निर्णय नं. ५०१ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०१ - लिखत पास भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/३१ २२६५ निर्णय नं. ५०१ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री ०२५ सालको दे.फु.नं. ७७ पुनरावेदक : कपिलबस्तु तप्पे विजुवा मौजे औहरिया बस्ने महाराजी कुर्मीनी विरुद्ध विपक्षी : ऐ तप्पे छोटकी छाप मौजे टिकर मौजे मेलाई बस्ने राज्य श्रीदेवी छेत्रीनी मुद्दा : लिखत पास (१) मुलुकी ऐन रजिष्ट्रेशनको ५ नं. भूमीसम्बन्धी ऐनको दफा ७ (३)–रजिष्ट्रेशनको ५ नं. अनुसार जग्गा राजीनामा लिखत पास गर्न भूमिसम्बन्धी ऐनको दफा ७ (३) ले बाधा नदिने । अतः उपरोक्त कारणहरूबाट वादी दावीका लिखतपास हुन्छ भनी ठहर गर्न उक्त भूमिसम्बन्धी ऐनको दफा ७ (३) ले कुनै बाधा दिएको नदेखिएकोले रजिष्ट्रेशनको ५ नं. बमोजिम पास हुनसक्ने नै हुँदा अरु तर्कहरू उपर विचार गरिरहनु परेन । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x फैसला मा.प्र.न्या.श्री भगवतीप्रसाद सिंह १. कारणी म भएमा आई घर खर्च गर्न भनी रु.९००१। कर्जि लिई आफ्नो दर्ता चलन भोगको माज्रे भेलाई मध्येको रैतानी नम्बरी जग्गा विगाहा २७।।।३ तिरो रु.५५८। लाग्ने जग्गा उखडा दिएबाहेक ०२२ सालको बालीदेखि चलन गर्ने गरी ०२२।२।५।३ मा घरसारको राजिनको राजीनामा लेखिदिएको रजिष्ट्रेशन पास गरिदिनु हवस भन्दा आज भोलि भनी ६ महिने म्याद गुजारी दिनुु भएबाट नालेस गर्न आएको छु । उक्त राजीनामा रजिष्ट्रेशन पास गराई पाउँ भन्नेसमेत ०२२।८।१०।५ को वादी। २. प्रतिवादीका नाउँमा ०२२।८।२१।१ मा तामेल भएको इतलायनामाको म्यादै गुजारी प्रतिउत्तरै नदिई बसेको । ३. वादीको दाता श्रीपत सिंहकी श्रीमति प्रतिवादी यिनी राजेश्वरी हुन् भनी वादीको वा बिन्देश्वरीले कागज गरिदिएको र मालबाट आएको दर्ता उतारमा प्र.को नाउँमा ५७।।।२।।२ देखिएको समेतबाट हदबन्दी भन्दा बढी भएको जग्गा राजीनामा लिखत गरिदिएको देखिन आएको त्यस्तो जग्गा भु.सं.ऐनले जग्गा धनीकै साथमा रहे सरह मानिने समेत प्रमाणबाट वादी दावीको लिखतपास नहुने ठहर्छ भन्नेसमेत सुरु कपिलबस्तु जि.अ.को ०२४।६।२९।५ को फैसला । ४. सो जग्गा मैले आफ्नोतर्फबाट जोती बाली लगाई खाएकोले ७ नं. समेतको फाराम भरी जोताहाको अस्थाई निस्सा समेत भू.सं ऐनअन्तर्गत मैले प्राप्त गरेकि छु भने सो जग्गा कसरी जग्गाधनीको पास रहे सरह हुन आयो म्यादभित्र नालेस परे पछि पास नहुने कुनै कानूनी आधार नभएको समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ५. भूमिसम्बन्धी ऐन संशोधन २२ को ७ ले अंशबण्डा कानूनबमोजिम गरी लिए दिएको र अंशियार भई बक्स लिनु दिनु भए बाहेक राजीनामा लिनु दिनु गरेकोमा भूमिसुधार लागू हुनुभन्दा अगावै रजिष्ट्रेशन पास भएको अथवा पास गरिपाउँ भनी दावी परी सकेको हुनुपर्छ नभए त्यस्तो लिखतको जग्गा जग्गाधनिकै नाउँमा रहेको मानिनेछ भन्ने लेखिएको हुनाले रजिष्ट्रेशनको ५ नं. र भूमिसम्बन्धी ऐनको दफा ७ को केही अंश बाझिएकोमा भू.सं.ऐन, ०२१ को दफा ६३ ले भूमिसम्बन्धी ऐनमा लेखिएबमोजिम गर्नुपर्ने भएकाले कपिलबस्तु जिल्लामा ०२२ साल मार्ग १ गतेदेखि भूमिसम्बन्धी लागु भएपछि ०२२।८।१०। गते लिखतपास गरिपाउँ भनी दावी पर्न आएको लिखतको जग्गा राजीनामा दिने जग्गाधनीकै नाउँमा कायम रहने हुँदा वादीको लिखत पास हुन नसक्ने ठहराई सुरुले छिनेको इन्साफ मुनासिव छ भन्ने लुम्विन