निर्णय नं. ४८५ - आयस्ता बिगो दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८५ - आयस्ता बिगो दिलाई पाऊँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/२१ २३५२ निर्णय नं. ४८५ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको फु.नं. ९६ निवेदक : का.जि. मरुटोल बस्ने वादी हिराबहादुर मरी सकार गर्ने ऐ बस्ने मुरारीबहादुर समेत विरुद्ध विपक्ष : जि.प्र.महोत्तरी मौजे रतवार कोकैला गुठी बस्ने गंगाधर उपाध्याय मुद्दा : आयस्ता बिगो दिलाई पाऊँ (१) यस कानूनअन्तर्गत यस यसबाट यति यति दरले खान लिन पाउने फिरादपत्रमा स्पष्ट नखुलाई फुटकर आम्दानी भरी पाउँ भन्ने दावी गरेमा–सो भरी नपाउने । फिरादको तपसीलमा बेठिसमेत फुटकर आम्दानी साल १ को कं.रु.३८।।। दरले भराइपाउँ भनेको सो बेठिसमेतको फुटकर आम्दानी कुन कानूनले को कसवाट के दरले कति लिन खान पाउने हो सो फिरादमा नखुलेकोले त्यस्तो अधुरो बेठिसमेतको फुटकर आम्दानी भनेको पनि भरी पाउन नसक्ने । (प्रकरण नं. १४) (२) बुझाउने दर खोली मौजा ठेक्कामा दिएकोमा–पुरै आयस्ता पाउँ भन्ने दावी लाग्न नसक्ने। ०१०।११।१२ सालको पुरै आयस्ता दिलाई भराइपाउँ भनेकोमा वादीले मधुसुदनलाई र गंगाधरलाई समेत साल १ को रु.७००। का दरले बुझाउने गरी ठेक्कामा दिइसकेकोबाट गुमस्ता गिरीको कायम हुन्छ उसैबाट सालको रु.७००। का दरले पाउनेसम्म हक वादीको भएको, त्यसबखत जग्गा चलन गर्ने हकअधिकार वादीको नभएकोले ०१०।११।१२ सालको पुरै आयस्ता पाउँ भन्ने दावी लाग्न नसक्ने समेत देखिन आउँछ । (प्रकरण नं. १४) (३) मौजा चलन गर्न पाउनेले मौजाको जिरायत लाग्नेसमेत मालपोत बुझाएमा–बाली घरसार मा लिनु दिनु गरी मिलापत्र गरेमा मौजामा दामकाम चलन गर्न दिएन भनी बाली मुद्दाको फिरादमा नलेखेमा–अरुले उक्त मौजा चलन गरेको सबूदको अभावमा–सो मौजा निजले चलन गरेकै ठहरिने । सो मौजाहरू कसले चलन कब्जा गर्यो भन्ने हकमा मैले चलन गरेको छैन भन्ने मधुसुदनको जिकिर भए पनि सो मौजाको जिरायतमा लाग्ने समेत मालपोत बुझाएमा मधुसुधन कायम रहेको आफूले मौजा चलन गर्न नपाएको भए मालपोत बुझाउने अवस्था नपर्ने उस्मा पनि ०१० सालको बाली घरसारमा लिनु दिनु गरी मिलापत्र गरेको प्रमाणको मिसिलबाट देखिएको ०१०।१२।१७ मा गुठी मालबाट चलन पाएपछि पनि मौजामा दामकाम गर्न र चलन गर्न मलाई दिएनन् भनी उक्त बाली मुद्दाको फिरादमा मधुसुधनले लेख्न नसकेको र उक्त सालहरूमा वादी वा गंगाधरहरूतर्फबाट चलन गरेको भन्ने सबूद नभएकोले उक्त ०१० सालदेखी ०१३ सालसम्म उक्त मौजा मधुसुदनले नै चलन गरेको प्रष्ट देखिन आउँछ । (प्रकरण नं. १५) (४) अंशियार समेतबाट भरी पाउँ भनेमा निज अंशियारले प्रतिवादीसँग अंश लिइसकेमा–निज (अंशियार) बाट भरी नपाउने । अंशियारबाट पनि भराइपाउँ निजहरूबाट उपर नभए गफलतवाला गंगाधर रामबिलासबाट भराइपाउँ भनेकोमा मधुसुदनका अंशियार मदन झासमेतको अंशमुद्दा परी पाउँने भएपछि मधुसुदनले गरेको कारवाईमा निजहरूको जवाफदेही नहुने । (प्रकरण नं. १६) (५) उठाएको विवादको कारण गर्नुपर्ने काम गर्न नपाएमा–जसबाट हुनुपर्ने हो निज गफलतवाला नहुने । मधुसुदनले झगडा उठाइदिएबाट काम गर्न नपाएकोमा गंगाधर रामबिलास गफलतवाला नमानीने समेत हुँदा अरु प्रतिवादीबाट भराइपाउँ भन्ने वादीको दावी नपुग्ने देखियो । (प्रकरण नं. १६) वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा उल्लेखित मुद्दा : फैसला मा.न्या. लोकराज जोशी १. मेरा नाउँमा दर्ता भएको जि.प्र.महोत्तरी मौजे रतवारको कै