निर्णय नं. ४९२ - घरबाट उठाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९२ - घरबाट उठाई पाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०३/२७ २२०१ निर्णय नं. ४९२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको देवानी फु.नम्वर ६९ निवेदक : ल.पु. खपिछें टोल बस्ने पञ्चनारायण खड्गी विरुद्ध विपक्षी : ऐ ऐ बस्ने मानबहादुर खड्गी मुद्दा : घरबाट उठाई पाउँ (१) रजिष्ट्रेशन अड्डाको कर्मचारी समेत मिली झुक्याई पास गराएको भनी बदर गराउन नसके–पूर्व ऋण अरु श्रोतबाट तिरेको भन्न नसके–रजिष्ट्रेशन अड्डा गई साहू तिरी पास भएका उक्त लिखतलाई झुक्याई गराई लिएको भन्न नहुने । लिखत पास गराउन आएमा लिखतको व्यहोरा सुनाई सम्झाई बुझाई लिखत गरी दिनेले मञ्जुर गरेमा मात्र सहिछाप गराई पास गरी दिने रजिष्ट्रेशन अड्डाको कर्तव्य हो, त्यसो नगरी रजिष्ट्रेशन अड्डा समेत मिली झुक्याई सही गराई पास गरेको भए अड्डाका कर्मचारी समेत उपर ऐनबमोजिमको उजूर गरी बदर गराउन सक्नुपर्ने सो गरेको नदेखिएको र तिरिएको अष्टमानको थैली अरु यो यस श्रोतबाट तिरे बुझाएको हो भन्ने प्रतिवादीको जिकिर नदेखिएकोले पुरानो साहू समेत तिरी रजिष्ट्रेशन अड्डामा गई पास गराई लिएको फार्सेलाई झुक्याई गराई लिएको भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) तत्काल प्रचलित अ.बं.३४–कागज गराउँदा बौलाह भई वारेसवाला राख्नु पर्ने अवस्थाको हुँ भनी जिकिर नलिनाका साथै उक्त कागज मञ्जुरीबाट गरेको भन्ने स्वीकार्दै तारिखमा पनि आफै बसेमा वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाको मानिस भन्न नहुने । रोगले होस ठेगाना नभएको बौलाएको आफ्नो दौलतको हिसाव गर्न नसक्नेको कागज गराउँदा वारेसवाला राख्नु पर्ने प्रष्टछ । लक्ष्मी थकुं त्यस्तो अवस्थाकी भए नभएको हेर्दा प्रथम त्यस्तो अवस्थाको थियो भन्ने निजतर्फकै जिकिर लेखाई कहीं भएको देखिन नआएको, शेषपछिको बकसपत्र गर्न मेरो मञ्जुरी थियो भन्ने निजकै भनाई भएको र झन प्रस्तुत मुद्दामा पनि प्रतिवादी समेत दिई आफै तारिखमा रही पैरवी गरेको देखिएकोले उक्त ऐनबमोजिम वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाकी मानिस हुन् भन्न भएन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : x प्रतिवादीतर्फबाट : x उल्लेखित मुद्दा : x फैसला मा.न्या.श्री लोकराज जोशी १. विपक्षी मेरा आमाले मेरा सहोदर दाजु अष्टमान खड्गीसँग मो.रु.७४१। कर्जा लिई भोगबन्धक दिनु भएको पास गरिदिनु नभएकोले पास गरिपाउँ भनी नालेस गर्नु भएकोमा ०१।१२।२६।१ मा फैसला भई उक्त तमसुक रजिष्ट्रेशन अड्डाबाट ०२।७।२३।५ मा पास भएको तिर्न भनी रु.७४१। र घर खर्च गर्न भनी रु.३२५९। समेत जम्मा रु.४०००। कर्जा लिनु भई निखनी ल्याउनु भएको पूर्व दथीको बारी पश्चिम बाटो सारे बारेको घर दक्षिण हाकु सिंहको घर यति भित्रको उत्तर दक्षिण लंग पूर्व मोहडाको २ नाले ३ तले पक्कि घर कबल ३ को घर १ र सोही घरमा उत्तर तर्फ जोडीएको २ नाले १ तले लमाई हात १० को पक्की गोठ घर र लगापात समेत ०१९।९।५ गते रजिष्ट्रेशन पास गरी फार्छे दिनु भएको उक्त घर गोठ छाडी दिनु नभएकोले निज विपक्षीलाई यसै अदालतबाटै उठाई पाउँ भन्नेसमेत मानबहादुर खड्गीको वादी । २. म ७७ बर्ष पुगेको आमा उपर शेष पछिको बकसपत्र भनी रु.४०००। को राजीनामा फार्छे गराई लिएको लिखत कान्छो छोरा पञ्च खड्गी समेतको भाग परेको आधामा निजै पञ्चले उजूर गर्ने छ, जुन लिखतका आधारबाट उठाई पाउँ भन्छ सो लिखत झुक्याई गफलत पारी लिने दिने गरेकोले घरबाट उठाई पाउँ भन्ने निजको दावी