निर्णय नं. ४८६ - अंश लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८६ - अंश लिखत बदर भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/३१ २२०१ निर्णय नं. ४८६ ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२४ सालको देवानी फु.नं. ७२ निबेदक : प.४ नं. सतैला मागे कुमाला खोला बस्ने हरिमाधव पाध्या विरुद्ध विपक्षी : ऐ ऐ बेरा खोला बस्ने भद्री पाध्यानी समेत मुद्दा : अंश लिखत बदर (१) राजीनामा मिलापत्र मगज बिग्रेको अवस्थामा भएको भनी बदर गर्न उजूर नगरेमा उक्त मिलापत्र अदालतमा नै भएमा–सदर हुने, तत्काल प्रचलित अ.बं.को ६५ नं. को सहुलियत दिन नमिल्ने । उक्त राजीनामा मिलापत्र वादीको मगज बिग्रेको अवस्थामा भएकोले सदर मान्न नमिल्ने हो कि भन्ने शंका उपस्थित भएतर्फ हेर्दा वादीले दिएको निवेदन तथा निजको बयानमा मगज बिग्रेको बखत गरे भएको राजीनामा र मिलापत्र बदर गराई पाउँ भनी उजूर गरेको नदेखिएकोमा पनि उक्त मिलापत्र अदालतमा नै भएको मुद्दामा उही वादीले उजूर गरेको देखियो । यसरी मिलापत्र गरी उजूर गर्ने वादीको मगज बिग्रेको थियो भनी तत्काल प्रचलित अ.बं.६५ नं.को सहुलियत दिन मिल्दैन । (प्रकरण नं. १८) वादी निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लेखित मुद्दा : फैसला मा.न्या.श्री वाशुदेव शर्मा १. बाबुको नाउँ दर्ता भएको सालको धान मुरी ३०। मकै मुरी २२। आउने खेत पाखो जग्गा र एकतल्ले घर र धनमाल समेत भएको बाबु आमा परलोक हुनु भए पछि विपक्षी मध्येका भाउजू जानिफकार भएकोले तिर्थ जाने मन भई भिच्छाटनको सामान गरी २००७ सालदेखि घुमफिर गरिरहेको थिएँ । २०१६ सालमा घर आउँदा भाउजू नभएको घरबारी जग्गा विपक्षीहरूले कब्जा गरेको रहेछन् । किन कब्जा गर्यौ भाउजू कहाँ गईन भनेमा घर जग्गा नन्दलाल मार्फत हामीले चलन गरेको छौं भनेकाले भाउजू कहाँ गई मेरो जग्गा घर के गर्यौ भनेमा बाबु नन्दलालले जे भने मैले उसै गरें तिम्रो अंश भए उजूर गर भन्नेसमेत जवाफ दिएकोले उजूर गर्न समेत नसकी मागी जिबिका गरी आएको थिएँ । अहिले गाउँलेहरूले तिमीलाई अन्याय गरे सरकारमा जाहेर गर्न जाउ भनेकाले जाहेर गर्न आएको छु । कोर्टफी समेत नलिई ठाडै बुझी घर जग्गासमेतको भाउजूबाट तायदाती लिई खरिद विक्री गरेको भए पनि बदर गरी मेरो आधी अंश दिलाई दिनु भन्ने हुकुमको प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको विन्तीपत्रमा व्यहोरा साँचो भए हाल कोर्टफी नलिई मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भन्ने ०२२।१।८।३ मा विशेष जाहेरीविभागबाट स्याङ्गजा जिल्ला अदालतका नाउँमा प्रमांगी भएको । २. म घर छोडी हिंडेको ०७ साल फाल्गुण महिनामा हो गते बार सम्झन सकिदैन सोही फाल्गुण महिनामा मानो छुट्टिएको कायम गरी अंश दिलाई पाउँ र अन्यायवालाहरूले यो व्यहोरा यस्तो लिखत गरे गराएका छन् भन्ने मलाई कौनै कुरा थाहा नभएकोले भाउजूबाट खुलाई बदर गराई पाउँ भन्नेसमेत निज वादी हरिमाधवको बयान । ३. वादीको एकाघरको दाजु लोकनाथले घरको काम गरी आएको रहेछ निजले एकनारायण पाध्याालाई ७ कित्ता जग्गा भोगबन्धकी दिएको रहेछ सो तिर्न समेत गरी ३०००। मा गोठु पाध्यालाई राजीनामा गरिदिएकोमा पास हुन नपाउँदै निज लोकनाथ मरेकोले म्याद भित्र हकदार इन्द्रमणी सनाखत साक्षी भई लोकनाथकी व्राम्हणी भद्रीले पास गरिदिएको रहिछन् । गोठुले टिकाराम समेतलाई बिक्री गर्नुभएको रहेछ । सहेले भन्ने पाखो जग्गा निजै गोठुले राजीनामा गरी लिए पछि उजूरवालाले यसै बिषयमा उजूर गर्दा ०१४।११।२६।१ मा