निर्णय नं. ४८३ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८३ - हकसफा भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/१७ २६६३ निर्णय नं. ४८३ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको देवानी फुल नम्वर ५६ निवेदक : का.ई. वटुटोल बस्ने गोविन्दप्रसाद मुडभरी विरुद्ध विपक्ष : ऐ प्युखा टोल बस्ने कालुमान शाक्य मुद्दा : हकसफा (१) फिरादपत्र दर्ता हुनुभन्दा अधि नै को मुद्दामा म्याद भित्र थैली धरौटी राखेमा–थैली धरौट राख्न म्याद नाघेको भन्न नहुने । त्यस्तो सुविधा पाएको म्याद भन्दा पनि पहिले नै धरौट राखेकोले म्याद नघाई धरौट राखेको भनी प्रश्न उठ्नुपर्नेनै थिएन । यस मुद्दामा किनारा गर्नुपर्ने फिरादपत्रनै ०१८।३।१३ गते परेको र माथि लेखिएबमोजिम सोभन्दा अघिनै मुद्दामा म्यादभित्र धरौट रहिसकेको कुरामा थैली धरौटराख्ने बिषयमा म्याद नाघेको भनी ठहर गर्नमिल्दैन । (प्रकरण नं. १४) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री कुलराज फैसला मा.न्या. हेरम्बराज १. वारेसनामामा सानुमान शाक्य भन्ने बोली परेकोमा कुनै वारेसनामा खडा गरेको भनी कालुमान वादी भई दायर भएको मुद्दा सर्वोच्च अदालत लगायतबाट आजका ३५ दिन भित्र इलाका अदालतमा नालेस गर्न जानु भनी वा.कृष्णप्रसादलाई सुनाई दिने ठहराई फैसला भएकोले अघि कालुमानका नाउँमा ०१०।८।१८।५ मा नालेस दायर गर्दा दाखिल भएको वारेसनामामा सानुमान भन्ने लेखी बेरीत हुन गएको वारिसनामा नालेस साथ दाखिल गरेको छु । अघिल्ला नालेस बमोजिम हकसफा गरिपाउँ भन्नेसमेत ०१८।३।१३।३ को गोविन्दप्रसादको वादी । २. बेहिसाव नालेस खारेज गरिपाउँ भन्ने मुद्दामा मेरो अपील परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१५।१।२२।१मा खारेज हुने ठहरी फैसला भएको उपर वादीले रिभ्यूको निवेदन दिन नसकेका वा.कृष्णप्रसादले रिभ्यूको निवेदन दिए तर्फ मुद्दा दोहर्याई दिएकोमा डिभिजन बेञ्चबाट उजुर नलाग्ने ठहराई फैसला भइसकेकोमा ०१८।२।१३ को फुल बेञ्चबाट वारेसलाई नालेस दिने भनी सुनाएको आधारमा फिराद गर्न आएको आफुले थामी पाएको म्यादभित्र नालेस गर्न भएन । म्याद नाघिसकेको हुनाले दण्डसजायका ५३ नं. बमोजिम वादी फिराद खारेज गरिपाउँ भन्ने समेत ०१८।८।१३।३ को कालुमान शाक्यको प्रतिवादी । ३. हकसफा मुद्दा पर्दा सानुमान उपर फिराद नालेस गर्न वारेस अख्तियारबाट कालुमानका नाउँमा गरेको फिराद नालेस वेहिसाब भए खारेज गरिपाउँ भनी यी प्रतिवादी लालुमानले यिनै वादी गोविन्दप्रसाद उपर अपील तेश्रामा उजूर दिंदा तहतह हुदैं जानुपर्ने आखिर सर्वोच्च अदालत फुल बेञ्चबाट बेरीतको अख्तियारनामा लिई फिरादपत्र दिन आएको मौकामा अ.बं.९० नं. बमोजिम दरपीठ गरिदिएको भए उसै बखत ऐनको रीत पर्याई अख्त्यरनामा लिई फिराद नालेस म्यादै भित्र गर्न पाउने हुन जाने थियो । उस बखत त्यसो नगरी कारवाई हुदै आएकोमा कर्मचारीका गल्तीले ऐनबाट पाएको हक सुविधामा आघात पर्ने हुँदा हकसफा मुद्दा दिई इन्साफ माग्ना निमित्त ऐनको रीत पुर्याई आजका ३५ दिनभित्र सम्बन्धित सुरु ई.अ.मा नालिस गर्न जानु भनी वादीवालालाई सुनाई दिनु पर्छ भनी ०१८।२।१३।६ मा फैसला भएकोले पुनः वादीले यी प्रतिवादी उपर उही हकसफा मुद्दा दिएको देखिएको यिनै वादीको यिनै प्रतिवादी उपर दुईटा हकसफा मुद्दा पेश हुन आएको दुवै मिसिल हेर्दा निखन्न पाउँ भनी वादी वा.ले दावी लिएको घर अघि यिनै वादीले मेघराजबाट २०००।७।२२ गतेमा खरीद गरी लिई सो घर विश्वेश्