निर्णय नं. ४७४३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७४३ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/०५/०२ २२३९ निर्णय नं. ४७४३ ने.का.प. २०५० (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत २०४७ सालको रिट नम्बर ................. २११९ आदेश मिति: २०५०।५।२।१ विषय : उत्प्रेषण । निवेदक : वाग्लुङ जिल्ला पैयूपाटा गाउँ विकास समिति घर भई ईलाका प्रहरी कार्यालय, बेलटारीबाट नोकरीबाट हटाइएको प्रहरी हवलदार धनराज पौडेल । विरुद्ध विपक्षी : इलाका प्रहरी कार्यालय, बेलटारीमा प्रहरी नायव निरिक्षक बल बहादुर गौली । : जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी नायव उपरिक्षक मनोज कुमार शाह । : क्षेत्रीय प्रहरी इकाई कार्यालय, भैरहवाका प्रहरी वरिष्ठ उपरिक्षक धेनु शम्शेर ज.व.रा । : पं. क्षे. प्रहरी कार्यालयका प्र.ना.महानिरीक्षक गोविन्द कर्मथापा । (१) कार्यालयको नाम फेरिई उपल्लो दर्जा कायम गरी सो बमोजिम अधिकार प्राप्त अधिकारीबाट भएको निर्णय गैर कानुनी मान्न नमिल्ने । (प्र.नं. १०) (२) प्रहरी ऐन, २०१२ को दफा २(च) अनुसार “प्रहरी कर्मचारी” भन्नाले प्रहरीका अधिकृत र जवान सम्झनु पर्छ भनी परिभाषा गरेको पाइन्छ । सोही ऐनको दफा १४ ले सिनियर कर्मचारीको अधिकार भनी “प्रहरी कर्मचारीले यो ऐन वा यस ऐन अन्तरगत बनेका नियम बमोजिम पाएको अख्तियार निज भन्दा माथिका दर्जाका प्रहरी कर्मचारीले प्रयोग गर्न पाउँछ” भन्ने व्यवस्था गरिएको भएको देखिंदा प्रस्तुत विवादमा प्रहरी उपरिक्षकले निर्णय गर्नु पर्नेमा वरिष्ठ प्रहरी उपरिक्षकले निर्णय गरेको मिलेन भनी अर्थ गर्नु कानुन संगत व्यवहारिक र तर्कसंगत समेत नहुँदा प्रस्तुत रिट खारेज हुने । (प्र.नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री चन्द्र प्रसाद रेग्मी प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री सारदा बज्राचार्य । आदेश न्या. गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको जिकिर यस प्रकार रहेछः– २. मिति २०४८।९।१ मा साँझ अंदाजी १८:४५ बजेको समयमा नवलपरासीको जिल्ला प्रतापपुर गाउँ विकास समिति वडा नं. ४ को क्षेत्र भित्र गाँजा तस्करहरु माथि निगरानी राख्न जानु भन्ने इलाका प्रहरी कार्यालय बेलटारीका प्र.ना.नि. को मौखिक आदेश अनुसार सोही कार्यालयका प्र.स.नि. कपिलबहादुर भण्डारीको कमाण्डमा ४ जना प्रतापपुरको वडा नं. ४ हुँदै रुपौलिया गा.वि.स. तर्फ जाने बाटोमा गस्ती गरी गईरहेकोमा प्र.स.नि. ले ५ राउण्ड गोली लोड गरेको रिभल्वर साथमा लिनु भएको थियो । त्यतिकैमा साइकल चढी आएको ५ जना गाँजा तस्करहरुसँग मुठभेड हुँदा तस्करहरुको चोटबाट प्र.स.नि. कपिल बहादुरको तत्काल मृत्यु भयो । सोही घटनालाई लिएर म उपर आवश्यक कारवाही गर्न माग गर्दै क्षे.प्र. इकाई कार्यालय, सिद्धानर्थनगरलाई मिति २०४८।९।२३ गतेमा पेश गरेको गैर कानुनी प्रतिवेदनको आधारमा उक्त कार्यालयको प्रहरी वरिष्ठ उपरिक्षक धेनु शम्शेर ज.व.रा. ले प्रहरी नियमावली २०३३ को परिच्छेद ९ को नियम ९.५(क) र (ङ) को कसुरमा नियम ९.१(च) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गरेकोले मिति २०४८।१०।५ को निर्णय उपर प.क्षे.प्र. का पोखरामा पुनरावेदन गरेकोमा सोही निर्णयलाई मिति २०४९।३।२ मा सदर गरेको निर्णय बदर गराउने अन्य उपचारको बाटो नभएकोले संविधानको धारा ११(१) प्रहरी ऐन, २०१२ को दफा (१)(२)