निर्णय नं. ६११२ - उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा, आदेश जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६११२ - उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा, आदेश जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: फागुन अंक: ११ फैसला मिति :२०५२/०६/२४ ३०२५ निर्णय नं. ६११२ ने.का.प. २०५२ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०४९ सालको रिट नं. २९६४ आदेश मिति : २०५२।६।२४।३ विषय : उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा, आदेश जारी गरी पाउं । निवेदक : जि.भोजपुर गा.वि.स. वार्ड नं. ६ बस्ने गणेशकुमार कार्कीको वारेश भई आफ्नो हकमा समेत का.जि.का.न.पा. वार्ड नं. १२ बस्ने विनोदबाबु शर्मा काफ्ले विरुद्ध विपक्षी : श्री लोक सेवा आयोग, कमलपोखरी । श्री ५ को सरकार, मन्त्रीपरिषद् सचिवायलय, सिंहदरवार । श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय हरिहरभवन । श्री श्यामसुन्दर मल्ल, सामान्य प्रशासन मन्त्रालय हरिहर भवन । श्री दुर्गा प्रसाद भट्टराई, गृह मन्त्रालय । श्री मुकुन्दराज प्रकाश घिमिरे, स्थानीय विकास मन्त्रालय । श्री मन्दिरा पौड्याल दली, राष्ट्रिय योजना आयोगको सचिवालय । श्री महेशराज शर्मा, लोक सेवा आयोग । श्री गणेश प्रसाद ढकाल, स्थानीय विकास मन्त्रालय । श्री जनकराज जोशी, पर्यटन मन्त्रालय । श्री प्रेम कुमार राई, विक्रीकर विभाग । श्री माधव प्रसाद रेग्मी, लोक सेवा आयोग, कमलपोखरी । श्री गंगाराम गेलाल, अर्थ मन्त्रालय । श्री देवेन्द्र प्रसाद सिटौला, सामान्य प्रशासन मन्त्रालय । श्री दुर्गा प्रसाद भण्डारी, गृह मन्त्रालय । श्री कृष्णहरि बास्कोटा, भूमिसुधार मन्त्रालय । श्री विश्वप्रकाश पण्डित, राष्ट्रिय योजना आयोग सिंहदरवार । श्री माधव प्रसाद घिमिरे, जलश्रोत मन्त्रालय, सिंहदरवार । श्री शंकर प्रसाद कोइराला, बन मन्त्रालय । श्री बालकृष्ण प्रसाद, स्वास्थ्य मन्त्रालय । श्री महेन्द्रमान गुरुङ, उद्योग मन्त्रालय । § सहायक सचिव पदमा बढुवाको लागि आन्तरिक प्रतियोगितात्मक परीक्षा हुने भनी विभिन्न मितिका ३ वटा विज्ञापनहरु ३५३।०४६, ४०.०४६ २९५।०४८ मा क्रमशः १५, २ र ३ पदको लागि हुने परीक्षाहरुको लागि २०४८।६।१८ को विज्ञापनमा २० पदमा परीक्षा लिइने र विज्ञापन नं. ३५३।४१० को पदहरु यसै विज्ञापनमा समावेश गरिएको छ भनी विज्ञापन नं. २९५।०४८ मा सूचना गरिएको देखिन्छ । त्यसमा छुट्टा छुट्टै विज्ञापनको छुट्टा छुट्टै परीक्षा लिइने वा रिजल्ट हुने भन्ने कुरा उल्लेखित देखिंदैन । २०४८।६।१६ को लो.से.आ. को बुलेटिनमा ०४८।७।१४ मा दर्खास्त दिने अन्तिम मिति तोकिएको देखिन्छ तथा दर्खास्त दिने अन्तिम मिति सम्ममा ४ वर्ष पूरा भैसकेको भनी आवश्यक न्यूनतम नोकरी अवधि भन्ने प्रष्ट किटान गरिएकोमा निवेदक समेतले सो शर्त उपर कुनै आपत्ति नजनाई परीक्षामा सम्मिलित भएको र अन्तिम निर्णयबाट आफ्नो चयन नभएपछि यो रिटनिवेदन दिएको देखिन्छ । ०४८।७।१४ सम्म ४ वर्ष पुगेकाहरुले विज्ञापित २० पदमा उम्मेदवार हुन पाउने होइन भनी निवेदकले मौकामा नै आपत्ति गर्नु पर्ने हो तर विज्ञापनमा २० पदको लागि २०४८।७।१४ सम्ममा ४ वर्ष पुग्नेहरुले आन्तरिक प्रतियोगितात्मक परीक्षामा भाग लिन पाउने भन्ने विज्ञापन भैसकेकोमा सो परीक्षामा आफू समेतले भाग लिई सकेको र आफू बढुवा हुन नसके पश्चात मात्र दिन आएको यो रिटनिवेदनबाट प्रत्यर्थीहरुको बढुवा र बढुवा निर्णय समेत बदर हुन नसक्नुको साथै प्रतियोगितात्मक परीक्षालाई प्रतिशत निर्धारण भएका अवस्थाका उम्मेदवारले मात्र भाग लिन पाउने भन्नु उचित नभएको हुँदा रिटनिवेदन खारेज हुने । (प्