निर्णय नं. ६०९९ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०९९ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/०९/१७ २६७० निर्णय नं. ६०९९ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०४७ सालको रिट नं. ८९७ आदेश मिति : २०५२।९।१७।२ विषय : उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरी पाउं । निवेदक : काठमाडौं जिल्ला का.न.पा. वडा नं. १७ ठहिटी बस्ने वर्ष ५६ को केदार मानन्धर ऐ ऐ बस्ने वर्ष ४६ को रत्नकाजी मानन्धर । ऐ ऐ बस्ने वर्ष ४० को हेरादेवी मानन्धर । ऐ ऐ बस्ने वर्ष ५२ की रत्नमाया मानन्धर । ऐ ऐ बस्ने वर्ष ५० को काजी मानन्धर । विरुद्ध प्रत्यर्थी : ऐ.ऐ. बस्ने अं. वर्ष ७० को चैत्यनारायण मानन्धर । काठमाडौं नगरपालिका काठमाडौं । काठमाडौं नगरपालिका अध्यक्ष तथा कार्यकारिणी सचिव श्री धन बहादुर बस्नेत । § आफ्नो निर्विवाद हकाधिकार भएको जग्गामा कानुन अनुरुप घरको तला थप्ने नक्शा पास गरी सकेपछि बलेसी पानी खसाउन नपाउने कारणले मात्र घर बनाउन नपाउने भन्ने कुरा कतै कानुनले बन्देज लगाएको नदेखिने । (प्रकरण नं. १३) § यसरी यो यति कारणले का.न.पा. को मिति २०४७।७।१४ को नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल भै निवेदकको संवैधानिक हक अधिकारमा परोक्ष वा प्रत्यक्ष रुपमा आघात परेको छ भनी देखाउन नसकेको अवस्थामा केवल संविधान प्रतिकूल भएको भन्ने निवेदन कथनबाट मात्रै नगरपालिकाको उक्त नक्शा पास गर्ने निर्णय संविधान प्रतिकूल छ भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. १३) § बलेसी पानीको निकास बन्द हुने अवस्था भए कानुन बमोजिमको अन्य उपचारको बाटो अपनाउनु पर्ने अवस्था रहंदा रहंदै पनि अन्य उपचारको बाटो नअपअनाई असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट क्षेत्रमा प्रवेश गरी आएकोले निवेदकको माग बमोजिम रिट जारी गर्न नमिल्ने। (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश प्र.न्या. सुरेन्द्रप्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. हामी निवेदकहरुको नाउामा का.जि.का.न.पा. वडा नं. १७ कि.नं. १६३३ क्षे.फ. ०–०–१–० जग्गा कित्ता १ र ऐ. कि.नं. १६३२ क्षे.फ. ०–०–१–० जग्गा १ समेत २ कित्ता जग्गामा का.न.पा.बाट नक्सा पास गरी घर बनाई बसी आएका थियौं । उक्त २ नं. कित्ता बनेको घरको बलेसीको पानीको निकास विपक्षी चैत्यनारायण मानन्धरको नाममा दर्ता रहेको का.जि.का.न.पा. वडा नं. १७ को कि.नं. १७३६ को जग्गाको उत्तरतर्फबाट पानी जाने गरी निकास थियो । हाम्रो घरको बलेसीको पानी विपक्षीको उल्लेखित जग्गाको उत्तरपट्टिबाट पूर्वबाट पूर्व पट्टिको शाझा चोकमा खसाली बसी भोग गरी आएकोमा विपक्षी मध्येका चैतयनारायणको घर निर्माण गर्न पाउने गरी नक्सा पास हुने ठहर्याएकोले, उक्त फैसला दुषित र सर्वमान्य प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल तथा साविक देखि चलि आएको निकास समेत बन्द गरी मुलुकी ऐन घर बनाउनेको ३ नं. अन्तर्गत हामीहरुको निकास उपभोग गर्न पाउने मौलिक हकको हनन् भएकोले उपचारार्थ सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्र समक्ष यो निवेदनपत्र प्रस्तुत गरिएको छ । ३. अतः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) १०(१) तथा १७(२) द्वारा प्रदत्त म