निर्णय नं. ६१०८ - अपुताली हक कायम जग्गा खिचोला ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१०८ - अपुताली हक कायम जग्गा खिचोला । भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/०३/२१ २७८५ निर्णय नं. ६१०८ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५० सालको दे.पु.नं. १०८६ फैसला मिति : २०५२।३।२१।४ मुद्दा : अपुताली हक कायम जग्गा खिचोला । पुनरावेदक/प्रतिवादी : जिल्ला सिराहा लहान न.पा. वार्ड नं. ३ बस्ने कुर्मिया देवी कामैत । ऐ ऐ बस्ने संगमलाल कामैत । ऐ ऐ बस्ने अगम कामैतको मु.स. गर्ने विन्दि देवी कामैत । ऐ ऐ बस्ने जागेश्वर कामैत । ऐ ऐ बस्ने चन्देश्वर कामैत । ऐ ऐ बस्ने जुगेश्वर कामैत । विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने देव सुनैर कामैत § मिलापत्र गर्दा आफ्नो सम्पत्तिमा केही शर्त बन्देज राखी करार सरहको व्यहोरा मिलापत्रमा उल्लेख भएको देखिन्छ । यस्तो मिलापत्र गराउन नपाउने भन्ने बन्देज देखि“दैन । कानुनले आफू खुशी गर्न पाउने अवस्थाको आफ्नो हकको सम्पत्तिमा जे जस्तोसुकै शर्त बन्देज हक पुग्ने व्यक्तिको इच्छा र मञ्जूरी अनुसार राख्न सकिने कुरा हो । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शलीन कृष्ण खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी अवलम्बित नजीर : x फैसला न्या. केशवप्रसाद उपाध्याय : पुनरावेदन अदालत राजविराजको मिति २०४९।९।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. स्वर्गीय पंची कामैतको २ पत्नी भएको जेठी पत्नीबाट २ छोरा जेठा प्रतिवादी तिलाई कामैत र कान्छा स्वर्गीय असर्फी कामैत भएको कान्छी पत्नी दुर्गावतिबाट म वादी देव सुनैर एकमात्र छोरी भएको हुँदा प्रतिवादी तिलाई कामैत मेरो सौतेनी दाजु र म निज प्रतिवादी तिलाईको सौतेनी बहिनी नाताकी हुँ । मेरी आमा दुर्गावतिले पिता पंची कामैत स्वर्गीय हुनु भएपछि आफ्नो २ सौतेनी छोरा तिलाई र असर्फी उपर अंश दर्ता मुद्दा दायर गरी २०२१।८।२३ गते सप्तरी जिल्ला अदालतबाट अंश लिई दिई मिलापत्र गर्दा मिलापत्रमा लेखिएको जग्गा २ छोरा तिलाई कामैत र असर्फी कामैतको मञ्जुरी लिई बेचबिखन गर्ने र निज दुर्गावतिको शेषपछि क्रिया श्राद्धमा लाग्ने खर्च दुवै दाजु भाइले लगाई खर्च गरेपछि बाँकी रहन गएको मेरो अंश फाँटको जग्गा र अरु धनमाल वादी दुवै दाजु भाइले आपसमा आधि आधि बाँडी खानु भन्ने शर्त उल्लेख भएको रहेछ । त्यसरी त्यो मिलापत्रमा लेखिएको जग्गा तत्कालिन जिमिदार पटवारीका श्रेस्तामा दर्ता भै सर्भे नापीमा मौजे विहारपुरको जग्गा तत्कालीन लहान बजार गा.पं.वा.नं. ६(क) कि.नं. १७२ को ज.वि. ०–१२–१० ऐ. ७(क) कि.नं. ८२ को ०–६–११ ऐ कि.नं. १५९ को ०–२–१ ऐ कि.नं. १६१ को ०–३–१० ऐ. कि.नं. १८२ को ०–१५–१० ऐ.ऐ. कि.नं. २०८ को ०–३–१० ऐ.ऐ. कि.नं. २१८ को ०–२–५, ऐ.ऐ. कि.नं. २६३ को ०–४–४ समेत गरी जम्मा २–१०–८ नापी भै दर्ता भएको थियो । रघुनाथ पुरको जग्गा तत्कालीन लहान बजार गा.पं. वा.नं. २ क. को कि.नं. १४१ को ०–२–५ ऐ. ७ख. कि.नं. २० को ज.वि. ०–२–७ ऐ. ऐ. कि.नं. ८७ को ०–४–१३ ऐ. ८क. कि.नं. ३२ को ०–०–१५ ऐ. कि.नं. १५ को ०–२–१६ ऐ.ऐ. कि.नं. ५३ को ०–१–० ऐ.ऐ. कि.नं. ८२ को ०–३–१८ ऐ.ऐ. कि.नं. १७७ को ०–३–३ ऐ.ऐ. कि.नं. २२२ को ०–०–१७ ऐ. ऐ. कि.नं. २२३ को ज.वि. ०–०–१८ समेत गरी जम्मा १–२–१२ समेत जम्मा ३–१३–० दर्ता भयो र केही जग्गा सर्भे नापी