निर्णय नं. ६१०७ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१०७ - निषेधाज्ञा भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/११/०१ २२९३ निर्णय नं. ६१०७ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५२ सालको दे.पु.नं. २८३१ आदेश मिति : २०५२।११।१।३ मुद्दा : निषेधाज्ञा । निवेदक/पुनरावेदक : झापा जिल्ला भद्रपुर न.पा. वार्ड नं. ९ बस्ने वर्ष २६ को मनोहर शाह विरुद्ध विपक्षी/प्रत्यर्थी : ऐ.वार्ड नं. ११ बस्ने भ.न.पा. का सदस्य वर्ष ३७ का रुद्रप्रसाद भूर्तेल भद्रपुर नगरपालिका कार्यालय । भद्रपुर न.पा. बोर्ड । ऐ वार्ड नं. बस्ने वर्ष ३२ को कर्ण सिंह जैन । ऐ बस्ने अ. वर्ष ४२ को यदुनन्दन शाह । § अर्काको नाउँको जग्गा भोग गर्ने सम्बन्धमा नगरपालिकाले कबुलियत गरे पनि त्यस्तो कबूलियतले कानुनी मान्यता पाउन सक्ने अवस्था नरहने । (प्रकरण नं. ९) § अदालतमा परेको मुद्दाबाटै हक बेहक सम्बन्धी विवादको निरुपण हुने नै हुंदा अदालतमा विचाराधीन मुद्दामा असर पर्ने गरी निषेधाज्ञाको निवेदन जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या. केशवप्रसाद उपाध्याय : पुनरावेदन अदालत, इलामको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ:– २. भद्रपुर न.पा. को स्वामित्व नभएको भ.न.पा. वि.नं. ४९, ५० को जग्गामा ३०।४० वर्ष अघि देखि बसोवास गरी आएको छु । भ.न.पा.ले मेरो जग्गा भनी जबरजस्ती गरी कबुलियत गराई भाडा असुल गर्दै आएको छ । कबुलियत अनुसार भ.न.पा. लाई चाहिएको बखत छाडी दिने शर्त राखिएको छ । तर भ.न.पा. ले शर्त विपरीत आफू बस्ने बहाना गरी गैह्र कानुनी रुपबाट मेरो व्यापारिक रोजगार गर्ने अधिकार बसोवास गर्ने अधिकारबाट वञ्चित गरी प्रहरी प्रशासन लगाएर मेरो बसोवास र व्यापार गर्ने मौलिक तथा नागरिक अधिकार हनन् गर्ने आशंका भएकोले निषेधाज्ञा जारी गरी पाउँ भन्ने मिति २०५०।१२।१९ गतेको निवेदन । ३. कबुलियतका आधार लिई विवादको ऐलानी जग्गामा प्रवेश गर्न निवेदकले ३०।४० वर्ष देखि बसी आएको भनी झुठा कुरा निवेदनमा लेखि ल्याएका छन् । निवेदकले आफू नेपालको नागरिक हुँ भनी उल्लेख गर्न सक्नु भएको छैन । नागरिकताको प्रमाणपत्र नै प्राप्त नगर्ने व्यक्तिले ऐन कानुन बमोजिमको सुविधा नपाउने हुँदा निवेदन खारेजयोग्य छ भन्ने समेत व्यहोराको रुद्र भूर्तेलको ०५१।१।११ को लिखित जवाफ । ४. विवादित जग्गामा विपक्षी निवेदकले भाडामा बस्न पाउँ भनी ०४९।१२।४ मा निवेदन गरेकोमा निजको स्वेच्छामा कबुलियत गराएो हो । जबरजस्ती कबुलियत गराएको होइन । ३०।४० वर्ष अघि देखि बसोवास गरी आएको भनी झुठा निवेदन गरेको निवेदक नेपालको नागरिक नभएकोले नागरिक अधिकार ऐन, २०१२ अन्तर्गत पाउने सुविधा पाउन नसक्ने भन्ने प्रष्ट नै छ । यस नगरपालिका बोर्डले विपक्षीको कुनै कानुनी संवैधानिक र नागरिक अधिकारमा कुनै प्रकारले आघात पारेको छैन भन्ने समेत व्यहोराको भ.न.पा. र नगरपालिका बोर्डको मिति ०५१।१।११।१ को संयुक्त लिखितजवाफ । ५. निज मनोही शाह र म नाताका दाजुभाइ हौ । उनको विरुद्धमा मैले साक्षी बसेकोले म प्रति रिसइवीका कारणले झुठ्ठा उजुर गरेको छन् भने उक्त भद्रपुर न.पा. वार्ड नं. ९ को कि.नं. ४८ को ०–०–१२ जग्गा २०२१ सालको सर्भेनापी हुँदा देखि नै मेरा पिता राधाकृष्ण शाहको नाममा दर्ता भै मेरो