निर्णय नं. ४९३ - बहाल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९३ - बहाल भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०३/३१ २५११ निर्णय नं. ४९३ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको देवानी फुल बेञ्च नं. ६२ निवेदक : भ.पु.इ. तुलाछें बस्ने लालबहादुर भौ विरुद्ध विपक्षी : ऐ.तचपाल टोल हाल ल.पु.मंगलबजार बस्ने हरिशंकर मानन्धर मुद्दा : बहाल (१) तत्काल प्रचलित अ.बं.१०६ नं.–मिलापत्र मुताविक जस्को जुन कुराको उपभोग गर्न पाउने हो, सो उपभोग गर्न नपाएमा–उपभोगको लागि उसैबाट दावी गर्नुपर्ने । मुख्यतः ९३।५।१६।२ को मिलापत्रमा आयस्ता बाहाल साविकै बमोजिम पुजाहारी भजनियाले लिई चलाउने भन्ने शर्त रहेको यदि प्रतिवादीले उक्त सालको आयस्ता बाहाल नबुझाई बाँकी राखेको भए मिलापत्र बमोजिम सो आयस्ता बाहाल लिन पाउने हक भएका पुजाहारी भजनियाहरूले नै कानूनबमोजिम उजूर गरी भराई लिनुपर्ने कुरा हुनाले त्यसमा वादी लालबहादुरको तत्काल प्रचलित अ.बं.१०६ नं. ले उजूर पुग्न नसक्ने प्रष्टै हुँदा पाटीको आयस्ता बाहाल तर्फ ०२३।४।२३ को डिभिजन बेञ्चले खारेज गरेको नमिलेको भन्न भएन । (प्रकरण नं. २२) (२) पाटी आदी (गुठी राखेको) र गुठी राख्नेको सन्तानको निजी दलान पसल आदि दुवै बहालमा बस्न पर्नें एक छाडी बाँकी एकलाई मात्र बहालमा लिन्छु भन्न नपाईने सर्त मिलापत्रमा उल्लेख भएमा उक्त मिलापत्र बमोजिम बाहाल नदिएमा पाटीबाट समेत उठाउन निम्ति दावा गर्ने अधिकार गुठी राख्ने दाताको सन्तान निज (दलान पसल मालिक) लाई हुने । पाटीको आयस्ता बाहालमा वादीको दावी पुग्न नसक्ने भए पनि सो पाटी गुठी राख्ने दाताको सन्तान र पछि सो पाटी बनाउने समेत वादी लालबहादुर नै देखिएको, पुर्खाको धर्म किर्ति थाम्ने हक दायित्व निजकै हुन आउने समेत हुनाले वादीले सो गुुठीको पाटीबाट उठाई पाउँ भनी दावी गर्न पाउने २ तरहबाट हुन आउँछ । एक त बाहाल आयस्ता नतिरी बाँकी राखेमा दोश्रो दलान पसल छोेडेमा, प्र.हरीशंकरले पाटीको आयस्ता बाली बुझाए नबुझाएको जे होस वादीको दलान पसलको बाहाल नतिरी बाँकी राखेको छ भने दलान पसलको साथै गुठीको पाटी समेतबाट उठाई पाउँ भनी मिलापत्र अनुसार वादीले दावी गर्न पाउने नै हुँदा पाटीबाट उठाई पाउँ भन्ने तर्फ उजूर खारेज हुन्छ भन्न मिल्ने देखिएन । (प्रकरण नं. २३) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : x उल्लेखित मुद्दा : x फैसला मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह १. मेरो स्वबासी घरको दक्षिण गारो जोडिएको भक्तपुर तुलाछें टोलको आफ्नै पुर्खाले राखेको किर्ति पाटीमा धन्वन्तरी नारायण स्थापना गरी राखेको पाँच कवल १ नाले पाटीमा अन्याय हरिशंकरले पसल थापी आएको भजनिया म समेतलाई बर्ष १ को बाहाल ने.रु.८ रोज १ को तेल तमाखुको पैसा २ नित्य नै नित्य पूजा गर्ने पुजाहारी रुद्रगोपाल झालाई स.चा. पाथी ।५ खांगी बाली दिने गरिआएकोमा उक्त पाटीबारे परेको मुद्दा भारदारी दोश्रोमा पुगेपछि पाटी भित्रको दलान टाल्दा म लालबहादुरको दलान घर सेपिलो हुने भई दलान खुला हुने गरी दलान अगाडि दक्षिण पट्टि पाटी तर्फ ५ कवलको पाटी म लालबहादुरले बनाई दिने सो पाटीमा स्थापना भएको धन्वन्तरी नारायणके पूजा गर्न समेत गरी हरिशंकरले बाहाल बाली बुझाउने र लेखिए बाहेक मेरो निजी दलानको बर्ष १ को ने.रु.३४। बाहाल बुझाउने शर्त राखी काम चलाई दुवै बाहाल बुझाउने गरी विपक्षीसँग ९३।५।१६ गते भारदारी दोश्रामा मिलापत्र गरिएको मिलापत्र बमोजि