निर्णय नं. ६१११ - कुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१११ - कुटपिट भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/११/१४ ४२७२ निर्णय नं. ६१११ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको फौ.पु.नं. ८६५ फैसला मिति : २०५२।११।१४।२ मुद्दा : कुटपिट । पुनरावेदक/वादी : जिल्ला कपिलवस्तु तौलिहवा हाल कपिलवस्तु नगरपालिका वार्ड नं. ५ लुम्बिनी रोड बस्ने विजयकुमार गुप्ता विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला कपिलवस्तु तौलिहवा हाल कपिलवस्तु नगरपालिका वार्ड नं. ३ लुम्बिनी रोड बस्ने छेडी भन्ने जुवेर हल्वाई मु. । ऐ ऐ बस्ने अलम हल्वार्इ मु. । ऐ ऐ बस्ने मुन्नु भन्ने अजम हल्वार्इ मु. । § वादीले आफ्नो दावी सबूद प्रमाणबाट प्रमाणित गराउन सक्नु पर्नेमा साक्षी समेत उपस्थित गराउन सकेको पाइँदैन । प्रतिवादीहरुको प्रतिउत्तर जिकिर निजहरुको साक्षीको बकपत्रबाट पुष्टि गरेको देखिन आउँछ । वादी दावीलाई घा जाँच केश फारमले पुष्टि गरेको भन्ने पुनरावेदनमा जिकिर लिए तर्फ विचार गर्दा घा जाँच केश फारमले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ । सो केश फारमबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्ट्याई हुन सक्ने अवस्था नहुने । (प्रकरण नं. १३) § केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने । (प्रकरण नं. १४) पुनरावेदक वादी तर्फबाट : x प्रत्यर्थी प्रतिवादी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत बुटवलको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. २०४७ साल आषाढ ७ गते वृहस्पतिबारको दिन ७.३० बजेको समयमा भन्द्र हलवाईको दाइ विपक्षी प्रतिवादी छेदी हलवाई मु. र आलम हलवाई मु. ले मेरो घरको अगाडि आई मसँग गैह्र कानुनी अपमानीत तरिकाले कुटपिट गरेकोले मिति ०४७।३।८ गतेमा घा चोट जाँच गरी पाउन जिल्ला प्रहरी कार्यालय क.व.तो. मा दरखास्त दिई प्रहरीद्वारा पृथ्वी वीर अस्पताल तौलिहवामा घाउ जाँच भएकोले विपक्षी प्रतिवादीहरुलाई कुटपिट ६, ७, ८, ११, १८ नं. समेत बमोजिम सजाय गरी घा खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादीको फिराद दावी अनुसार कुटपिट समेतको कुनै वारदात कसुर भए गरेको हैन वादीको सम्पूर्ण फिराद लेख दावी झुठ्ठा हो । हाम्रो सुर्तिको पसल रहेको विपक्षी वादीले २०४७ साल बैशाख महिनामा म छेदी भन्ने महमद कुवेरसँग रु. ५००।– उधारो लगेको सो रुपैयाँ २०४४ साल जेष्ठ महिनामा विपक्षीसँग माग्दा विवाद गरी रिसइवी लिई सोही कारणले विभिनन झुठ्ठा गैह्र कानुनी मुद्दा दिएका हुन । मिति २०४७।३।८ गते अं. ७ बजेको समयमा विपक्षी विजयकुमार दिसा गर्न गएको बखत वर्षातको समय हुँदा चिप्ली लडेको सोही चोटलाई देखाई जाल प्रपञ्चयुक्त कुराहरु उल्लेख गरी झुठ्ठा मुद्दा दिएका हुने फिराद दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. आदेशानुसार वादीको साक्षीको नाउँमा समाव्हान जारी गरी पठाउँदा वादीले आफ्नो साक्षी उपस्थित गराउन नसकेको । ५. २०४७।३।८ गते विहान ७ बजेको समयमा वादी दिशा गर्न जाँदा हिलोमा चिप्ली चोट पटक निजलाई लागेको मैले देखेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी हरि राम गुप्ता समेतको बकपत्र । ६. २०४७।३।८ गतेमा भएको घ