निर्णय नं. ५०२ - बाली लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०२ - बाली लुटपिट भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०५/१३ २२५७ निर्णय नं. ५०२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फौ.फु.नं. २५ निवेदक : मोरङ प्र.वरियादी मौजे तेलकुडी बस्ने शिवधारी थारुको सकारगर्ने दानावती थरुनी विरुद्ध विपक्षी : ऐ प्र.सोनापुर मौजे हसन्दह गछ पथरिया बस्ने हिक्मतबहादुर थापा समेत मुद्दा : बाली लुटपिट (१) साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं.को व्यवस्था कस्तोलाई नलाग्ने ?–प्रतिवादी जस्तै कारणी हुनसक्ने व्यक्ति बुझ्न सक्नेसम्म भएको साविक अ.बं.नं.१८१ साविक अ.बं.१३९ नं.को व्यवस्था वादी कायम हुनपर्ने अवस्थाको व्यक्तिलाई लागू नहुने । त्यसको हकमा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको प्रतिवादी सरह कारणी हुन सक्ने मानिस बुझ्नेसम्म कुराको लागि भएको उक्त साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं. को व्यवस्था वादी कायम हुनुपर्ने अवस्थाका मानिसको हकमा लागू हुन नसक्ने । (प्रकरण नं. १५) (२) ऐन मुताविक उजूर दावी बेगर साविक १७२ नं. हालको १३३ नं. अनुसार कागज गराई हक बेहकको ठहर गर्न नहुने । ऐनबमोजिम उजूर दावी चाहिने कुरामा साविक अ.बं.१७२ हालको अ.बं.१३३ नं. बमोजिम कागज गराई हकबेहकको निर्णय लिन पनि नमिल्ने प्रष्टै छ । (प्रकरण नं. १५) (३) लिखतपास हुनु पूर्वको हकमा पास नभएको लिखतबाट हक दावी पुग्न नसक्ने । पास हुनुभन्दा अगाडिको हकमा पास नभएको लिखतबाट जग्गामा साहूको हक दावी पुग्न नसक्ने समेत हुनाले प्रस्तुत मुद्दामा दावी भएको ०१४ सालको बालीको हकमा जग्गा हक बेहकको र मुख्यतः प्रतिवादी लेखाईबाट हिसाव उठेको जग्गा हक बेहक सम्बन्धी यस्तो कुरामा पहिले परिराखेकै मुद्दाबाट वादीको दावी गराई हक बेहकको निर्णय मिल्ने कानूनी व्यवीस्था नभएको । (प्रकरण नं. १५) (४) प्रतिवादीले लुटपिट गरेको होईन भनी वादीको साक्षीले बकेमा–दावी बमोजिम वादीले सबूद प्रमाण प्रस्तुत गर्न नसकेमा–लुटपिट ठहराउन नहुने । यस मुद्दाबाट वादी दावीबमोजिम लुटपिट गरेको हो होईन भन्नेसम्म कुराको निर्णय दिनुपर्नेमा वादीकै साक्षी सतौना थारुले पनि प्रतिवादीले वाली लुटपिट गरी लगेको होइन भनी बकेको वादी दावीबमोजिम लुटपिट गरी लगेको हो भन्ने कुराको कुनै सबूद गुज्रन नआएको समेत हुँदा सबूद प्रमाणको अभावमा लुटपिट ठहराउन मिल्ने देखिन आएन । (प्रकरण नं. १६) निवेदक वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : x फैसला मा.प्र.न्या. भगवतीप्रसाद सिंह १. मैले निज हिकमतबहादुरबाट कं.रु.१५००। रुपैंया कर्जा लिई मेरा नाउँमा दर्ता भएको मौजे हसनदह गछ पथरि मौजाको भा.रु.५९।। पोतलाग्ने ज.विगाहा ११।।।३ निजलाई घरसारमा दृष्टिबन्धक लेखिदिएकोमा सो लिखत ऐनका म्यादभित्र मैले रजिष्ट्रेशन पास गरी नदिएबाट निजले मेरानाउँमा कं.रु.३५००। थैलीको लिखत खडा गरी विराटनगर अमिनिमा रजिष्ट्रेशन पास गरिपाउँ भन्ने मुद्दामा नालेस दिंदा मैले सो ३५००। लिएको होईन कं.रु.१५००। मात्र लिएको छु, त्यसमा सो १५००को लिखतलाई के के जालपरिपञ्च रची ३५०० को थैलीको लिखत खडा गरी मेरा नाउँमा नालेस दिएको हो भनी मैले प्रतिउत्तर दिंदा सो मुद्दा चलिरहेकै थियो र त्यस्तैमा वादी मानबहादुर गुरुङको घर चोरीसमेत मुद्दामा विराटनगर अमिनीबाट २०१४ साल कार्तिक २० गतेमा मो.वि.जेलमा पठाइदिएकोले