निर्णय नं. ४९० - जालसाजी लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९० - जालसाजी लिखत बदर भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०३/१३ २४१९ निर्णय नं. ४९० ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२५ सालको फौ.फु.नं. ३३ निवेदक : जि.सर्लाही मौजे फेलहार बस्ने रामगुलाम सुँडी विरुद्ध विपक्षी : ऐ बस्ने रामदयाल यादव समेत मुद्दा : जालसाजी लिखत बदर (१) कुनै लिखत सम्बन्धित अड्डाको कर्मचारीहरू मिली कीर्ते जालसाज गरेको प्रमाणित गर्न नसकेमा–उक्त लिखत पास भएको मितिभन्दा पहिले नै जालसाज गरी खडा गरेको भनेमा–सो लिखत कीर्ते जालसाजको परिणम भन्न नहुने । कानूनबमोजिम मालका हाकिम कारिन्दाहरू उपर उजूर गर्ने स्वीकृति पाउन र उजूर गरी कीर्ते जालसाज ठहराउन समेत नसकी उक्त मालको कारवाहीहरू आफ्नो स्थानमा कायम नै रहेको समेत हुनाले पहिले नै मालमा दरखास्त साथ नक्कल पेश भई दाखिल दर्ता समेतको कारबाही ०१५।५।१९ सम्ममै टुंगिसकेको उक्त लिखतहरू आफ्नो लिखत ०१५।५।२६ गते पास भइसकेपछि ०१५।९।१५ गते मात्र अगाडिका मिति हाली खडा गरेको जालसाजी भन्नेसमेत वादीको उपरोक्त लेखाई साँचो देखिन आएन । (प्रकरण नं. १०) (२) एकतर्फको दावी लिएमा–अर्कोतर्फ निर्णय दिन नपर्ने–बन्धकीको निम्ति व्यवस्था तत्कालिन साहू आसामीको २७ नं. राजीनामा लिखतमा लागू नहुने । अगाडिको मिति हाली पछि खडा गरेको जालसाजी भनी जालसाजीमा मुख्य दावी लिएको यस मुद्दाबाट दोहोरो तर्फ निर्णय दिने कुराको प्रसंगै उपस्थित नभएको र बन्धकी परेको चल अचलको लागि भएको उक्त तत्कालिन साहू आसामीको २७ नं.को व्यवस्था दुवैतर्फ राजीनामा लिखतहरू मात्र भएको यस मुद्दामा लागू हुन पनि नसक्ने समेत हुँदा उक्त तर्कहरू तथ्ययुक्त देखिएन । (प्रकरण नं. ११) वादी निवेदकतर्फबाट : × प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : × फैसला मा.न्या.रत्नबहादुर बिष्ट १. प्र. रामपरीबाट मौजे फनहराको जमिनको नं. २४१।२४३ को ।।१०२ जग्गा ०१५ सालका बालीदेखि रु.१९९८ मा लिखत गराई लिएको पास गरी नदिंदा नालेस दिई ०१५।६।२६ गते अर्को लिखत गरी रौतहट मालबाट पास भएको रामदयालले थाहापाई रामपरीलाई बोलाई ०२३।८।९।७ समेत अघिको मिति पारी सुर्यदेव कुंजीका नाउँबाट १।।।३ र रामचरितर सुखलालले पनि अघिको मिति पारी गराएको लिखत खिची बदर गरी जाससाजी गरेमा सजाय समेत गरिपाउँ भन्नेसमेत वादी । २. रामपरीले म सुर्यदेवबाट ०१३।८।९ मा र ०१३।११।१३ मा ०१३।१२।१३समेतमा रु. ९९।९८ ।९८ समेत लिई जम्मा रु.२९५ मा फेनहराका जमीन नं. २४३ को ।।द्र।। मध्ये द्र३।। म सुर्यदेवलाई र निजले ०१३।८।९ मा १३।९।५ मा ०१४।८।५ समेतमा रु. ९५।९७।९८ जम्मा रु. २९०मा सोही नं.२४३ को ।।द्र।। मध्ये द्र३।३ म कुंजिरामलाई र निजै रामपरीले ०१३।८।९ गते ०१३।११।१३ गते ०१३।१२।७ गते समेत गरी रु.९८।९८।८५ समेत जम्मा रु.२८१ लिई सोही २४३ नं. ।।द्र।। मध्ये द्र२।।।३ म रामचरितरलाई राजीनामा गरिदिएको हामी ३ जनाबाट कं.रु. ८६६ लिई ।४।।।१ जग्गा राजीनामा गरिदिएको जिमिदार पटवारीले दाखिल दर्ता गरी नदिंदा मालमा उजूर दिई मालका पुर्जीले दाखिल दर्ता गराई भोग गरी आएको जग्गा हो । जाससाजीबाट वादीले नै लेखाएकोले वादी दावा झुठ्ठा हो ठहर्छ भन्नेसमेत प्रतिवादी । ३. प्रतिवादी रामदयालको छोरा चरित्र सुर्यदेव भतिजा कुन्जीरामसमेत ३ जनाका नाउँबाट उनै आसामी रामपरीसँग एकै कित्ता जग्गाको कित्ता फोर गरी लिएको रु.१०० भन्दा घटिको चिज लिंदा पास