निर्णय नं. ६१०४ - बकसपत्र बदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१०४ - बकसपत्र बदर समेत भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/०८/१३ ३३६५ निर्णय नं. ६१०४ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५१ सालको दे.पु.नं. १९२७ फैसला मिति : २०५२।८।१३।४ मुद्दा : बकसपत्र बदर समेत । पुनरावेदक/वादी : जिल्ला प्यूठान तुसारा गाउँ विकास समिति वडा नं. ३ बस्ने दान बहादुर घर्ती विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने टिकाबहादुरको मु.स. गर्ने हिराकुमारी घर्ती क्षेत्री । ऐ ऐ बस्ने खिम बहादुर घर्ती । § दान बकसको १ नं. ले सगोलको सम्पत्ति आफूखुस गर्न पाउने बाहेक दान वा बकस दिन अंशियारहरुको मञ्जुरी चाहिने प्रावधान भएको देखिने । (प्रकरण नं. १२) § आफ्नो एकलौटी हक लाग्न नसक्ने सम्पत्तिमा अन्य अंशियारको मञ्जुरी लिई बकस गरेकोमा मात्र सदर हुने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विजयकान्त अवलम्बित नजीर : x फैसला न्या. ओमभक्त श्रेष्ठ : यस्मा पुनरावेदन अदालत, नेपालगंज बाँकेको मिति २०५०।८।२० गतेका फैसला उपर यस अदालतमा पर्न आएको पुनरावेदन जिकिर सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. बाबा टिका बहादुर घर्तीको छोरा म समेतका७ भाइ र बहिनी २ सन्तान मध्ये २ बहिनीको विवाह भइ सकेको ७ भाइ मध्ये जेठो म फिरादी र ठाइली सोमबहादुर २ भाइ र बाबा आमासँगै रही बसी सगोलकै खति उपति गर्दै आएको थियो भने महिला मीनबहादुर साहिँलो दिलबहादुर काहिँलो ओमबहादुर राहिलो हुकुमबहादुर कान्छो विपक्षी खिमबहादुर क्रमशः ०२५।२६, ०३५।०३६ र २०४१ सालमा छुट्टि भिन्न भई अलग अलग बसी आई आ–आफ्ना सम्पत्ति भोगचलन गर्दै आएका थिए यता २ भाइ फिरादी म जेठो दानबहादुर र ठाइलो सोमबहादुर विपक्षी बाबा र आमाको सम्पूर्ण चल अचल श्रीसम्पत्ति सगोलमै बाबाका जिम्मामा नै छ र म समेतले बण्डा गरी लिएका छैनौ त्यस्तोमा विपक्षी खिमबहादुरले मेरो हक मार्ने किसिमबाट म घरमा नभएको मौका छोपी बाबाले दिने र भाइ खिमबहादुरले लिने गरी प्यूठान तुसारा गा.वि.स. वडा नं. ३ का कि.नं. ७०, ११९, २४३ का जग्गाहरु २०४८।५।३ मा पारीत भएको जग्गा बकसपत्र बदर गरी पाउँ भन्ने समेत दानबहादुर जि.सी.को फिरादपत्र । ३. म प्रतिवादी टिकाबहादुरको श्रीमती हिराकुमारीबाट विपक्षी समेतका ७ भाइ २ बहिनी छोरो जायजन्म भई छोरोहरुको विवाह भइसकेको छोराहरुमा माइला, साइला राइला काइला कान्छा छोराहरुले मबाट अंश लिई छुट्टी बेगल बसेको अवस्था जेठा विपक्षी दानबहादुर र ठाइला सोमबहादुरले हामीहरुले अहिले अंश लिन्नौ तपाई जिम्मा नै राखी दिनुहोस् र कि.नं. ७, ११९, २४३ का कित्ता जग्गाहरु पछि तपाईहरुलाई जुन भाइले राम्रो हेरचाह गर्छ उसैले नै तपाईको शेषपछि दान पुण्य काज कृया गरी अरु भाइहरुले दावी गर्न नपाउने गरी खान पाउने र तपाई बाबाको अंश बाहेक उक्त कित्राहरु ज्युनि स्वरुप छुट्याएर खानुस् भनी निजै विपक्षी र अरु छोराहरुको राय सल्लाह मञ्जुरी अनुसार मैले प्रतिवादी खिमबहादुरलाई बकसपत्र गरी दिएको हुँ सो मैले खिमबहादुरलाई शेषपछिको बकसपत्र गरी दिएको जग्गा हक कायम राखी पाउँ टिकाबहादुरको र यस फिरादीले ठाइला दाजु सोमबहादुर समेतलाई अंशमा ठग्ने नियतले यी फिरादीले आमा र बाबा वृद्ध अवस्थाको र आँखा नदेख्ने होस् ठेगान समेत नभएकोले घर भित्रको चल धनमाल जति विपक्षी जिम्मा नै दिई ताला कुचि समेत बाबु टिका बहादुरले सुम्पी दिनु भएको म निजले आफ्नो श्रीसम्पत्तिको कुरालाई स