निर्णय नं. ४८७ - उखडा जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८७ - उखडा जग्गा भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०३/०६ २२०३ निर्णय नं. ४८७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२५ सालको दे.फु.नं. ७८ पुनरावेदक : जि.रुपन्देही मौजे हरनामपुरबस्ने महमदहनिफ मुसलमानको वा.अंशमान मुसलमान्नी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने मजिर भाट मुद्दा : उखडा जग्गा (१) कुनैएक डिभिजन बेञ्चले कुनै प्रश्नउठाई त्यसको निर्णय दिएमा–अर्कोकुनै डिभिजन बेञ्चले त्यहीप्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुनेगरी निर्णय नगरेमा–रुलिङ्ग नमिलेको भन्न नहुने । प्रस्तुत मुद्दामा भएको ०२५।१२।१८।५ को डिभिजन बेञ्चको फैसलामा पुनरावेदन लाग्ने नलाग्ने कुराको जुन प्रश्न उठाई पुनरावेदन नलाग्ने भनी निर्णय गरिएको छ, त्यस कुरामा वादी रामलखन कुर्मी प्रतिवादी तिलक भुजको उखडा जग्गा मुद्दामा भएको ०२५।१२।३ को डिभिजन बेञ्चको फैसलामा प्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय भएको नहुनाले रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था नदेखिंदा यस बेञ्चबाट अरु कुरा विचार गरिरहनु परेन । (प्रकरण नं. ६) उल्लेखित मुद्दा : १. रामवर्ण कुर्मी विरुद्ध भिखि अहिर समेत, मुद्दा : बाली, फु.बे. २. जङ्गध्वज कार्की विरुध्द बखतबहादुर कार्की समेत मुद्दा : चोरी विजनदर्ता, फु.बे. फैसला मा.न्या. श्री रत्नबहादुर १. प्र.मजिरभाटले उखडामा कमाएको भनी विवरण फाराम दिएकोजग्गा मञ्जुरीमा खान दिएको भन्ने जग्गा धनी महमद हनिफको बिरोध परेकोमा तामेल भएको म्यादमा वादीको अभिभावक हाजीर नभई बसेको यस्तोमा ट्रिवुनलबाट हक बेहकमा कुनै निर्णय दिइरहनु पर्ने नहुँदा दायरीबाट लगत काटी दिई यस्मा ऐन नियमबमोजिम गर्न यो मिसिल सम्बन्धित मालमा पठाई दिने भन्नेसमेत रु.उ.ट्रा.नं. २ बाट मिति ०२२ साल माघ २९ गते आदेश भएको उक्त आदेशउपर चित्त बुझेन भन्ने महमद हनिफको ०२४।१०।२५ को पुनरावेदन । २. उखडा ट्राईबुनलबाट केही सजाय नगरी गरेको आदेशउपर चित्त बुझेन भनी ०२४।७।६ मा प्रकाशित भएको उखडा सम्बन्धी (दोश्रो संशोधन) ऐनको आधार लिई पुनरावेदन गर्न आएको देखियो । उखडा सम्बन्धी ऐनको दफा ६(१) नलगाई ट्राइबुनलबाट छिनेको मुद्दामा पुनरावेदन लाग्ने नलाग्ने के हो र दुईजना सदस्यमात्र रही छिनेको मुद्दा स्वतः बदर हुने नहुने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएकोछ । उखडासम्बन्धी (दो.संशोधन) ऐन, ०२४ को दफा ८ को (३) मा उपदफा ३ अन्तर्गत र दफा ६ को उपदफा (१) अन्तर्गत तोकिएको अदालतले गरेको सजाय उपर स.अ.मा पुनरावेदन लाग्ने छ भन्ने र त्यस्को प्रतिबन्धात्मक वाक्यांशमा तर यो ऐन लागू हुनुभन्दा अघि किनारा भएको मुद्दा मामिलामा यो ऐन जारी भएको ६० दिन भित्र स.अ.मा पुनरावेदन दिए लाग्छ भन्ने उल्लेख भएको देखिन्छ । निवेदक दशरथ वडही विपक्षी कपिलबस्तु उ.ट्रा.भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने केशमा दफा ३ मा उल्लेख भएको दफा ६ को उपदफा १ लगाई सजाय गरेको मुद्दा मामिला भए मात्र पहिले छिनिएको भए पनि ६० दिन भित्र पुनरावेदन दिए लाग्ने छ भनी उक्त प्र्रतिबन्धात्मक वाक्यांशले व्यवस्था गरेको प्रष्टछ । अन्य ऐन लगाई सजाय गरेकोमा पनि उक्त प्रतिबन्धात्मक वाक्यांश अनुसार ६० दिन भित्र पुनरावेदन लाग्छ भन्न नमिल्ने हुन आउँछ भन्नेसमेत उल्लेख भई ०२४।११।२३ को फु.बे.बाट निर्णय गरेको र प्रस्तुत मुद्दामा ट्राइबुनलले सजाय न