निर्णय नं. ५०६ - गाली बेइज्जती

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०६ - गाली बेइज्जती भाग: १२ साल: २०२६ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०५/३१ ५३५४ निर्णय नं. ५०६ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२० सालको फौ.फु.बे.नं. ३० पुनरावेदक : गणेशराज गुरुङ प.२ नं.गोर्खा अपुङ केरुङ्गगाउँ विरुद्ध विपक्षी : विनोदप्रसाद धिताल का.ई पकनाजोल, नयाँ बजार मुद्दा : गाली बेइज्जती (१) गाली बेइज्जती ऐन, २०१६ को दफा ३– १. विन्तीपत्रमा भ्रष्टाचार समेतको दोष लगाई अरुको इज्जतमा धक्का पुर्‍याएमा–बेइज्जत गरेको ठहरिने । मुद्दामा मर्का पर्‍यो भनी दोहर्‍याउन कोशिस गर्ने निवेदकले बिन्तिपत्रमा लेखिएका बोलीहरूद्वारा आफ्नो दुःखको हद ठुलो देखाउने मनसाय गरेको भए पनि अर्काको इज्जतमा धक्का पुर्‍याउने नियतले यस्तो भ्रष्टाचार समेतको दोष लगाई लेखेकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ३ अनुसार बेइज्जती गरेको मानिने प्रष्ट छ । (प्रकरण नं. ७) २. एकै तकसिरमा दुई तर्फ सजाय हुने (जस्तोःन्यायाधीशले घुस खायो र अरुले खुवायो भन्ने) मा–एकातर्फ सजाय गरिसकेमा र अर्कोतर्फ सजाय गर्न पूर्व माफी मागेमा–माफी मागे तर्फ केही गर्न नपर्ने र गरिसकेको सजाय बढी भए कम गराउन हुने । न्यायाधीशहरूले भ्रष्टाचार गरेको भनी उक्त विन्तिपत्रमा लेखेको कलममा अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर भएकोमा गणेशराजको क्षमायाचनाबाट अदालतको अपहेलना मुद्दामा केही गर्नु नपर्ने गरी आजैका मितिमा यसै बेञ्चबाट किनारा भएकोले सोही तकसिरमा सम्मिलित भएको भनी वादीलाई भनेकोमा छुट्टै सजाय गर्दा खाने भनेमा एकतर्फ र खुवाउने भनेमा एकतर्फ भई २ कुराको अपहेलनाबाट सजाय लाग्ने भएकोमा त्यही तकसिरको १ तर्फ सजाय नलाग्ने भएपछि अर्कोतर्फ सजायमा फरक गर्नु परेको छ । यस्तो क्षमायाचनाको कुरा फौज्दारी इलाका अदालतबाट फैसला गरेको मिति ०२० साल चैत्र २३ गते भन्दा पहिले गरेको थिएन । त्यस कुरामा ध्यान राख्न नपाई उपरोक्त ठहर गरी सुरु अदालतले तोकेको सजाय गर्न मुनासिव नपरी वादीलाई नचाइदो लान्छना लगाएकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ५ ले प्रतिवादीलाई रु.१००। एकसय जरिवाना हुन्छ । (प्रकरण नं. ७) पुनरावेदक तर्फबाट :  विपक्षी तर्फबाट :  उल्लेखित मुद्दा :  फैसला मा.न्या. श्री रत्नबहादुर १. विपक्षी प्रतिवादी गणेशराज र चंफ सिं गुरुङको जग्गामा झगडा परी तहतहमा हारजित फैसला हुँदा परिणाम विपक्षीले हार्दा सो मुद्दा दोहराई पाउन निमित्त २०२० साल वैशाख १ गते विपक्षीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्रमा सर्वोच्च अदालतका श्री माननीय प्रधान न्यायाधीशज्यू सहित अन्य न्यायाधीशज्यूहरूमा समेत लान्छना तथा नैतिक पतन भ्रष्टाचारको आरोप लगाई साथ साथै त्यसै विन्तीपत्रमा म उपर पनि अनेक तरहको आरोप लगाई गाली बेइज्जती शब्दहरू स्पष्टरुपले लेखी मलाई बेईज्जती गरी नैतिक पतन भ्रष्टाचार समेतको दोष लगाई लेखेको सो विन्तिपत्र सर्वोच्च अदालतमा दाखिल भई २०।४।२९ गतेमा नक्कल लिई हेर्दा मेरो ईज्जतमा धक्का पुर्‍याई मेरो बेइज्जती गर्ने मनसाय लिई यस्तो शब्दहरूको प्रयोग गर्दा मेरो इज्जतमा धक्का पुग्नाले जानिजानि लेखद्वारा मलाई बौकाहा जाली कीर्ते गर्ने गराउने भ्रष्टाचारी ईत्यादी दोषारोपण गरेकोले विपक्षी प्रतिवादीले मलाई लिखित रुपमा गाली र बेईजति गरेको कुरा निजले सहिछाप गरी श्री ५ महाराजाधिराजका हजुरमा चढाएको हुकुमको