निर्णय नं. ६१०६ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१०६ - ठगी भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५१/१२/२१ २९५९ निर्णय नं. ६१०६ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५१ सालको फौ.पु.नं. ८१८ फैसला मिति : २०५१।१२।२१।४ मुद्दा : ठगी । पुनरावेदक/प्रतिवादी : भोला वारिनको श्रीमती जिल्ला रुपन्देही तैनुहवा गा.वि.स. वार्ड नं. ४ तैनहुवा बस्ने वर्ष ३६ को सकुन्ती वारिनको वारेस भै आफ्नो हकमा समेत बद्री वारिनको छोरा ऐ ऐ बस्ने वर्ष ३९ को भोला वारिन विरुद्ध विपक्षी/वादी : चिगु वारीको पत्नी ऐ.ऐ. धमौली गा.वि.स. वार्ड नं ७ अहिरौली बस्ने अं. वर्ष ६७ की पियारी वारिन § अड्डामा लिखत पास हुँदा अड्डाले लिखत देखाई सुनाई सहिछाप गर्ने गराउने हुँदा त्यस्तो लिखतलाई ठगी गरेको ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको नदेखिने। (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शुदर्सननीधि तिवारी विपक्षी बादी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या. केशवप्रसाद उपाध्याय : पुनरावेदन अदालत बुटवलको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. प्रतिवादी मध्ये सुकुन्ती मेरा जेठाज्यूकी छोरी र भोला वारीन ज्वाई हुन् । म बृद्ध महिलाको कुनै सन्तान नभएकोले मेरो सेवा गर्ने शर्तमा मेरो हक भोगको जि.रु.गा.पं. खुदावार वार्ड नं. २(ख) कि.नं. १४५ समेतका १४ कित्ताको ज.वि. २–१७–१३, २०४२।११।२१ मा मालपोत कार्यालयबाट प्र. सकुन्तीका नाममा शेष पछिको बकसपत्र पारीत गरी दिएकी थिएँ । २०४३ साल बैशाखमा म विरामी पर्दा विपक्षीहरुले मेरो सेवा टहल नगरी तेरो सम्पत्ति हाम्रो नाममा भै सकेको छ जेसुकै गर भनी भनेकाले जि.का.मा समेत उजुरी दिएकी थिएँ । सोही निवेदनको आधारमा विपक्षीलाई खोजी हुँदा फेला नपरेकोले मलाई अदालतमा जानु भनी सुनाए बमोजिम फिराद गर्न आएको छु । मेरो तपसीलको चल सम्पत्ति र पारित बकसपत्र बमोजिमको अचल सम्पत्ति समेत विपक्षीले ललाई फकाई ठगी गरेको हुँदा ठगीको ४ नं. बमोजिम बिगो दिलाई सजाय गरी पाउँ भन्ने फिराद दावी । ३. वादीले दावी लिएको अचल सम्पत्ति पारित बकसपत्र बमोजिम म प्रतिवादी सकुन्तीका नाउँमा प्राप्त भएको हो । चल अचल सम्पत्तिको हकमा वादीले हुलिया खुलाउन र हामीले कट्टा लग्यौं सो समेत खुलाउन सकेको देखिँदैन । हामीले वादीको सेवा टहल गरेका छौं । वादी बिरामी भएको र हामीले सेवा टहल नगरेको पनि होइन । वादीले बकसपत्र बदर गराएर फिर्ता लिएमा हामीले गरेको सेवा वादीबाट फिर्ता पाउनु पर्छ । जिल्ला कार्यालयमा दिएको भनी वादीले उल्लेख गरेको निवेदनमा निर्णय नहुँदै अर्को मुद्दा दिन मिल्ने होइन । रीतपूर्वक पारित भएको बकसपत्रको कागजलाई ठगी गरेको भन्न नमिल्ने हुँदा वादीको झुठ्ठा दावीबाट फुर्सद दिलाई वादीलाई नै सजाय गरी पाउँ भन्ने प्रतिवादी जना २ को संयुक्त प्रतिउत्तर जिकिर । ४. मालपोत कार्यालयबाट रजिष्ट्रेशन पारित भएको लिखतलाई झुक्याई पारित गराए भन्ने कुरा विश्वसनीय नदेखिएकोले वादी दावी बमोजिम प्रतिवादीहरुले ठगी गरेको नदेखिएको र वादी दावी बमोजिमको हालैको बकसपत्रको लिखतलाई प्रतिवादीहरुले ठगी गरी पास गरी लिएको हो भनी प्रतिवादीहकलाई कसुरदार ठहर्याउन न्यायोचित नहुने हुँदा प्रतिवादीहकले ठगी गरेको सम्पत्ति फिर्ता दिलाई भराई सजाय समेत गरी पाउँ भन्ने वादी दावी पु