निर्णय नं. ५०४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/२७ २२९१ निर्णय नं. ५०४ ने.का.प. २०२६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट ०२५ सालको रिट नं. ५१४ निवेदक : रुपन्देही तप्पे सक्रैन मौजे भम्का बस्ने गिरीजा अहिर्नी विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, रुपन्देही जिल्ला भूमिसुधार कार्यालय भैरहवा बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८–यस दफाअन्तर्गत जग्गा जफत गर्नु पूर्व उक्त ऐनको दफा १४ मुताविक लगत प्रकाशित गरी भूल सच्याउने अवसर नदिएमा र फाराममा अभिभावक भनी लेख्नुपर्नेमा हकवाला भनी लेखेको कारणबाट जग्गा जफत नहुने । भूमिसुधार अधिकारीले भु.सं.ऐन, ०२१ को दफा १८ अन्तर्गत जग्गा जफत गर्नु भन्दा अगावै सोही ऐनको दफा १४ बमोजिम लगत प्रकाशित गरी भुल सच्याउने अवसर नदिएको नदेखिएको र साथै रुपनारायणलाई फाराममा अभिभावक भनी लेखिनुपर्नेमा हकवाला भनी लेखेकोलाई जग्गा नै जफत गर्नुपर्ने किसिमको अपराध पनि सम्झनु नपर्ने देखिएकोले समेत स.अ.फुल बेञ्चको ०१४।१।१९।३ मितिको निवेदक रामसकल सिंह राजपुत विपक्ष भू.सु.अधिकारी बारा कलैया भएको निर्णय अनुसार यो भू.सु.कार्यालय रुपन्देहीले गरेको ०२३।१।१८।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनेठहर्छ । (प्रकरण नं. ४) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवराजप्रसाद वर्मा र अधिवक्ता श्री कृष्णकुमार वर्मा विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल उल्लेखित मुद्दा : रामसकल सिंह राजपुत विरुद्ध भूमिसुधार अधिकारी (फु.बे.) आदेश मा.न्या. श्री रत्नबहादुर बिष्ट १. निवेदिकाको बाबु बुधु अहिरले जमिदार समुद्र बानियाइनीबाट उखडामा कमाउन मौजे भुम्काको जग्गा विगाहा १।।। लिएका थिए र निज बाबु २० साल कार्तिकमा र त्यसपछि आमा माघ महिनामा आफ्नो काल गतिले पर्लोक हुनु भएकोले म तत्काल ३ बर्षको नावालखलाई सौतेनी आमा द्रुपदी अहिर्नीले वास्ता नगरी छाढी गएकीले गाउँकै रुपनारायण थारुले दयामाया गरी आफ्नो घरमा लगी पालन पोषण गरी राखेको र यद्यापी पनि मेरो रेखदेख सिहार सम्हार निजैले संरक्षक भई गरिरहेकै छन् । निजै रुपनारायण थारुले मेरो अविभावक बनी बाबुले कमाएको उखडा जग्गा विगाहा १।।। उखडा ऐन नियम ०२१ लागू भएपछि सोही ऐन नियम अन्तर्गत मेरा नाउँबाट उखडा सम्बन्धी ऐन, नियमहरू, ०२१ को नियम ३ अन्तर्गत विवरण फाराम भरी जमिदारले समर्थन समेत गरिदिएबाट सो जग्गा मेरा नाउँमा नम्बरी दर्ता भई त्यस्को पहिलो किस्ता मुआवजा पनि निजै अभिभावक रुपनारायणले दाखिल गरी ०२१।१२।२१।७ मा उखडा नियम अन्तर्गत प्रमाणपत्र समेत हासिल गरी आवाद गरी आएकोमा भूमिसुधार हाम्रो जिल्लामा पनि लागू हुँदा ऐन कानूनबमोजिम अविभावक रुपनारायण थारुले उक्त जग्गाको मेरै नाउँमा ७ नम्वर फाराम भरी आफु अभिभावकमा सहिछाप गरी जि.भू.सु. अधिकारी रुपन्देहीमा दाखिल गर्नु भएकोमा ०२३ साल वैशाखमा भू.सु.अधिकारीज्यूको दौडाहा आउँदा मेरो नाउँमा नम्बरी दर्ता भएको सो जग्गाको हकमा सौतेनी आमा द्रुपतिको उजूरीबाट तहकिकात गरी हकवाला नभई हकवाला हुँ भनी सहिछाप गर्ने अभिभावक रुपनारायण हकवाला नभई झुठ्ठा विवरण कायम गरिदिएको हुँदा गिर्जा अहिर्निले भरेको दर्ता नम्वर ५१ को ७ नं. फाराम भू.सु.ऐनको दफा १८ को उपदफा (१) बमोजिम झुठ्ठा ठहर्नाले जग्गा जफत हुने र ऐ दफा १८ को उपदफा (३) बमोजिम कुनै अदालतमा उजूर लाग्ने छैन भनी सुनाई दिने गरी ०२३।१।