निर्णय नं. ४९१ - बहाल भराई घर चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९१ - बहाल भराई घर चलन चलाई पाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०३/२४ २४६० निर्णय नं. ४९१ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी ०२५ सालको दे.फु.नं. ६८ पुनरावेदक : का.जि.इन्द्रचोक तघं चोक बस्ने राधामाया श्रेष्ठनी विरुद्ध विपक्षी : ऐ चोखाछे गल्ली बस्ने कृष्णभक्त श्रेष्ठ मुद्दा : बहाल भराई घर चलन चलाई पाउँ (१) बहालमा बसेको भन्ने नभएमा–बहाल कवुलित नभएको भन्ने तर्क अप्रासांगीक हुने । बहाल लिई बसेको भन्ने नभएपछि कबुलियत हुनसक्ने कुरै नभएकाले किटानी बहाल कबुलियत नभएको भन्ने तर्क उठाइएको लाई प्रासांगीक मान्न भएन । (प्रकरण नं. १३) (२) लिन नहुने नजानी घर (जग्गा आदि) फार्छे गरी लिएमा–थैली कपाली सरह ब्याज समेत भराई लिनपाउने निर्णय भइरहेमा–फार्छे गरिलिएको उक्तघरको बहाल लिनेले तिर्न पर्ने । पहिला परेको धर्मलोप मुद्दामै प्रतिवादी राधामायाले नजानी लिएको र थैलीको हकमा ऐनबमोजिम कपाली सरह भराई लिन पाउने समेत ठहरी निर्णय भई उक्त साहू आसामीको २६ नं.को सुविधा पाइराखेको त्यसबाट ऐनबमोजिम आफ्नो थैलीको ब्याज समेत भराई लिन पाउने नै भएपछि घरको बहाल तिर्नु नपर्ने भन्न मिल्ने देख्रिंदैन । (प्रकरण नं. १३) (३) व्यक्तिगत उपभोगको निम्ति नभई धर्मलोप नहुने गरी गुठी राखेको सम्पत्ति गुठी भइरहने गरी उक्त सम्पत्तिको लागि गुठियार मध्ये एकजनाले मात्र उजूर गर्न हुने । गुठीको घर हुनाले चलन पाएपछि वादीको निजी हक हुने नभई गुठी नै कायम रहने र बहालको हकमा पनि ५६ सालको दानपत्र भनेको लिखतबाट शेष खान नपाउने गुठी देखिन आएकोले दावीबमोजिम बाहाल भरी पाएपछि वादी आफुले लिन खान नपाउने सो रुपैंया गुठी नै रही त्यसबाट घर मरमत समेत गुठीकै काम चलाउनु पर्ने कुरा भएको वादीको लेखाई मासी कुनै नोक्सानी र गुठी धर्मलोप गरेमा अरु गुठियार भए निजहरूले गुठी सम्पत्तिमा उजूर गर्न पाउने हक सुरक्षितै रहने र पहिले पनि गुठी धर्मलोपमा वादीले नै उजूर गरी प्र.राधामायाले गराई लिएको फार्छे लिखत बदर गराएको समेत हुँदा अहिले वादीमात्रको उजूर पुग्न नसक्ने भन्न भएन। (प्रकरण नं. १४) (४) घर पसलको बाहाल दावा अनुसार होइन भन्ने सबूद नभएमा–उक्त घर पसलमा बहालमा बसिसकेको व्यक्ति र साक्षीहरूको बयानले सो दावा समर्थित हुन आएमा–उक्त दावी मुताविकको बाहाल बेमुनासिव भन्न नहुने । त्यति बाहाल आउने होईन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यस कुराको सबूद गुजार्न नसकेको र बुझिएका वादीका साक्षी २ जनाले रु.५०१। बाहाल जाने नै हो भनी बकेका प्र.राधामायाले नै देखाएको सो घरको पसलमा बस्ने भनेको कृष्णकुमारको छोरा जगतलालले पसलको दिनको १। रुपैंयाका दरले बाहाल तिरी पहिले बाबु कृष्णकुमार र ०१४ सालमा बाबु मरेपछि आफु पनि २।३ महिना बसेको पछि राधामायाले उठाएको हुन् भनी पसलमात्रकै पनि उसबेला बर्ष १ को रु.३६०। बाहाल देखाई बयान गरेको समेत देखिन आएकोले पुरै घर पसल समेतको रु.५०१। का दरले दावी गरेको बेमुनासिव भन्न मिलेन । (प्रकरण नं. १५) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे वादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लेखित मुद्दा : राधामाया श्रेष्ठनी वि. कृष्णभक्त श्रेष्ठ, मुद्दा : धर्मलोप, डि.बे. फैसला मा.न्या.लोकराज जोशी १. मेरो पुर्खा र बाबु ज्ञानमान सिं समेतले श्री आगन देवता र आकास भैरवका पर्व पुजा बुसाध समेत गर्ने गरी रु.१०००। र