निर्णय नं. ४९९ - बन्धकी थैली बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९९ - बन्धकी थैली बुझाई पाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/१० २०५१ निर्णय नं. ४९९ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२५ सालको दे.फु.नं. ५९ निवेदक : थाक इलाका बारगाउँ मध्ये कारकोट बस्ने साम्बो बिष्ट समेत विरुद्ध विपक्षी : थाक इवार गाँउ मध्ये पुरानो गाँउ बस्ने न्हुवुं वाडी भोटे समेत मुद्दा : बन्धकी थैली बुझाई पाउँ (१) जुन कानूनले जसलाई अधिकार तोकिदिएको छ त्यसैबाट सो कानूनी अधिकार प्रयोग गर्नुपर्ने–न्याय प्रशासन ऐेन, २०१६ को दफा १९ को उपदफा २ को खण्ड (ग) प्रयोग गर्नुपर्नेले सोही उपदफाको खण्ड (क) प्रयोग गरे कानून अनुरुप भएको नहुने । जिल्ला अदालतले उक्त खण्ड (क) बमोजिम अपीलको म्याद दिनुपर्ने नदिएको कुरालाई लिई उच्च अदालतबाट सो दफा उल्लेख गरेकोलाई कानूनी मान्नु पर्ने भन्ने तर्क उठेको हकमा यदी उक्त खण्ड (क) बमोजिम अपीलको म्याद दिनुपर्ने नदिएको भन्ने कुरालाई उच्च अदालतले जटिल कानूनी प्रश्न समावेश भएको मानेका अवस्थामा पनि अपील गर्न पाउने विशेष अनुमति दिंदा आफूलाई अधिकार तोकिएको खण्ड (ग) नै प्रयोगमा ल्याउनुपर्ने हो । किनकी यस्तो कानूनी अधिकार प्रयोग गर्दा आफूलाई जुन कानूनले अधिकार तोकिदिएको छ, सो नै प्रयोग गर्नुपर्ने हुन्छ । मध्यमाञ्चल उच्च अदालतको उक्त ०१८।५।२६।२ को आदेशमा शुद्धरुपले जिल्ला न्यायाधीशको अधिकार तोकिएको खण्ड (क) प्रयोग गरी उक्त खण्ड (क) अनुसार भनी अपील गर्न पाउने निस्सा आदेश गरिदिएकोलाई कानूनबमोजिम मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. १६) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा वादी तर्फबाट : श्री मुकुन्द रेग्मी फैसला मा.न्या. श्री धनेन्द्रबहादुर १. बमपलेम भन्ने खेत ५९–६० सालमा के मा हो रु.१५०। मा अन्यायवालाका कान्छा बाबु झेर्पा बिष्टलाई बन्धक दिएको निजका शेषपछि अन्यायवालाहरूले खाई आएका थिए । ०१० साल पौष २२ गते रुपैंया बुझाउन जाँदा कैले थैली ७०० भन्ने कैले जग्गै हाम्रो हो भन्ने कागज नदेखाउने गरेकाले फिराद गर्न आएका छौं । यस अघि मुद्दा परेको मिसिल प्रमाण लगाई इन्साफ भई बन्धकी जग्गा निखनाई पाउँ भन्ने करच्यू समेत जवान १८ को ०१५।८।२९।१ को फिरादपत्र । २. हाम्रा जिजु बाजे सुवामांदा बिष्टसँग रु.३००। लिई १९५७ साल आषाढ सुदी १ मा भोटे अक्षरले राजिनामा गरी दिई उसबखत देखि सुपथ भोगी आएको १९७६ सालमा हाम्रा कान्छा बाबु झेर्पासँग लेनदेनमा उजूर गरी माथि लेखिएको जग्गा दिदैनौ भनेकाले हाम्रा बाबुले निज वादीहरू उपर उजूर गर्न खोज्दा १९७९ साल फाल्गुणमा थप राजीनामाको कागज गरेका हुन हाम्रो राजीनामाको जग्गा हाम्रो सदर थामी पाउँ भन्ने तागला बिष्टसमेत जना ५ को ०१५।१०।१९ को प्रतिवादी । ३. प्रतिवादीले पेश गरेको ५७ र ७९ सालको राजीनामा २ कीर्ते हो भन्ने वादीको बयान सद्दे हो भन्ने प्रतिवादीको बयान भएको । ४. प्रतिवादीले पेश गरेको ५७ सालको भोटे अक्षरबाट लेखिएको राजीनामा ल्याप्चे र कुनै लिखतको सहि समेत नभएको ७९ सालको राजीनामा भनेको नेपाली अक्षरकोमा ल्याप्चे सहि र कुनै भोटे अक्षरको सही जस्तो अक्षर भएको ५७ सालमा भोटे अक्षरको राजीनामा गरी दिइसके पछि फेरि उही जग्गाको उही व्यक्तिहरूले ७९ सालमा अर्को राजीनामा गराइरहनाको दरकार नै नपरेकोले अघिल्लो राजीनामा रीतपूर्वकको रहेछ भन्न नमिल्ने ७९ सालको राजीनामाको हकमा विशेषज्ञद्वारा सहिछाप जाँच गराउ