निर्णय नं. ४८४ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८४ - चोरी भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/१७ २६३७ निर्णय नं. ४८४ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको स.अ. फौज्दारी फुल नम्बर २२ निवेदक : वाग्लुङ जि.कुदुले पं.अन्तर्गत कुटुलेछाप घर भएको ताराप्रसाद सापकोटा जैशी विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : चोरी (१) इन्कार रहन नसक्ने गरी जोरजुलुम कुटपिट गरेको नदेखिएमा–गाउँ घरमा र प्रहरी अफिसर समक्ष अभियुक्तले भनेको कुरा डरको कारणबाट भनेको भन्न नहुने । उस्मा पनि दासे खोलामा पुगेपछि जोष्टे ओडारमा चोरीको माल खोज्यो, सो ठाउँमा पाइएन । मैले धनमाल यसठाउँमा राखेको भिमबहादुरलाई भनेको थिएँ । निजले लग्यो होला भन्ने र थानामा अफिसरले सोधपुछ गर्दा चोरीमा साविती भई भनी दिएँ । तर सो कुरा प्र.पं.दलबहादुर समेतले कुटेको समेत डरका मारे भनेको हुँ भन्ने ताराप्रसादको बयान भएकोमा आफ्नु कसूर नभए अदालतमा आई ईन्कार गर्न सकेसरह गाँउ घरमा र प्रहरी अफिसरसँगसमेत इन्कारै रहन नसक्ने किसिमको जोरजुलुम कुटपिट भएगरेको नदेखिएकोले डरका मारे उक्त कुराहरू भनेको भन्ने भनाई प्रतित देखिँदैन । (प्रकरण नं. २७) (२) कुनै व्यक्ति कुनै अभियोगमा सावित भएको कसूरदारसँग अपराध गरिएको भनेको समयमा संगसाथ रहेका–निज (सँग साथ रहने) लाई झुठ्ठा पोल गर्नपर्ने कारणको अभावमा–निज (सँग साथ रहने) निर्दोषी भन्न नहुने । नन्दलालसँग सो रात मेरै एकैसाथ रहेबसेको र नन्दलालले झुठ्ठा पोल गर्नुपर्ने ईवी कारण नदेखिएकोबाट पनि ताराप्रसादलाई निर्दोषी भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. २७) (३) चोरीको बिगो बढी भनेर तल्लो अदालतले गरेको निर्णयमा पुनरावेदन नगरी बसेमा चोरी भएको भनिएको नगदी पनि रहेको स्थिति दस्तखतमा खुलाउन नसकेमा–सो दुवै बढी बिगो र नगद चोरी भएको भन्न नहुने । चोरी भएको बिगोतर्फ दरखास्तवाला पूर्णकुमारले रु.७०००।२० को धनमाल चोरी गरेको भन्ने मध्ये गहना र भारतीय नोटलाई बढी लेखेको ठहराई तत्कालिन पाल्पा जिल्ला अदालतले निर्णय गरेउपर वादीको पुनरावेदन नपरेको र नेपाली नगदी रु.२४००। चोरी भएको सुड्केसमा नै राखेको थियो भन्ने पूर्णकुमारको दरखास्तमा नलेखिएको अन्यत्र यस ठाउँमा यसरी राखेको भन्ने पनि नखुलेको समेतबाट नेपाली नगदी (मुद्रा) रु.२४००। पनि चोरी भएको भन्ने दरखास्तवालाको भनाई प्रतित देखिएन । सो रु.२४००। पनि बाहेक गरी नम्वर खुद्रा गरी ने.नोट २०००। र सो राखेको सुड्केससम्म चोरी भएको देखिन आउँछ । (प्रकरण नं. २९) निवेदक तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ पूर्णकुमार तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल, का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज उल्लेखित मुद्दा : फैसला मा.न्या.लोकराज जोशी १. यही ०१९ साल भाद्र १९ गतेको रात भात खाइसकेपछि म पसल कोठीका र पछाडि धनसारको कटेरामा आमा भाउजू समेत सुतेका अवस्था सो रात नमालुम कुन टायममा हो मेरा दोकान घरको वायाँतर्फ रहेको झ्याल र पछाडि पट्टीको पालीको ढोकाको साँचो फुकालीएको गाह्रो तर्फ केही खोलिएको ऐ भोलिपल्ट २० गतेको विहान उठी हेर्दा चोरी भएको शंका लागि हेर्न जाँदा निम्न लेखिएबमोजिमको धनमाल समेत चोरी भएकोले पञ्चायत गई जाहेर गरेमा प्र.प.दलबहादुर समेतले चोरेको खोज तलास गर्दा दले भन्ने नन्नलाल कुमाललाई पक्राउ गरी सोधनी गर्दा मैले मात्र चोरी गरेको हैन ताराप्रसाद सापकोटा जैसी समेत भई चोरी गरेका हौं सो चोरी लगेको