निर्णय नं. ४९५ - ज्यान मार्ने उद्योग गर्योल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९५ - ज्यान मार्ने उद्योग गर्योल भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०२/१७ २५९७ निर्णय नं. ४९५ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२६ सालको फुल नम्वर ३५ पुनरावेदक : मदुवा नेर्पा मेरैजम्पी कारागारमा थुनिएको भोलाकाजी राई समेत विरुद्ध विपक्षी : ऐ बस्ने धनीराम राईको उजूरीवाट श्री ५ को सरकार मुद्दा : ज्यान मार्ने उद्योग गर्यो (१) आरोप लागेको व्यक्तिहरूको जिकिर फरक परेमा–आरोपित कसूर (जस्तो–घाउ खत) गरेकै ठहरिने । अदालतको सुरु बयानमा पिङ्ग खेल्ने ठाउँमा प्रतिवादी पक्षलाई मात्र चोटपटक लागेको र धनिराम समेत त्यहाँबाट घर आइसकेपछि निज प्रतिवादीहरू पञ्चायत भवनमा निजसँग भेटी कुरा गर्दासम्म धनिरामलार्र्र्ई चोटपटक केही लागी राखेको देखिन नआएको समेतबाट प्रतिवादीहरूको जिकिर मिल्न नआई फरक परेबाट धनिरामलाई लागेको घाउ खत निजहरूकै कर्तव्यबाट परेको देखिन आउने । (प्रकरण नं. २८) (२) मार्ने उद्धेश्यले मर्मस्थानमा हानी घा खत लागेको देखिएमा र सर्जमिनहरूको भनाईले पनि सो पुष्टी गरेमा ज्यानमार्ने उद्योग गरेकै ठहरिने । पुनरावेदकहरूले कसूर नगरेको भए ती सर्जमिनका व्यक्तिहरूले उल्लेख गरिएबमोजिम लेखाई दिनपर्ने अवस्था थिएन । घा खत हेर्दा टाउको देव्रे भागमा ७ १/२”,। १ १/२” गर्दन र छातीको बीचको भागमा ३ १/२”। १/४” देखिएकोबाट ज्यान मार्ने नै उद्देश्यले मर्मस्थानमै हानेको देखिने समेत भई त्यसबाट पनि पुनरावेदकहरूले ज्यानमार्ने उद्योग नगरेको भन्न मिल्ने भएन । (प्रकरण नं. ३०) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री लक्ष्मण प्र.तथा ठाकुरप्रसाद विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x फैसला मा.न्या श्री रङ्गनाथ उप्रेती १. काका धनिरामलार्र्र्ई रगतपक्ष भई लडी रहेको देखी म समेतका मानिसले बोकी घरमा लगी केहीवेरमा होस आयो । भिमप्रसाद भोलाकाजी २ जनाले ज्यान मार्नको उद्योग गरी काटेको घा–चोट जाँची पाउँ भन्नेसमेत उदयरामको निवेदन । २. यही ०२३ साल मार्ग ३ गते विहानको अं.३।। बजेका टायममा विपक्षी मध्येको भलकाजी मेरा घरमा आई मलार्र्र्ई एकान्त कुरा गर्छु भनी बाहिर बोलार्र्र्ई भन्यो कि पञ्चायत भवनको ग्राउण्डमा भिमप्रसाद राई पनि आई बसेको छ, मलार्र्र्ई डाक्न पठाएको भन्यो र साथ लागी म मेरो घरबाट हिंडेपछि मेरा घर देखि अं.१०० गज फरकको पञ्चायत भवनमा म पुग्नाको साथै विपक्षी भिमप्रसादले हातमा नाड्डो खुकुरी के कहाँबाट लिइबसेको रहेछ र मलार्र्र्ई देख्नासाथ मेरो हातबाट मरिस भन्ने आवाज गरी ज्यान मार्नको उद्योग गरी मेरो गर्धन ताकी हानेको बखत संजोगले मेरा देव्रे कान माथिको चल्नीमा र गाला समेतमा सो खुकुरीको चोट परी सोही मौकामा भलकाजीले पनि मेरो गर्धनमै ताकी त्यस्तै नाड्डो खुकुरीले हानेका बखत सन्जोगले नै मेरो गर्धन भनी नजिक छातीमा लागेछ र म सो मौकामा रगतपक्ष बेहोस भई भुईमा लडेछु, भतिजो उदयराम समेतका छिमेकी मानिसले मलार्र्र्ई बोकी मेरा घरमा ल्याई हेल्थ सेन्टरबाट घा जाँच गर्दा मेरो टाउको देव्रे भागमा ७ १/२ १/२ गर्धन र छातीको बीचमा ३ १/२, १ १/२ समेतको घाउ जाँच भई घा जाँच मुचुल्का खोटाङ जि.अ. मा छ । मौकामा विपक्षीहरूले मलार्र्ई काटेको आवाज गरेको सुन्ने पूर्व धनरामप्रसाद समेतका अरु गैह्र सर्जमिन बुझी हक इन्साफ गरी सजाय गरिपाउँ भन्नेसमेत प्र.पं. धनीरामको दरखास्त । ३. ०२३ साल मार्ग