निर्णय नं. ६१०३ - कुत बाली मोही निष्काशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१०३ - कुत बाली मोही निष्काशन । भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/१०/०३ २५०९ निर्णय नं. ६१०३ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको देवानी पुनरावेदन नम्बर –२१०१ फैसला मिति : २०५२।१०।३।४ मुद्दा : कुत बाली मोही निष्काशन । पुनरावेदक/प्रतिवादी : जिल्ला पर्सा सुगौली दा.पु. गाउँ विकास समिति वडा नं. ६ बस्ने महेश पण्डित कुम्हाल । ऐ ऐ बस्ने गणेश पण्डित कुम्हाल । विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. रामगढवा गाउँ विकास समिति वडा नं. १ बस्ने राजेश्वर दुवे ब्राम्हण § दर्तावाला मोही परलोक भएपछिको जग्गाको मोहियानी हकको स्थिति सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको कानुनी व्यवस्था हेर्दा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी ऐजन ऐनको दफा २६(१) मा उल्लेख गरेको देखिएबाट दर्तावाला मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरु मध्ये एकलाई जग्गावालाले विधिवत रुपमा मोही रोजेपछि मात्र त्यस्तो जग्गामा रोजिएको व्यक्तिको मोही हक स्थापित हुनसक्छ । अन्यथा आपसी व्यवहार र आचरणबाट मात्र मोही कायम हुन नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पूर्णचन्द्र दाहाल प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या. ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा चढी आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मेरो नाम दर्ताको जिल्ला पर्सा सुगौली दा.पु. वडा नं. १ कि.नं. ९२ को जग्गा विगाहा ०–१५–१० जग्गाको मोही रतन पण्डित कुम्हाल भई जोती आएकोमा निज परलोक भएपछि निजको छोरा विपक्षीले जोती आएको, ०४१।४२, ०४४ सालको बाली नदिएकोले मेरो पर्सा जिल्ला अदालतमा फिराद पर्दा बाली भरी पाउने फैसला भएको छ । पुनः २०४७ सालको बाली नबुझाएको र अन्य धरौटी समेत राखेको जानकारी नपाएकोले कुत धान मन ६–१३–० को दिए जिन्सी नै नदिए बजार भाउले हुने रु. १,१३१।– विपक्षीबाट दिलाई मोहीबाट निष्काशन समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. दावी बमोजिमको सालको बाली जग्गा धनीलाई बुझाई सकेको छु । भर्पाई माग गर्दा कलम नभएकोले पछि दिउँला भनी भर्पाई नदिनु भएकोले वादी दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर पत्र । ४. पटक पटक बाली नबुझाई मोहीले गर्नु पर्ने कर्तव्य पुरा नगरी बस्ने मोहीलाई मोहीमा स्थापित गरी राख्नु कानुनतः उपयुक्त नदेखिएकोले दावी बमोजिम मोही हकबाट निष्काशन गरी दिने ठहर्छ भन्ने समेतको मिति २०४८।८।१२ गतेको भूमिसुधार कार्यालय पर्साको निर्णय पर्चा । ५. मोहियानीबाट निष्काशन गरेको भूमिसुधार कार्यालय, पर्साको उल्लेखित निर्णयमा चित्त नबुझी प्रतिवादी महेश पण्डित कुम्हाल समेतको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र। ६. पटक पटक बाली नबुझाई जग्गा धनीलाई दुःख दिने नियत प्रतिवादीहरुको देखिएको तथा २०४७ सालको बाली बुझाएको प्रमाण प्रतिवादीहरुले गुजार्न नसकेको आधारमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम प्रतिवादीहरुको मोही हक वञ्चित गरी दिने गरी भएको भूमिसुधार कार्यालय, पर्साको निर्णय मनासिब छ, भन्ने समेतको श्री पुनरावेदन अदालत, हेटौंडाको मिति २०४९।२।२६ गतेको फैसला । ७. हाम्रो प