निर्णय नं. ६१०५ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१०५ - निषेधाज्ञा भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/११/०१ २४६९ निर्णय नं. ६१०५ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५१ सालको दे.पु.नं. २३४१ आदेश मिति : २०५२।११।१।३ मुद्दा : निषेधाज्ञा । पुनरावेदक/निवेदक : भ.पु.जि. भ.पु.न.पा. वडा नं. १२ लाकोलाछे टोल घर भई हाल का.जि.का.न.पा. वडा नं. ११ नागस्थान सुन्धारा बस्ने वर्ष ४६ को विश्वबहादुर जोशी विरुद्ध विपक्षी/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. ११ रातो बंगला क्याम्पमा बस्ने ज्योति शमशेर ज.ब.रा. । ऐ ऐ बागदरवार बस्ने शुशिल शमसेर ज.ब.रा. । ऐ ऐ घर भर्इ हाल ल.पु.जि. ल.पु.न.पा. वडा नं. ५ बस्ने अरुण शमसेर ज.ब.रा । § दर्ता हक नै नभएको व्यक्तिबाट गराएको बहाल सम्झौताबाट निवेदकले भोगाधिकार प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत अवलम्बित नजीर : x आदेश न्या. मोहनप्रसाद शर्मा : पुनरावेदन अदालत ललितपुरबाट मिति २०५१।७।९ मा भएको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– २. विपक्ष मध्येको ज्योति शमशेर ज.ब.रा. को हक भोगको का.न.पा. वडा नं. ११ को कि.नं. ३२० जग्गा मध्ये त्रिपुरेश्वर जाने मुलबाटो पश्चिम ट्रान्सपोर्टको गोदाम उत्तर नागपोखरीको खाली जग्गा र चिया पसल दक्षिणमा १६ फिटे गोरेटो बाटो यति ४ किल्ला भित्रको लम्बाई ५५ फिट चौडाई ४० फिटको जग्गामा म निवेदकले घर टहरा समेत निर्माण गरी चलन गर्न पाउने गरी मिति ०४२ साल श्रावण महिना जग्गाको बहाल रु. १५००।– बुझाई बसोवास गरी आएकोमा विवाद छैन जोती शमशेरको अनुमतिले सञ्चार मन्त्रालयबाट २०५०।२।१ देखि मिति २०५१।४।३० गते सम्म म्याद दिई चलचित्र प्रदर्शन गर्न इजाजत पाएको थिए । उक्त जग्गा नपुगेकाले पुनः उक्त कि.नं. ३२० को सोही ४ किल्ला भित्रको ज्योती शमशेर ज.ब.रा. को हक भोगको पूर्व ९७ फिट पश्चिम ८५ फिट उत्तरमा १८० फिट दक्षिण १८० फिट जग्गा प्रति महिना रु. ५०००।– बहाल बुझाउने गरी ०५०।४।१ मा १० वर्ष सम्म कायम रहने गरी सम्झौता अनुसार संचालन गर्न १ वर्षको अग्रिम बहाल पेश्की समेत लिई सकेपछि मिति २०५०।१२।१५ का दिन विपक्षी मध्येको शुसिल शमशेर र अरुण शमशेर ज.ब.रा. लगायत अन्य नचिनेका १०।१५ जना मानिस समेत भै संचालन भै रहेको स्थानमा प्रवेश गरी पटक पटक हुल हुज्जत गरी गाली गलौज गरेकोमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थिए । हाम्रो जग्गामा समेत बसेर हामी उपर नालेश उजुर गरी हिंड्ने यसको घर टहरा भत्काई हामी नयाँ घर निर्माण गर्छौ भनी उक्त मैले बहालमा लिएको जग्गामा ईटा बालुवा समेत ल्याई थुपारी सामान हटाउ भनी हप्की दप्की बेदखली गरी निवेदकले भोगचलन गर्न नपाउने गरी भोगाधिकारमा आघात पुग्ने आशंका भएकोले सम्मानीत अदालतमा निवेदन दिई उपस्थित भएको छु । लिखित सम्झौता अनुसार पेश गर्न पाउने भई लाखौं खर्च गरी घर टहरा बनाई चलचित्र प्रदर्शन गरी आएकोमा भोगााधिकारमा आघात पर्ने गरी कुनै पनि काम कारवाही नगर्नु नगराउनु भन्ने विपक्षीहरुका नाउँमा निषेधाज्ञाको आदेश सहितको अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको विश्वबहादुर जोशीको मिति २०५०।१२।२२ को निवेदनपत्र । ३. विपक्षीहरुलाई १५ दिनभित्र लिखितजवाफ लिई उपस्थित हुने गरी मिति २०५०।१२।२६ मा अन्तरिम आदेश समेत यस अदालतबाट भएको रहे