निर्णय नं. ४७४६ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७४६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३५ साल: २०५० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/०४/३२ २६४८ निर्णय नं. ४७४६ ने.का.प. २०५० (ख) अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०४८ सालको रिट नं. १७६४ आदेश मिति: २०५०।४।३२।२ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक : ल.पु. इमाडोल गा.वि.स. वडा नं. ६ बस्ने वर्ष ५० को बाबुकाजी भन्ने ध्रुव बहादुर के.सी. । विरुद्ध विपक्षी : मंगललाल महर्जनको श्रीमती ल.पु.न.पा. वडा नं. ७ दुपाट टोल बस्ने अ. वर्ष ५० की मोहनमाया महर्जन । : श्री गुठी संस्थान केन्द्रिय कार्यालय पुतली सडक : श्री गुठी तहसिल तथा खर्च कार्यालय ललितपुर । (१) सर्वसाधारण मानिसले पारस्परिक व्यवहारमा एक अर्का प्रतिको विश्वासको दुरुपयोग गरी नभए नगरेको झुठ्ठा कुरा गरी आफूलाई फाइदा र सो कुरा पत्यार गर्ने अर्को पक्षलाई हानी पुर्याइएमा त्यसरी झुठ्ठा तथ्य देखाउने वा साँचो कुरा लुकाउने व्यक्ति उपर अवस्था अनुसारको अपराधिक दावी समेत लाग्न सक्ने हुन्छ । त्यस्तै कुनै पक्षले आफ्नो रिट निवेदनमा चलाकी गरी सत्य साँचो कुरा नदेखाई सत्य कुरा लुकाई झुठ्ठा तथ्यका आधारमा अदालतबाट अन्तरिम आदेश लगायतका कुनै आज्ञा वा आदेश गराउने दुस्साहस गर्नु हुँदैन । आफ्नो हक प्रचलनको लागि अदालतको शरणमा आई असाधारण अधिकार क्षेत्रको गुहार माग्ने व्यक्ति आफूलाई मर्का परेको आधारभूत तथ्यको वृतान्त निश्छल एवं सोझो तरिकाले सफा र सही रुपले दिनुपर्छ । यथार्थमा कानुनी जिकिरको सम्बन्धमा नभएको कानुनलाई यस्तो कानुन छ भने झुठ्ठा जिकिर लिएमा पनि के कस्तो कानुन छ र के कस्तो कानुन छैन भन्ने कुरा अदालतलाई स्वयं जानकारी हुने भएको हुनाले त्यस्तो जिकिर लिने पक्षले कानुनी प्रश्नमा झुठ्ठा जिकिर लिए पनि केही हदसम्म त्यो कुरा क्षम्य हुन सक्छ । तर तथ्य सम्बन्धी आधारभूत कुराको लागि अदालतले पाउने जानकारीको प्रारम्भिक आधार रिट निवेदनकै व्यहोरा हुने भएकोले त्यस्तो रिट निवेदनमा कपटपूर्ण लेखाई वा आधारभूत तथ्यलाई झुठो र अपुरो रुपले व्यक्त गर्नाले अदालत समेत झुक्यानमा पर्न सक्छ । यस्तो कुरालाई अदालतले सहजताका साथ लिन सक्दैन । तसर्थ अदालतले आफ्नो असाधारण अधिकारको सही र उपयुक्त अवस्थामा प्रयोगका लागि पूर्वाधार सुरक्षित राख्नु जरुरी हुन्छ । त्यही पूर्वाधार स्वरुप Uberrima fides विश्वसनीयताको शर्त रिट सम्बन्धी क्षेत्राधिकारको प्रयोगको लागि राखिएकोले अदालतको विश्वास डगाउने पक्षले आफ्नै कारणले रिट निवेदनको औचित्य सम्बन्धमा न्याय पाउनबाट आफूलाई अयोग्य र वंचित तुल्याउँछ । (प्र.नं. ८) (२) सम्यकको लागि आउने पक्षले खुला हात आउनुपर्छ (One who comes into equity must come with clean hands) भन्ने सूत्र रिट सम्बन्धी अदालतको सद्विवेकपूर्ण तजविज खोजी गरी असाधारण अधिकार क्षेत्र अन्तर्गत आउने पक्षको लागि पनि समान रुपले लागू हुने । (प्र.नं. ९) (३) रिट निवेदनमा आफ्नो छोरा मार्फत पर्याप्त सुनवाइको मौका पाएको तथ्य उल्लेख नगरी सुनवाइको मौका नै पाइन भनी झुठ्ठा कुरा लेखी सोही कुरालाई सिरान हाली गुठी संस्थानको निर्णय बदर होस र सबदु प्रमाण पेश गर्ने समेत सुनुवाईको मौकाको लागि परमादेश पाउँ भनी आधारभूत तथ्यलाई लुकाई परमादेश समेतको माग गरेको देखिन आएको र त्यसरी महत्वपूर्ण तथ्य लुकाउने छुट निवेदकलाई हुन सक्ने देखिंदैन अतः यस्तो निवेदनको औचित्यमा प्रवेश गरी विचार गर्नु उपयुक्त नदेखिएकोले प्रस्तुत रिट