निर्णय नं. ४९८ - सरकारलाई हानी गरी आफूलार्र्र्ई फाईदा पुर्यानयो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९८ - सरकारलाई हानी गरी आफूलार्र्र्ई फाईदा पुर्यानयो भन्ने भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/१० २४५७ निर्णय नं. ४९८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती २०२५ सालको फौ.फु.नं. २५ निवेदक : का.जि.न्यौखा टोल बस्ने ना.सु.गोबिन्दलाल श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार, वि.पु.बि. मुद्दा : सरकारलाई हानी गरी आफूलार्र्र्ई फाईदा पुर्यायो भन्ने (१) अभिवक्ता (वकिल) को जिकिर आफ्नै पक्षको भनाईसँग मेल नभएमा–निजको उक्त जिकिरमा सहमत हुन नमिल्ने । आफ्नो पक्ष ना.सु.गोविन्दलालले पहिले अदालतमा गरेको बयानमा अर्धकट्टि रसिदमा मेरो दस्तखत भइसकेपछि त.ख.गोविन्दप्रसादले पछि अंक अक्षरहरू थप केर गरी सच्याई रु.११०। खाई भ्रष्टाचार गरेछन भनी रु.१३७।५४ नै असूल भएको भन्ने कुरा स्वीकार गरी राखेको र मुद्दा दोहर्याई पाउँ भनी दिएको निवेदनपत्रमा पनि सोहीअनुसार उल्लेख गरेकोमा अहिले जम्मा टोटल बमोजिम रु.२७।५४ नै असूल भएको हो भनी विद्वान अभिवक्ताले जिकिर लिनु भएको कुरा आफ्नै पक्षको भनाईसँग मेल नखाएको समेत हुँदा त्यसमा सहमत हुन मिलेन । (प्रकरण नं. १२) (२) अर्धकट्टि रसिदमा हाकिमको सहमती बिना अंक अक्षर तल्लो कर्मचारीले सच्याई कैफियत गर्नसक्ने स्थिति नभए–आफ्नो नियन्त्रणमा रहेको प्रमाण लाग्ने उक्त कलमको प्रज्ञापनपत्र ठेलीमा नभई हराएको भनी प्रमाणमा पेश गर्न नसके–दस्तखत गर्नु नपर्ने–उक्त रसिदमा दस्तखत गरे–अंक अक्षर सच्याएको कसूरमा निज हाकिम सहमत भएको भन्न पर्ने । अर्धकट्टि रसिदमा हाकिमको सहमत बेगर त.ख.ले मात्र अंक अक्षर सच्याई कैफियत गर्नसक्ने अवस्था नदेखिने र मुख्यतः पहिला आफुले चेक जाँच गरी रसिद लेख्न दिएको भनेको हाकिम आफ्नै नियन्त्रणमा रहने, सो कलमको प्रज्ञापनपत्र ठेलीमा नभई हराएको भन्ने शंकास्पद जबाफ दिई प्रमाणमा पेश गर्न नसकेको र, अर्को कुरा आफ्नो सच्चा नियत भए पहिले महसुल लिंदा टोटल जम्माको अंकै नराखेको अर्धकट्टि रसिदमा आफुले दस्तखत गर्नु पनि नपर्ने समेत प्रमाणहरूबाट निज ना.सु गोविन्दलाल कसूरमा सहमत भएको भन्न मिल्ने देखिएन । (प्रकरण नं. १३) (३) महशुल असूल गरी खाएको प्रमाणको अभाव भएमा–जानीजानी सरकारलई नोक्सान पार्ने नियत नदेखिएमा–सफाई दिएको इन्साफमा विपक्षी चित्त बुझाई बसेमा–त्यसतर्फ शंका गर्नू नपर्ने। अरु कलम नून बोरा ३३ को महसूल रु.७।२६ को प्रज्ञापन फ्याँकी उक्त रकम आफुले लिए खाएको भन्ने दोश्रो आरोपको हकमा प्रज्ञापनपत्र बमोजिम सो कलमको अर्धकट्टि रसिद काटी महसूल असूल गरी आफूले खाएको प्रमाण पुग्न नआएको, धागोको भंसार महसूल रु.२१।५४ लिनु पर्ने, रु.२१।३० मात्र लिई रु.।२४ सरकारको नोक्सान पारेको भन्ने दोश्रो आरोपका हकमा जानी जानी सरकारलाई नोक्सान पार्ने नियतले हिसावमा घटाएको नदेखिने र उक्त कलममा सफाई दिने गरेको इन्साफमा वादी पक्षले चित्त बुझाई बसेको समेत हुँदा त्यसतर्फ अरु शंका गरी रहनु परेन । (प्रकरण नं. १४) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे वादी श्री ५ को सरकार वि.पु.वि. तर्फबाट : अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x फैसला मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह १. घिउ मन १२।। को महसुल मालधनीबाट बुझी लिई त्यसको रसिद प्रतिलिपिमा पछि सच्चाएको र सरकार दाखिल हुने रकम लिए खाएको, गोविन्दप्रसाद लिए खाएमा इन्कार भए पनि आफ्नो हस्ताक्षरले रसिद काट