निर्णय नं. ६१०१ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१०१ - परमादेश भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/११/२३ २४७३ निर्णय नं. ६१०१ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५१ सालको दे.पु.नं. १८८० आदेश मिति : २०५२।११।२३।४ मुद्दा : परमादेश । पुनरावेदक/वादी : जि.रुपन्देही बुटवल न.पा. वडा नं. ५ बस्ने लक्ष्मीदेवी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. वडा नं. ४ बस्ने महेन्द्र राजभण्डारी । ऐ ऐ बस्ने दिव्यलक्ष्मी राजभण्डारी । जि नवलपरासी पंचनगर गा.वि.स. वडा नं. १ बस्ने रत्न बहादुर गुरुङ । ग्रामीण आवास तथा बस्ती विकास कं.लि. योजना कार्यालय, धनेवा, नवलपरासी । § कानुनले नै दर्ता नामसारी गरी दिनु पर्ने दायित्व तोकेको सम्बन्धित निकायले कानुन बमोजिम दर्ता नामसारी गरी नदिएकोमा परमादेश जारी हुने हो । तर सो कुनै कुरा पुनरावेदकले आफ्नो पुनरावेदनमा देखाउन सकेको पाइन्न । जग्गा दर्ता गरी दिने सम्बन्धमा निवेदकको उजूरीबाट कारवाही चलिरहेको निर्णयाधीन अवस्थाको देखिंदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या. त्रिलोकप्रताप राणा : पुनरावेदक अदालत, बुटवलको इन्साफमा चित्त नबुझी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त जिकिर यस प्रकार रहेछ :– २. बाजे कृष्णबहादुर र बज्यै धनकुमारीबाट विष्ण श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र गोविन्दप्रसाद श्रेष्ठ समेत ३ भाइ छोराहरु भएकोमा विष्णु श्रेष्ठ सानै उमेरमा र मेरो बाबु गोविन्दप्रसाद नाबालक हुँदैका अवस्थामा बेपत्ता हुनु भएको र माहिला श्यामप्रसाद निःसन्तान रहँदाकै अवस्थामा स्वर्गीय भएकोले मलाई बाजे र बज्यैले पालताल गर्दै जिल्ला नवलपरासी पञ्चनगर गा.वि.स. अन्तर्गत कमाई आउनु भएको सुकुम्बासी जग्गा तत्काल रहेको पुनर्वास योजना कार्यालय धनेवाबाट घरप्लट नं. १३ कृषि प्लट नं. १११ को जग्गा बिगहा १–०–० जग्गाको अस्थायी प्रमाणपत्र प्राप्त गरी शेषपछि खाने म नातिनी उल्लेख गराई दिनु भै बाजे बज्यैको स्वर्गारोहरण पश्चात उक्त बाजे बज्यैको सम्पत्तिको हकदार अपुतालीको २ नं. समेतले म निवेदक भएको निर्विवाद रहेको छ । विपक्षी मध्ये रनबहादुर गुरुङले उक्त जग्गा मैले राजीनामा गरी लिएको छु भनी रहेकोमा निजलाई कस्ले कस्तो प्रकारको लिखत गरी दिएको छ सो लिखतको सन्दर्भमा मलाई कुनै जानकारी नभएको र बाजे बज्यैको स्वर्गारोहणको अवस्थामा अन्त्यष्टिको लागि बज्यै धनकुमारीको नाउँमा दर्ता रहेका अस्थाई दर्ता प्रमाण दिई विपक्षी मध्ये महेन्द्र राजभण्डारीसँग ऋण लिएको थिएँ । सो प्रमाणबाट निजले हाल सो घर प्लट नं. १३ र कृषि प्लट नं. १११ को जग्गा आफ्नो र आफ्नी श्रीमतीको नाउँमा दर्ता गराउन कारवाही चलाएको थाहा पाई हाल परिवर्तित विपक्षी ग्रामीण आवास तथा वस्ती विकास कं. लि. योजना कार्यालय धनेवामा नामसारीको लागि जग्गा पजनीको ऐन बमोजिम निवेदन दर्ता गरेकोमा कुनै कारवाही नभएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीमा निवेदन दिएपछि विपक्षी कार्यालयले अस्थाई निस्सा लिई आउनु भनी पत्र पठाएपछि सो अस्थाई निस्सा ऋण लिँदा धितो बापत विपक्षी महेन्द्र राजभण्डारीलाई दिएकोले सो अस्थाई निस्सा दाखेल गर्न नसकेको व्यहोराको निवेदन दिएपछि अन्य हकदार खडा भै दावी उजुरी नदिएको अवस्थामा गा.वि.स.का. सिफारिश र कार्यालयमा रहेको रेकर्ड श्रेस्ता समेत हेरी बुझी मेरो नाउँमा नामसारी गरी मेरा नाउँमा दर्ता गर्नु पर्ने र स्