निर्णय नं. ४९७ - उखडा जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९७ - उखडा जग्गा भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/०७ २१११ निर्णय नं. ४९७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२५ सालको दे.फु.नं. ८९ पुनरावेदक : जि. कपिलवस्तु तप्पा टोलिया मौजे पडसरा बस्ने लली कुर्मी विरुद्ध विपक्षी : ऐ ऐ मौजे अतरपरि बस्ने परघट गडेरिया मुद्दा : उखडा जग्गा (१) पुनरावेदन गर्न पाउने हक प्राप्त भएकोमा अड्डाको गल्ती सुस्तीले उक्त पुनरावेदनको म्याद पाउनमात्र बाँकी रहेको स्थितिमा सो म्याद पाउन पूर्व नै पुनरावेदन दर्ता भैसकेमा–उक्त पुनरावेदन कायम हुने र पछि अर्को पुनरावेदन दिन नपर्ने । उक्त ०२४।२।२२।२ को डिभिजन बेञ्चको निर्णयबाट वादीलाई पुनरावेदन गर्न पाउने हक प्राप्त भएकै र अड्डाको गल्ती सुस्तीले पुनरावेदनको म्याद पाउनसम्म बाँकी रहेको यस्तो अवस्थामा पुनरावेदन पर्न पाउने हक कायम भई रही पुनरावेदनको म्याद पाएपछि पुनरावेदन गर्न पाउने नै हुन्छ भने सो म्याद पाउन सो म्याद पाउनु भन्दा पहिले नै दर्ता गरिसकेको पुनरावेदनलाई कायम नहुने भन्न मिल्ने देखिँदैन किनकि त्यसो भन्दा पुनरावेदनको म्याद पाएपछि फेरि अर्को पुनरावेदन गर्नु परी पक्षलाई एउटै कुरामा दोहोरो दुःख हुन जाने हुन्छ । त्यसकारण वादीको दर्ता भइसकेको पुनरावेदन कायमै राखी उक्त पुनरावेदनबाट मुद्दाको औचित्यमा हेरी निर्णय दिन मिल्ने ठहराई २०२६।३।२७।६ को डिभिजन बेञ्चमा मा.न्या.श्री बब्बरप्रसाद सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ । (प्रकरण नं. ६) पुनरावेदक तर्फबाट : x विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : दशरथ बढाई वि. कपिलवस्तु उ.ट्रा.नं.३ को रि, फु.नं.१५ फु.बे. फैसला मा.न्या.श्री नयनबहादुर खत्री क्षेत्री १. किसान परघट गडेरियाले विवरण फारम दिएको जग्गा बिगाहा ।।१।।।४ निज किसानलार्ई मैले उखडामा जोत्न दिएको छैन । झुठ्ठा फारम भरेको हो भन्ने लला कुर्मीको उजूरी सो जग्गा मैले उखडामा जोती आएको हो भन्ने परघट गडेरियाको बयान भएकोमा सो जमीन निज किसान परघट गडेरियाले जोती आएकाछन भनी पञ्चायतले गोश्वारालाई गरेको रिपोर्ट भनी किसान परघट गडेरियाले पेश गरेको रिर्पाट नक्कलबाट निजले उखडामा जोतेको देखिंदा जग्गा उखडाको कायम ठहर्छ भन्ने कपिलबस्तु उखडा ट्राईवुनल नं. २ बाट ०२२।१०।२५।२ मा फैसला भएको । २. उक्त उखडा ट्राईवुनलले हदमुनीको हुँदा पुनरावेदन नलाग्ने गरेको छ तापनि ०२४।७ को नेपाल राजपत्र बमोजिम ६० दिन भित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न पर्ने गुज्रेकोले थामी पाएका म्यादभित्र पुनरावेदन गर्न आएको छु । उखडामा कमाएको सबूद पेश गर्न नसकेको समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ३. पुनरावेदनको म्याद दिएको छ छैन दिएको छ भने तामेली म्याद र नदिएको भए जवाफ पठाई दिनुभनी लेखी पठाई आएपछि पेश गर्नुभन्ने ०२६।१।६। को डिभिजन बेञ्चको आदेश । ४. कपिलबस्तु उखडा ट्राईबुनल नं.२ बाट वादी लला कुर्मीलाई दण्डसजायको १२ नं. १८ नं. ले रु.१ जरिवाना गरी निर्णय गरेको सो उपर पुनरावेदनको म्याद पाउनुपर्ने दिएन भनी निज लला कुर्मीले सर्वोच्च अदालतमा परमादेशको आदेश जारी गरिपाउँ भनी दिएको रिटको नं. १ निवेदनमा पुनरावेदन गर्न पाउने म्याद ठहराई ०२४।२।२२।२ मा परमादेशको आदेश जारी गर्न पर्ने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएअनुसार निज पुनरावेदक लला कुर्मीले पुनरावेदनको म्याद अहिलेसम्म पाएको श्रेस्ताबाट देखिँदैन भन्ने कपिलवस्