निर्णय नं. ६१०० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१०० - जग्गा खिचोला भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/०३/२७ २३३९ निर्णय नं. ६१०० ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४९ सालको दे.पु.नं. ५४९ फैसला मिति : २०५२।३।२७।३ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी : जिल्ला सर्लाही इश्वरपुर गा.वि.स. वडा नं. २ बस्ने मिनप्रसाद त्रिपाठी विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सर्लाही इश्वरपुर गा.वि.स. वडा नं. २ बस्ने शम्भुप्रसाद मैनाली ऐ. को हाल जिल्ला रौतहट सन्तपुर गा.वि.स. वडा नं. ४ बस्ने शिवलक्ष्मी त्रिपाठी । जिल्ला सर्लाही कर्मैया गा.वि.स. वडा नं. ४ बस्ने कृष्ण प्रसाद त्रिपाठी । ऐ इश्वरपुर गा.वि.स. बडा नं. २ बस्ने तिर्थ प्रसाद त्रिपाठी । ऐ ऐ बस्ने ज्ञानलक्ष्मी देवी त्रिपाठी । ऐ ऐ बस्ने मैयादेवी त्रिपाठी । ऐ ऐ बस्ने माधव प्रसाद त्रिपाठी । § पास नभएको घरायसी लिखतबाट हक हस्तान्तरण भएको मान्न नमिल्ने । (प्रकरण नं. २३) पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री एक राज भण्डारी । अवलम्बित नजीर : x फैसला न्या. त्रिलोकप्रताप राणा : पुनरावेदन अदालत जनकपुरको मिति २०४८।१२।११ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. मेरा नाउँमा दर्ता रहेको जिल्ला सर्लाही गा.पं. इश्वरपुर वडा नं. २(ग) कि.नं. ४३ को ०–१–० जग्गा र सो जग्गाको उत्तर पश्चिम कुनातर्फ ०–०–३ जग्गामा भएको फुसको छानो काठको २ तले घर समेतमा २०२४ सालदेखि भोग चलन गरी आएकोमा विवाद थिएन । माधवप्रसादले मसँग रु. ७५५।४० कर्जा लिनु भएको सम्बन्धमा वादविवाद थियो । यही २०४४।४।२९ मा म गाउँ घरमा नभएको मौका पारी विपक्षीहरुले उक्त घर तथा जग्गा जबरजस्ती खिचोला गरेकोले कब्जा खिचोला छोडाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावीको जग्गामा शिवलक्ष्मी त्रिपाठीले २०२६ सालमा घर बनाई भोग चलन गरी आएकोमा पछि आएर सो घर शम्भुप्रसाद मैनालीलाई बिक्री गरी दिएपछि शम्भुप्रसादसँग म तिर्थप्रसादले बस्नको निमित्त मागी बसी आएको छु । विपक्षीको घर जग्गा खिचोला नगरेकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र । ४. वादी दावीको जग्गा शम्भुप्रसाद मैनालीको हो र निजले हामीलाई बस्न दिएको हो भन्ने प्रतिउत्तर जिकिर देखिएकोले अ.बं. १३९ नं. अनुसार शम्भुप्रसाद मैनालीलाई बुझ्ने भन्ने सर्लाही जिल्ला अदालतको आदेश । ५. वादीको भाउजु शिव लक्ष्मीबाट २०३९ बैशाख १५ गते रु. ७,५००।– मा दावीको घर मैले खरिद गरी २०४० सालदेखि तिर्थप्रसाद र मैया देवीलाई बस्न दिएको हुँ । वादीको घर कि.नं. ४३ र ४४ को बीचमा पर्छ भन्ने समेत शम्भुप्रसाद मैनालीले शुरु जिल्ला अदालतमा गरेको बयान। ६. भिन्न बसेको भाउजु शिवलक्ष्मीले मेरो घर जग्गाको राजीनामा गरी दिएको कारणले सो लिखितलाई जालसाजी घोषित गरी सजायँ गरी पाउँ भन्ने समेत मिनप्रसादले शुरु जिल्ला अदालतमा गरेको बयान । ७. लिखत सद्दे हो, सद्दे लिखतलाई जालसाजी भन्ने वादीलाई नै सजायँ गरी पाउँ भन्ने समेत शम्भुप्रसाद मैनालीको शुरु जिल्ला अदालतमा भएको बयान । ८. शम्भुप्रसादले पेश गरेको लिखतलाई ऋणी धनी समेत भै जालसाजी लिखत खडा गरेको भनी वादीले बयान गरेकोले प्रतिवादी सरह म्याद जारी गरी बुझ्नु भन्ने शुरु ज