निर्णय नं. ६१०९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१०९ - परमादेश भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/११/०२ ३१७६ निर्णय नं. ६१०९ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४९ सालको रिट नं. २५८८ आदेश मिति : २०५२।११।२।४ विषय : परमादेश । निवेदक : का.जि.का.न.पा. वडा नं. १३ ताहाचल हिमालयन हाइटमा मुख्य कार्यालय भएको नेपाल छाला उद्योग प्रा.लि.को संचालक समुहिन अन्सारी विरुद्ध विपक्षी : नेपाल इण्डोस्वेज बैंक लिमिटेड, दरबारमार्ग काठमाडौं § वाणिज्य बैंक ऐन, २०३१ को दफा ४८ हेर्दा “प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैंक र ग्राहकहरुको बीचको सम्बन्ध तथा बैंकको खाता बही र हरहिसाबको विवरण सम्बन्धित व्यक्ति बाहेक अरु कसैलाई बताइने छैन” भन्ने उल्लेख भएको देखिन्छ । यस्तो अवस्थामा निवेदकले रिट निवेदनमा माग गरे बमोजिमका कागजातहरुको नक्कल बैंकको खातामा नाम भएका ग्राहक बाहेकका अरु व्यक्तिलाई बैंकले उपलब्ध गराउनु पर्ने हो भनी यस अदालतले भन्न नमिल्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या. कृष्णजंग रायमाझी : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ :– २. बसिरुद्दिन अन्सारी र म निवेदक समेतको संयुक्त प्रयासबाट नेपाल छाला उद्योग (प्रा.)लि. नामक प्राइभेट लिमिटेड कम्पनी खडा गरी छाला उद्योग संचालन गरी विदेशमा छाला निर्यात गरी बहुमल्य विदेशी मुद्रा देशको निमित्त उक्र कम्पनीले आर्जन गर्दै आएको छ । बसिरुद्दिन अन्सारीले आफ्नो नाउँको शेयर निजको छोरा कभल्ल होडा अन्सारी समेतको नाउँमा सारी कमपनीको कारोबार तथा अभिलेखमा समेत फरेद गर्न थालेको हुनाले म निवेदकले कम्पनीको शेयर धनी संचालनकको हैसियतले श्री उद्योग विभागमा कम्पनीको हर हिसाब जाँच गर्न कम्पनी ऐन, २०२१ को दफा १११ अन्तर्गत जाँचकी खटाई पाउँ भनी निवेदन दिई हाल जाँचकी खटिई कमपनीको हरहिसाब जाँचको काम जारी छ । यता कम्पनीको तर्फबाट १,२४,८००।– अमेरिकी डलर मूल्य बराबरको बाख्राको छाला र रा.बा. बैंक मुख्य कार्यालय वशाल बजार काठमाडौं मार्पत न.डि.ओ.सी. १००४७३ को प्रतितपत्र खोली कालो नियल प्रोडक्ट एण्ड इक्वीपमेन्टस लिमिटेडलाई छाला निर्यात गर्न सम्झौता भई सो मध्ये ६६६२५ यु.एस.डलरको माल इण्डोस्वेज बैंक लगानी शाखा मार्फत रा.बा. बैंक विशालबजार शाखाले भुक्तानी प्राप्त गर्नु पर्ने थियो र प्रतितपत्रको भुक्तानी निर्यात गर्दा कष्टम डिक्लेरेशनमा समेत गरिएको थियो । तर महिनौसम्म भुक्तानी अत्तोपत्तो नदेखेपछि मिति २०४९।७।२ मा बैंकले मिति २०४९।७।३ को पत्रबाट १६ अप्रिल १९९२ पछि ऐ. कम्पनीबाट कलेक्सन वा नेगोसियशनको निमित्त कुनै पनि डकुमेन्ट प्राप्त नभएको भनी जवाफ प्राप्त भयो । त्यसपछि अन्य बैंकहरुलाई कम्पनीको नाउँमा खाता संचालन भए नभएको सन्दर्भमा पत्राचार गर्दा प्रतिपक्ष बैंकमा नं. १४३ १८–२०१–०४ को चल्ती खाता संचालक समितिको वैध निर्णय र मेरो हस्ताक्षर वेगर नै खोलिएको कुरा मौखिक जानकारी दिइयो । ३. विपक्षीलाई उल्लेखित खाता खोल्ने प्रकृया देखि लिएर खातामा कारोवार गरेसम्मको सम्पूर्ण विवरण आवश्यक दस्तुर लिई उपलब्ध गराई पाउँ भनी २०४९ साल कार्तिक १८ गतेका दिन निवेदन दिनुका अतिरिक्त कमपनीको वि.नं. ४९–०४८, २९ प्रतितपत्र नं. डि.ओ.सी. १००४७३