नं. साविक ६७८ को हाल कित्ता नं. १०४१ मा नापी भयो उक्त कित्तानम्बर १०४१ को जग्गा बिगाहा ।।१।।२ चनावती, कठवनियायिनीले खरीद गरी लिनु भयो ।०६। साल कार्तिक १ गतेमा निज चनावती कठवनीबाट मैले उक्त ससिम जग्गा बिगाहा ।।१।।२ खरिद गरी पास गराई दर्ता दाखिल समेत गराई भोगी आएको मौसाईको स्वास्नी रेबियालाई आफ्नो बज्यै भनी लेखी सम्बन्धै नभएको रेबियासँग सम्बन्ध जोडी २० बर्ष उमेरलाई १७ बर्ष भनी झुठ्ठा कुरा लेखी बनावटीबाट मैले खरिद गरिलिएको जग्गामा हामीहरू उपर जग्गा मुद्दा दिएको छ । सम्बन्ध नभएको रेबियासँग सम्बन्ध जोडेमा र सिगिऔनमा जन्म घर नभएमा जन्म घर छ । २० बर्ष उमेरलाई छपाई १७ बर्ष छ भनी झुठ्ठा व्यहोरा लेखी जालसाज गरेमा सजाय गरीपाउँ भन्नेसमेत वादी । २. लक्ष्मण मंडर छौली मंडर साक्षात दाजु भाइ सौचन्दासको छोरा हुन । लक्ष्मणको छोरा मौसाई घौलीको छोरा गुली दाजु भाइ हुनु भई मौसाई परलोक हुँदा निजकी स्वास्नी रेवियालाई छोरा नहुँदा देवर गुलीसँग पुन विवाह गरी बसेकोले निज रेबियातर्फबाट बज्यै गुलीलाई छोरा शुभलाल जन्मेको निज शुभलालको छोर म सत्यदेव यादव भै रेबिया मेरी खास बज्यै मौसाइको अपुताली बाबु शुभलालले पाएको हुँदा सम्बन्ध नभएको भन्ने वादीको दावी झुठ्ठा हो । २० बर्ष उमेरलाई १७ बर्ष दावी लेख्यो भन्ने दावी तर्फ बीर अस्पतालबाट जाँच हुँदा १७ बर्षदेखि बढि १८ बर्षदेखि तलको उमेर छ भनी जाँची लेखिदिएका जाले माले गरी लिएका जग्गा थामी पाउनुपर्ने सबूद प्रमाण बुझिएको मुद्दा छिन्ने अवस्था जलसाज चलाएबाट पनि दावी झुठ्ठा देखिने भन्नेसमेत प्रतिवादी । ३. यो सतदेवल